रोशन तिवारी,
२०७० फागुन ११ ।
त्रिभुवन उच्च माबि शंकरपोखरी १ पर्वतको बार्षिकउत्सव कार्यक्रम शनिबार सम्पन्न भएको छ । बार्षिक उत्सवका अबसरमा १ हप्तासम्म सञ्चालन भएको खेलकुद प्रतियोगिताका बिजेताहरुलाई पुरस्कृत गरिएको थियो ।
बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष गंगाधर तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी समाजसेवी तथा शंकरपोखरी बहुमुखी क्याम्पस व्यबस्थापन समिती सल्लाहाकार खड्कबहादुर थापाले आगामी दिनमा बिद्यालयलाई जिल्लाकै उत्कृष्ठ नतिजा ल्याउने अभियानमा लागीपर्न आग्रह गरेका थिए । शैक्षिक गुणस्तर बढाउन शिक्षकहरुको भुमिका महत्वपुर्ण हुने बताउँदै थापाले शिक्षकहरुलाई बिधार्थीको मनोभावना बुझेर शिक्षण गर्न सुझाए ।
बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष गंगाधर तिवारीले बिद्यालयको हितमा समाजले खेलेको भुमिकालाई बिधालयले उच्च मुल्याङन गरेको बताउँदै आगामी दिनमा समाजको सहयोग रहिरहने बिश्वास ब्यक्त गरेका थिए । अभिभावककै चन्दा संकलन गरेर क्याम्पस समेत सञ्चालन गर्न सफल भएको बताउँदै तिवारीले स्थानियबासीले गरेको सहयोग र गुनको उच्च प्रसंसा गरे ।
कार्यक्रममा शिक्षक गोबिन्द लामिछाने,बिद्यार्थीहरु सुजना सापकोटा,शंकर तिवारी लगायतले बालेका थिए । बिद्यालयका प्रधानाध्यापक टेकनारायण अधिकारीले बार्षिक आयव्यय प्रस्तुत गर्नुभएको कार्यक्रमको स्वागत शिक्षक रुद्र लामगादे र सञ्चालन शिक्षक धनबहादुर थापाले गरेका थिए ।