रोयाण्टर मण्डल सुखीपुर (सिरहा), जेठ ११ गते । प्रधानाध्यापक र व्यबस्थापन समितीका अध्यक्षले भागबन्डा गरी आफनै नातागोताका ६ जनालाई विद्यालयमा नियुति गरेको भन्दै अभिभावकहरुले स्कुलमा तालाबन्दी गरेपछि पठनपाठन ठप्प भएका छन् ।
नयाँ शैक्षिक शत्र शुरु भएको २ महिना वित्न लागदा पनि विद्यालयमा अभिभावकहरु ताला बन्दीगर्दा माध्यमिक विद्यालय पडरियाको कक्षा संचालन हुन नसक्दा विद्यार्थीहरुले पढ्नबाट बञ्चित भएपछि शैक्षिक भविष्य नै अन्यौल भएपछि विद्यार्थी दुखित भएको हो ।
नेपाली, विज्ञान, गणित, समाजिक विषयगरी एक सहलेखापालको फागुन २९ गते विद्यालयले सार्वजानिक सुचना प्रकाशनगरेपछि ३६ जना परीक्षार्थी सहभागी भएता पनि विद्यालयका प्रधान अध्यापक र विद्यालय व्यबस्थापन समितीले आफनै नाता गोतालाई मात्रै छनौट गरे भन्दै अभिभावकहरु आक्रोशित भएर संघर्ष समिती गठनगरी विद्यालयमा तलाबन्दी गरेका छन् ।
नियुति हुनेहरुमा विद्यालय व्यबस्थापन समितीका अध्यक्ष हरेराम चौधरीले आफनै साला ब्रम्हदेव चौधरीलाई सहलेखापालमा , विद्यालय व्यबस्थापन समिती सदस्य दुर्गानन्द चौधरीले आफनै छोरी सुरेखा चौधरीलाई , विद्यालय व्यबस्थापन समितीका अर्का सदस्य तिलाई चौधरीले आफनै छोरी सुमनलाई , विद्यालय व्यबस्थापन समितीका अर्का सदस्य सचितानन्द चौधरीले आफनै श्रीमती चन्द्रकुमारी चौधरीलाई, शत्रुधन चौधरीले बुहारी निलम चौधरीलाई, शिक्षक प्रतिनिधी राजेन्द्र यादबले आफनो भतिजा दिनेश यादब , धमेन्द्र यादबलाई नियुति दिएको विषयमा विवाद हुदा विद्यालयको पठनपाठन प्रभावित भएको छ ।
नियुति भएका सम्पुर्ण उम्मेदवार नातागोता नभएर योग्य छनोट भएको विद्यालय व्यबस्थापन समितीका सदस्य रामरति रामले बताउनुभयो ।
विद्यालयको विवादको बारेमा जिल्ला शिक्षा कार्यालय सिरहामा फोन गरेर सोध्दा फोन उठाउने कर्मचारीले आफुलाई केही थाह छैन् । पठन पाठन शुरु या बन्द होस हामीलाई केही मतलब छैन हामी शिक्षा कार्यालयको कर्मचारी विद्यालयको कर्मचारी होईन भन्दै शिक्षा अधिकारी विदेश गएको छ आए पछि सोध्नुस भने पछि फोन उठाउने कर्मचारीको नाउँ सोध्दा नाम किन भन्ने चुप चाप फोन राख्नु भन्दै फोन काटनुभयो ।