Skip to main content

दाङमा विद्यालयको भौतिक सुधारमा आठ करोड बढी रकम खर्च गरिने


तुलसीपुर (दाङ),  फागुन ११ गते । जिल्लाका सामुदायिक विद्यालयको भवन निर्माणसँगै मर्मत र अन्य भौतिक पूर्वाधारको निर्माणमा जिल्ला शिक्षा कार्यालयले यस वर्ष विशेष योजना अगाडि सारेको छ । 
विद्यालय क्षेत्र सुधारअन्तर्गत यस वर्ष विद्यालयको भौतिक सुधारका लागि रु आठ करोड ४७ लाख खर्च गर्न लागेको जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले बताउनुभयो । 
 जिल्लाका सामुदायिक विद्यालयका भवन निर्माण, कक्षाकोठा मर्मत तथा फर्निचर व्यवस्थापन, विद्यालयको बाह्य वातावरण संरक्षण, छात्रा शौचालय निर्माणमा जोड दिइएको छ ।  
शिक्षा कार्यालयका अनुसार यो वर्षमा ४१ सामुदायिक विद्यालयमा दुईकोठे भवन निर्माण गरिने भएको छ । भवन निर्माणका लागि प्रत्येक विद्यालयमा रु सात लाख ५० हजारले रु तीन करोड ४५ लाख रकम विनियोजन गरेको छ । 
त्यसैगरी यो चालु वर्षमा जिल्लाका ४१ सामुदायिक विद्यालयमा कक्षा पुनःस्थापना मर्मत तथा फर्निचर व्यवस्थापनका लागि रु ८२ लाख बजेट दिएको  छ । 
कक्षा कोठा पुनःस्थापना तथा फर्निचर व्यवस्थापनका लागि प्रतिविद्यालय रु दुई लाखको दरले रकम बाँडेको शिक्षा कार्यालयले जनाएको छ । 
विद्यालयको बाह्य वातावरण संरक्षणका लागि ४१ विद्यालयलाई पर्खाल लगाउने, तारबार, खानेपानी ट्याङ्की निर्माणका लागि प्रत्येक विद्यालयमा रु दुई लाख ५० हजार रकम प्राप्त गरेका छन् । त्यसैगरी विद्यालय क्षेत्र सुधारअन्तर्गत विभिन्न मावि र उच्च माविलाई यस वर्ष जिल्लाका १२ विद्यालयले रु २४ लाखका दरले रु एक करोड २० लाख रकम पाएका छन् । 
यस चालु वर्षमा जिल्लाका १५ विद्यालयले भवन मर्मतका लागि रु ७५ लाख रकम प्राप्त गरेका छन् । त्यो रकमबाट विद्यालयले भवनको मर्मत तथा २७ विद्यालयमा छात्रा शौचालय बनाउन रु ६७ लाख ५० हजार रकमको व्यवस्था गरिएको छ । 
जिल्लाका पाँच वटा विद्यालयलाई भूकम्प सुरक्षाका लागि भनेर रु २५ लाख विनियोजन गरिएको छ । रासस तस्बिर उपलब्ध छ)

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...