Skip to main content

अवकाश हुनेहरुको सरुवा रोक्न निर्देशन


काठमाडौँ, १० मंसिर । काठमाडौँमा विवाह गरेकी दाङकी एक महिला शिक्षकले निकै प्रयत्न गर्दा पनि उपत्यकाभित्र सरुवा गर्न सकिनन् । ‘सोर्सफोर्स’का लागि उनी राजनीति दलका कार्यकर्तादेखि शिक्षा मन्त्रालयका उच्च पदाधिकारीसम्म पुगिन् । कहीकतैबाट सरुवा हुन नसक्ने भएपछि उनी आफैले सेवा निबृत्त हुन केही समय बाँकी रहेका शिक्षकहरु धुइँधुइँति खोज्न थालिन् ।
उनको यो प्रयास सफल बन्यो । काठमाडौँ उपत्यकाभित्रका केही शिक्षकले पारस्परिक सरुवा हुन चाहे । ती महिला शिक्षकको खुशीको सीमा नै रहेन । तर उपत्यकाभित्रका ती शिक्षकहरुको माग सुने पछि उनी निकै निराश भइन् ।
“चार जना शिक्षकहरु फेला पारे । उनीहरु मसँग ‘म्युचुअल’ सरुवा हुन तयार भए” ती महिला शिक्षकले आफ्नो नाम उद्धृत नगरिदिन आग्रह गर्दै भनिन्, “तर उनीहरुले त्यसका लागि रकम माग गरे ।”
उनका अनुसार सबैभन्दा कम एक शिक्षकले तीन लाख रुपियाँ माग गरे । अन्यले चारदेखि पाँच लाख रुपियाँसम्म माग गरे ।
अवकास हुन छ महिनादेखि डेढ वर्ष बाँकी रहेका त्यस्ता शिक्षकहरुले सेवाबाट बिदा लिँदा थप केही रकम प्राप्त होस् भनेर यसरी माग गर्ने गरेका छन् ।
यस्तो प्रवृत्ति काठमाडौँमा मात्र होइन, देशका सबै जिल्लामा देखिएको छ । सेवा निवृत्त हुने समय घर्किन लागेका शिक्षकहरु यसैगरी आम्दानी गरी पारस्परिक सरुवाका लागि तयार हुने गरेका छन् ।
उनीहरु जाँदा जाँदै कमाउ हुने भन्दै अन्य जिल्लामा गई एक, डेढ वर्ष विताउन तयार हुने गरेका छन् । यस्ता सरुवा देशभरि भइरहे पनि शिक्षा निकायका पदाधिकारीहरुलाई अत्तोपत्तो नै चल्ने गरेको छैन । उनीहरुले दुवै विद्यालयबाट सहमति ल्याउने गरेका छन् ।
शिक्षा मन्त्रालयका प्रवक्ता (सहसचिव) डा. हरि लम्सालले यस्तो प्रवृत्ति देखिएको बताउँदै भन्नुभयो, “यस्ता सरुवा रोक्न देशभरिका जिल्ला शिक्षा कार्यालयहरुलाई निर्देशन दिइसकेको छ । सेवा अवकास हुने समय आइसकेका शिक्षकहरुको ‘म्युचुअल’ सरुवा नगर्नू भनेका छौँ । सम्भवतः अब यस्ता सरुवा हुँदैन ।” 

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...