Skip to main content

रुपन्देहीमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम

सुरेन्द्र परियार
१४ , असोज 
अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति रुपन्देही को आयोजना मा आज ( मंगलबार ) शिक्ष्ँक सेवा आयोग द्धारा रुपन्देही हालै स्थायी रुपमा नवनियुक्त संगठनमा आबद्ध शिक्षक तथा शिक्ष्ँिकाहरुलाइ शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । 


सो अबशरमा बोल्दै अखिल नेपाल शिक्षकसंगठन का केन्द्रिय बरिष्ठ उपाध्यक्ष्ँ घनश्याम पाठकले हाल नेपालमा सबैभन्दा सचेत र क्रियाशिल संगठन अखिल नेपाल शिक्षक संगठन भएको भन्दै अब अरु सबै शिक्षक संगठनहरु एक भएमा शिक्षकहरुका हक अधिकार हरु सुनिश्चित हुने बताउनुभएको छ । उहाले हालै सम्पन्न शिक्ष्ँक सेवा आयोग बाट स्थायी रुपमा नियुक्ति हुने शिक्ष्ँक हरुलाइ बधाइ तथा शुभकामना दिदै आफ्नो संगठन बाट धेरै शिक्षक हरु स्थायी नियुक्ति भएको जिकिर गर्नुभयो । 

नेकपा माओवादी जिल्ला इन्चार्ज बसन्त श्रेष्ठ ले संगठन बाट रुपन्देही मा स्थायी नियुक्ती हुने सबै शिक्षक हरुलाइ आगामी कार्यकाल को शुभकामना दिदै पार्टीको आगामी कार्यदिशाबारे प्रस्ट्याउनुभएको थियो । 
कार्यक्रम मा शिक्ष्ँक सेवा आयोग द्धारा रुपन्देहीमा स्थायी नियुक्ती सो संगठन का करिब ४० जना लाइ सम्मान गरिएको थियो । 

कार्यक्रम संगठन का जिल्ला अध्यक्ष गुणाखर भट्राइको अध्यक्षता , संगठन का केन्द्रिय बरिष्ठ उपाध्यक्ष्ँ घनश्याम पाठक को प्रमुख आतिथ्यता तथा नेकपा माओवादी जिल्ला इन्चार्ज बसन्त श्रेष्ठ को बिशिष्ठ आतिथ्यता मा भएको कार्यक्रममा इस्टु रुपन्देहीका अध्यक्ष्ँ सुदिप श्रेष्ठ, राष्ट्रिय अभिभावक संघ नेपाल का अध्यक्ष्ँ पुर्णचन्द्र पाण्डेय, नेपाल राष्ट्रिय प्राध्यापक संगठन रुपन्देहीका अध्यक्ष्ँ तुल्सी प्रसाद सापकोटा , हिस्टान केन्द्रिय सदस्य जित बहादुर राष्कोटी , सम्मानित हुनुहुने शिक्षक डिल्ली प्रसाद वेल्वासे लयायत ले मन्तव्य राख्नुभएको थियो । 

बुटवलको कालिका मावि मा भएको सो कार्यक्रम संगठनका उपाध्यक्ष मोहन यादब को स्वागत तथा सचिब रामजि आर्चाय को संचालनमा सम्पन्न भएको थियो ।