Skip to main content

सरकारी नियम, झारा टार्ने अनुगमन


बझाङ, २०७० फागुन ११ गते ।
 हिमाली क्षेत्रमा पनि प्रति १० साक्षरता कक्षाका लागि एक जना अनुगमनकर्तालाई खटाइने भएको छ ।
यसबाट त्यस्ता अनुगमनकर्ताले झारा टार्ने कार्यमात्र गर्ने प्रष्ट भएको छ । खटाइएका अनुगमनकर्ताले एक महिनामा एउटै साक्षरता कक्षा दुई पटक अनुगमन गर्नुपर्ने हुन्छ । उनले तीन महिनाको अवधिमा ६० वटा कक्षा अनुगमन गरेपछि साढे सात हजार रुपियाँ प्राप्त गर्नेछन् ।
बझाङ्को जिल्ला शिक्षा कार्यालयका अनौपचारिक शिक्षा हेर्नुहुने विद्यालय निरीक्षक हिक्मतबहादुर सिंहले हिमाली क्षेत्रमा पनि अन्य क्षेत्रको सरह अनुगमनको व्यवस्था लागू गर्दा अनुगमनकर्ताले तोकिएको अवधिमा सबै कक्षा अनुगमन गर्न सम्भव नभएको बताउनुभयो । उहाँले भौगोलिक विकटताका कारण अनुगमनकर्ताले नमूनाका रुपमा मात्र कक्षा अनुगमन गर्ने र कागजमा सबै कक्षा अनुगमन गरेको देखाउनसक्ने सम्भावना उत्तिकै रहेको बताउनुभयो । 
अनुगमनकर्ताले प्रतिकक्षा अनुगमनवापत १२५ रुपियाँ पाउने छन् । उनले त्यति कम पारिश्रमिकमा घण्टौँ टाढा रहेका साक्षरता कक्षाको राम्ररी अनुगमन गर्नेछन् भन्नेमा जिशिकाका पदाधिकारीहरु पनि विश्वस्त छैनन् ।
यसैगरी, बझाङ्मा यस वर्ष ३४ हजार ३१६ जनालाई साक्षर बनाइने भएको छ । तर सरकारले २४ हजार २१ जनाका लागिमात्र स्वयम्सेवकको पारिश्रमिक, अभिमूखिकरण र अनुगमन खर्च उपलब्ध गराएको छ । उहाँले साझेदारीका लागि ३० प्रतिशत र अनुदान ७० प्रतिशतको नीति अनुरुप कम रकम उपलब्ध भएको बताउँदै भन्नुभयो, “कागजमा ३४ हजार ३१६ जना नै साक्षर हुनेछन् ।

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...