Skip to main content

अनुमतिबिना सञ्चालित निजी विद्यालयहरु कानुनी दायरामा


गाईघाट (उदयपुर),  असार १२ गते । उदयपुर जिल्लामा लामो समयदेखि अनुमतिबिना सञ्चालन हुँदै आएका निजी विद्यालय यसपटकदेखि कानुनी दायरामा आएका छन् ।
स्वीकृतिबिना नै कक्षा सञ्चालन हुँदै आएका झन्डै दुई दर्जन निजी विद्यालयलाई यसपटकदेखि कक्षा सञ्चालन गर्ने अनुमति प्रदान गरिएको जिल्ला शिक्षा कार्यालय उदयपुरले बताएको छ ।
भौतिक पूर्वाधार तथा जनशक्तिको अवस्था हेरेर दुवै पक्ष सबल देखिएका विद्यालयलाई कक्षा सञ्चालन गर्ने अनुमति प्रदान गरी कानुनी दायरामा ल्याइएकोा उदयपुरका जिल्ला शिक्षा अधिकारी हरिहर धितालले बताउनुभयो ।
कानुनी दायरामा ल्याई कक्षा सञ्चालनको अनुमति प्रदान गरिएको निजी विद्यालयमा १२ वटा प्राथमिक तहका छन् भने झन्डै एक दर्जनको हाराहारीमा निम्नमाध्यमिक तहका छन् ।
लामो समयदेखि ती निजी विद्यालयले अनुमतिबिना नै कक्षा सञ्चालन गर्दै आएका थिए । यसबाट  विद्यालयले तहगत रुपमा राज्यलाई तिर्नुपर्ने राजस्वसमेत ठगी हुने गरेको थियो ।
यस विषयमा उदयपुरका जिल्ला शिक्षा अधिकारी धितालको धारणा यस्तो रहेको छ – “सामान्य रुपमा दर्तामात्र गरेर केही निजी विद्यालयले प्रावि तथा निमावि तहसमेत सञ्चालन गर्दै आएका रहेछन्, उनीहरुको जनशक्ति र विद्यालयको भौतिक पूर्वाधार हेर्दा विद्यालय सञ्चालन गर्न योग्य देखिएकाले पनि अनुमति प्रदान गरिएको हो ।”
यस्ता निजी विद्यालयले कक्षा सञ्चालन गर्न अनुमतिका लागि पनि लामो समय अघिदेखि शिक्षा कार्यालयमा निवेदन पेस गरेको पाइएका कारण पनि कक्षा सञ्चालन गर्न अनुमति प्रदान गरिएको जिशिका उदयपुरको भनाइ छ  ।
अहिले यहाँका निजी विद्यालयहरुमा झन्डै पाँच हजारको हाराहारीमा बालबालिका अध्ययन गर्दै आएको निजी विद्यालयको छाता सङ्गठन प्याब्सन उदयपुरले बताएको छ । रासस

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...