खोटाङ, असार १२ - लक्षित वर्ग अन्तर्गत बालबालिकाको शीर्षकमा आएको रकम खोटाङका एक विद्यालयका प्रधानाध्यापकले शिक्षकलाई पोशाक भत्ता दिएको खुलासा भएको छ । जिल्लाको दक्षिणी गाविस विजयखर्कको गाउा परिषद्बाट बालबालिकाको नाममा बिनियोजित बजेट स्थानीय पञ्चकन्या उच्च माविका प्रधानाध्यापक ध्रुवराज आचार्यले शिक्षकलाई पोशाक भत्ता दिएको खुलासा भएको हो ।
आर्थिक वर्ष २०७०/०७१ को गाउा परिषद्बाट बिनियोजित बजेट उक्त विद्यालयका निजी तथा अस्थायी शिक्षकका लागि पोशाक भत्ता दिएको पाइएको गाउा बाल सञ्जालका कार्यवाहक अध्यक्ष सुमन खनालले बताए । 'विद्यालयमा अध्ययनरत बालबालिकाका लागि गाविसले २० हजार रुपैयाा बजेट छुट्याएको थियो', खनालले भने,'रकम कहाा खर्च भयो भन्दै अनुगमन गर्न जाादा प्रधानाध्यापकले शिक्षकको पोशाक भक्तामा खर्च गरेको पाइयोे ।'
प्रधानाध्यापक आचार्यले भने सरकारले स्थायी शिक्षकका लागि मात्र पोशाक भत्ता दिएकाले निजी र अस्थायी शिक्षकका लागि उक्त रकम प्रदान गरेको बताए । उनले भने, 'विद्यालयमा अन्य श्रोत नभएकाले निजी शिक्षकलाई त्यही दिने भन्ने निर्णय भए अनुसार दिइएको हो ।'
गाउा परिषदले गाविस भरका बालबालिकाको लागि भनेर एक लाख ३४ हजार रुपैयाा बजेट बिनियोजन गरेको थियो । उक्त रकम बालबालिको क्षमता विकास तथा बालबालिका लक्षित कार्यक्रम सञ्चालनका लागि मात्र खर्च गर्न पाइने प्रावधान छ ।
यसबारे गाउा शिक्षा समितिका अध्यक्ष समेत रहेका गाविस सचिव ज्ञानप्रसाद पोखरेलले बालबालिकाकै लागि खर्च गरिएको बिल भर्पाई प्राप्त भएको बताए । उनले भने,'आफूले त प्राप्त बिल भर्पाईको आधारमा रकम भुक्तानी दिएको हो ।'
जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाइले भने, बालबालिकाको रकम बालबालिकाकै हितमा खर्च हुनुपर्ने बताए । अधिकारी चापागाईले भने-'यदी त्यसो हो भने, तत्काल फिर्ता गर्न लगाउाछु ।'