Skip to main content

पीयू पूर्व उपकुलपतिसहित ६ जना अख्तियारको नियन्त्रणमा

काठमाडौं, जेठ १३ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपतिसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निलम्वनमा परेका पूर्व उपकुलपति डा. महेश्वरमान श्रेष्ठ, पूर्व रजिष्ट्रार डा. निरोज पाण्डे, पूर्व परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेत, विज्ञान तथा प्रविधि संकायका डिन शुभनारायण पाठक, व्यवस्थापन संकायका डिन श्यामबहादुर कटुवाल र विज्ञान तथा पूर्व प्रविधि संकायका सह-डिन राजेश कुमार झा रहेका छन् । 

कला, शिक्षा र कानून संकायका पूर्व डिन शम्भु प्रसाद कोइराला भने फरार रहेका अख्तियारले जनाएको छ । उनीहरूले शैक्षिक सत्र २०७०र०७१ मा आवेदन शुल्क तथा कार्यक्रम थप वापत लिनुपर्ने १ करोड ३२ लाख ७५ हजार र नयाँ सम्बन्धन बापत उठाउनुपर्ने २ करोड ९५ लाख ९५ हजार गरी जम्मा ४ करोड २८ लाख ७० हजार रकम नउठाई विश्वविद्यालयलाई हानि नोक्सानी पुर्याएको अख्तियारको दाबी छ । 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...

सामाजिक अध्ययनको नमूना प्रश्न पत्र तह माबि

नमुना प्रश्नपत्र विषय : सामाजिक अध्ययन तह : माध्यमिक समूह ख विषयगत उत्तर दिनुहोस् । ८ × ५ = ४० १.सामाजिक अध्ययनलाई किन वहुविधाको रुपमा लिइएको छ ? माध्यमिक तहमा सामाजिक विषय अ...