Skip to main content

प्रवेशिका परीक्षा सम्पन्न निष्कासित शिक्षक तथा कर्मचारीलाई कारबाही गरिने




भक्तपुर,  चैत १४ गते । प्रवेशिका परीक्षा आजदेखि सम्पन्न भएको छ । 
यही चैत ६ गतेदेखि सुरु भएको परीक्षामा नियमिततर्फ चार लाख १९ हजार ३५२ र एक्जाम्टेडतर्फ एक लाख ४६ हजार ७३३ विद्यार्थीले परीक्षा दिएको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रह्लाद अर्यालले जानकारी दिनुभयो । देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न भएको बताउँदै उहाँले तराईका जिल्लामा पनि विगत वर्षभन्दा यस वर्ष परीक्षा सञ्चालनमा व्यापक सुधार आएको जिकिर गर्नुभयो । 
परीक्षाका लागि देशभरका एक हजार ८३६ परीक्षा केन्द्रमा ५३ हजार ७६ जनशक्ति र सुरक्षाका लागि देशभर १८ हजार ३६० प्रहरीलाई खटाइएको थियो ।   परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले परीक्षा सञ्चालनका क्रममा जिल्ला जिल्लामा परीक्षा समितिद्वारा निष्काशनमा परेका शिक्षक तथा कर्मचारीलाई कसुरअनुसार कारबाही गरिने बताउनुभयो । 
यसवर्ष कारबाहीबाट कोही उम्कन नपाउने बताउँदै उहाँले सबै जिल्लाबाट विवरण आएपछि कारबाही अगाडि बढाइने जानकारी दिनुभयो । तराईका केही परीक्षा केन्द्रमा सुरक्षाकर्मी र परीक्षार्थीबीचको विवादका कारण बिथोलिएको परीक्षा पुनः सञ्चालन नहुने पनि उहाँले बताउनुभयो । रासस 

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...