Skip to main content

उमाविमा हिस्टानको तालाबन्दी


१६ जेठ , काठमाडौं । उच्चमाध्यमिक शिक्षा एसोसियसन नेपाल (हिस्टान) ले उच्चमाध्यामिक शिक्षा परिषदको परीक्षा शाखामा ११ बुँदे माग राख्दै तालाबन्दि गरेको छ । 
करिव एक महिनादेखि एसएलसी परीक्षाको उत्तरपुस्तिका नजाचिँ विरोधमा उत्रिएको हिस्टानले शुक्रवार विरोध स्वरुप तालाबन्दि गरेको हो ।

देशभरिका सामुदायिक तथा निजी उच्च माविमा पढाउने शिक्षकहरूको नियुक्तिपत्रको व्यवस्था तत्काल गर्नुपर्ने, शिक्षाको नियुक्तिमा स्थायी, अस्थायी र करारको व्यवस्था हुनुपर्ने, शिक्षकहरुको संचयकोषको, विमाको व्यवस्था गर्नुपर्ने, रत्येक उमाविमा विषयगत पाँच जनाको दरबन्दी कायम गर्नुपर्ने लगायतका ११ बुँदे माग सहित आज तालाबन्दी गरेको हिस्टानका महासचिव पुष्प न्यौपानेले एजुकेशन खबरलाई जानकारी दिनुभयो । शुक्रबार विहान गरिएको तालाबन्दी कार्यक्रममा हिस्टानका सम्पूर्ण पदाधिकारीहरुको उपस्थिति रहेकोथियो । 

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...