Skip to main content

एक सेमेस्टर पूरा गर्न एक वर्ष


शेषकान्त पण्डित काठमाडौँ, असार १३ गते ।  तयारीबिना नै स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली सुरु गरेको त्रिभुवन विश्वविद्यालयमा एक सेमेस्टर पूरा गर्न झण्डै एक वर्ष लाग्ने भएको छ ।  पहिलो सेमेस्टर पूरा गरेपछि चार महिनाभन्दा बढी (१४४ दिन) बीचमा बिदा राखेर दोस्रो समेस्टर सुरु गर्ने गृहकार्यमा त्रिवि जुटेपछि यस खालको अवस्था सिर्जना भएको हो । 
यही अवस्थाबाट सेमेस्टर प्रणाली अगाडि बढे वार्षिक परीक्षा प्रणालीभन्दा सेमेस्टर प्रणालीले अझै लामो समय लिन सक्ने सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीले बताएका छन् ।  त्रिविले यसै वर्षबाट मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र केन्द्रीय विभागमा सेमेस्टर प्रणालीबाट पठनपाठन सुरु गरेको थियो । 
विश्वविद्यालयले गत वैशाख १४ गतेबाट सेमेस्टर प्रणालीबाट पठनपाठन सुरु गरी आगामी भदौ १५ देखि २५ भित्र परीक्षा कार्यक्रम तय गरेको छ ।  यसरी हेर्दा त्रिविले सेमेस्टर प्रणाली सुरु गरेको चार महिना एक दिनमा परीक्षा कार्यक्रम तय गरेको छ ।  सेमेस्टर प्रणालीमा साधारणतया छ महिनामा पठनपाठन पूरा गरी तत्काल परीक्षा लिने गरिए पनि  चार महिनामै परीक्षा कार्यतालिका राखिएको भन्दै विद्यार्थीहरूले आपत्ति जनाएका छन् ।  यसले पठनपाठनका लागि न्यूनतम दिन नपुग्ने अवस्था देखिएको छ ।  त्रिविले हालै स्वीकृत गरेको वार्षिक क्यालेण्डरअनुसार भदौ २५ मा परीक्षा सम्पन्न गर्ने र असोज ८ गतेसम्म नतिजा सार्वजनिक गरिनेछ । 
नतिजा प्रकाशनपछि एक महिना दसैँ तिहार बिदा दिइनेछ ।  कात्तिक ९ देखि मङ्सिर ९ सम्म एक महिना ‘समर भ्याकेसन’ दिइनेछ ।  त्यसपछि पुस १ गतेसम्म खाली राखिएको छ उक्त समयमा कुनै कक्षा हुने छैनन् ।  पुस १ देखि १५ गतेसम्म दोस्रो सेमेस्टरमा भर्ना हुने गरी  कार्यतालिका तय गरिएको छ ।  त्यसपछि पुस १६ देखि माघ १६ गतेसम्म जाडो बिदा दिइएको छ ।  विद्यार्थीको दोस्रो सेमेस्टर 
आगामी माघ १८ गतेबाट सुरु हुनेछ ।  
विद्यार्थी भर्ना, नतिजा प्रकाशन निर्धारित समयमा गर्ने सेमेस्टर प्रणालीको सामान्य परम्पराभन्दा बाहिर गएर विश्वविद्यालयले लामो बिदा राखेको भन्दै सेमेस्टर प्रणालीमा अध्ययनरत विद्यार्थीले आन्दोलन सुरु गर्ने जनाएका छन् ।  “विश्वविद्यालयले हाम्रो भविष्यमाथि खेलवाड ग¥यो,” राजनीतिशास्त्र पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थी निर्देश सिलवालले भन्नुभयो, “पहिलो सेमेस्टरको परीक्षा चार महिनामा गर्ने अनि दोस्रो सेमेस्टरको पठनपाठन सुरु गर्न चार महिनाभन्दा बढी लामो समय लगाउने विश्वविद्यालयको प्रावधानले हामी अन्योलमा परेका छौँ । ” 
यो अवस्थामा वार्षिक परीक्षा प्रणाली र सेमेस्टर प्रणालीमा अध्ययन गर्नुमा कुनै भिन्नता नहुने बताइन्छ ।  “एक सेमेस्टर पूरा गर्न वर्षदिन लाग्ने हो भने हामी वार्षिक परीक्षा प्रणालीमा फर्कनु नै राम्रो हुन्छ” राजनीतिशास्त्रमा पहिलो सेमेस्टरमा अध्ययनरत छात्र कमल थापा भन्नुहुन्छ, “हामी नियमित अध्ययनका लागि जागिर बिदा लिएर आएका छौँ ।  विश्वविद्यालयको यो रवैयाले थेसिससमेत सक्दा त स्नातकोत्तर तह पूरा गर्न पाँच वर्ष लाग्ने भयो, हामी ज्यादै अन्यायमा प¥यौँ । ”
त्रिविले भने भूलवश सेमेस्टर प्रणालीको कार्यतालिका तय गरिएको जनाउँदै पहिलो सेमेस्टर सकिए लगत्तै दोस्रो सेमेस्टरको पठनपाठन सुरु गरिने जनाएको छ ।  बीचमा कुनै पनि खालको बिदा नदिइने प्रतिबद्धता पदाधिकारीहरूले जनाएका छन् ।  यस विषयमा त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेको उल्लेख गर्दै त्रिविका शिक्षाध्यक्ष प्रा.गुणनिधि न्यौपानेले विश्वविद्यालयको गरिमा र साखका लागि पनि निर्णय सच्याइएको बताउनुभयो ।  

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...

सामाजिक अध्ययनको नमूना प्रश्न पत्र तह माबि

नमुना प्रश्नपत्र विषय : सामाजिक अध्ययन तह : माध्यमिक समूह ख विषयगत उत्तर दिनुहोस् । ८ × ५ = ४० १.सामाजिक अध्ययनलाई किन वहुविधाको रुपमा लिइएको छ ? माध्यमिक तहमा सामाजिक विषय अ...