Skip to main content

एकासीवटा विद्यालयलाई कम्प्युटर प्रदान गरिने


गौशाला,  फागुन ११ गते । महोत्तरी जिल्लाका ८१ वटा विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले कम्प्युटर प्रदान गर्ने भएको छ ।
प्राविधिक शिक्षामा पहुँच बढाउने उद्देश्यले जिल्लाका ८१ वटा सामुदायिक विद्यालयलाई कम्प्युटर दिइने भएको जिल्ला शिक्षा अधिकारी प्रमोदकुमार साहले बताउनुभयो ।
यस कार्यक्रमले जिल्लाका सामुदायिक विद्यालयलाई सूचना तथा सञ्चार प्रविधिसँग जोड्न सघाउ पुग्ने भएको साहको भनाइ छ ।
विद्यालयललाई कम्प्युटर प्रदान गर्नका लागि जिल्ला शिक्षा अधिकारी साहको संयोजकत्वमा जिल्ला प्रशासन, नेपाल टेलिकम, शैक्षिक तालिम केन्द्र लगायतलाई समेटेर कार्यान्वयन समितिसमेत गठन गरिसकिएको छ ।
यस कार्यक्रमअन्तर्गत विभिन्न मापदण्ड पूरा गरेका विद्यालयलाई रु. एक लाख ४० हजारका दरले रकम उपलब्ध गराइने छ । सूचना प्रविधिका लागि अनुदान पाउने विद्यालयले अनुदानका लागि जिल्ला शिक्षामा निवेदन दिनुअघि  विद्यालयका तर्फबाट ६० हजारको जोड कोष जम्मा गर्नुपर्ने प्रावधान रहेको 
सो कार्यक्रमका लागि जिल्ला शिक्षा कार्यालयबाट यस वर्ष मात्रै रु. एक करोड १३ लाख ३४ हजार अनुदान दिइनेछ भने अनुदान पाउने ८१ वटा विद्यालयले जम्मा रु.४८ लाख ६० हजार जोड कोष जम्मा गर्नुपर्ने अवस्था रहेको जिशिअ साहले बताउनुभयो । 
आर्थिक वर्ष  ०६८÷०६९ मा जिल्लाका १० वटा विद्यालयले प्रतिविद्यालय ५० हजार र आर्थिक वर्ष २०६९÷०७० मा ६ वटा उच्चमाविले प्रतिविद्यालय एक लाख ४० हजार रुपैयाँका दरले अनुदान पाइसकेको उहाँले जानकारी दिनुभयो । रासस 

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...