Skip to main content

पोखरा झरेका मुस्ताङ्गका विद्यालय आर्थिक संकटमा

नवराज ढुङ्गाना/
पोखरा १० मंसिर, / हिउँदमा पोखरामा सञ्चालन हुने उपल्लो मुस्ताङ्गका घुम्ती विद्यालयका लागि आवश्यक रकम निकासा नहुँदा ती विद्यालय आर्थिक संकटमा परेका छन् । हरेक बर्ष जाडो बढेसँगै मुस्ताङ्का विद्यालयहरु शिक्षक र विद्यार्थी सहित पोखरा झर्छन् ।
मुस्ताङ्गको छोसेरका ६, लोमान्थाङ्गको १ र छोन्हुप गाविसको एउटा विद्यालय कात्तिक दोश्रो साता पोखरा झरेका छन् ।
सरकारले घुम्ती विद्यालयलाई उपलब्ध गराउँने रकम समयमै निकासा नदिँदा शिक्षक र विद्यार्थीलाई खान बस्न समेत समस्या भएको राष्ट्रिय निमावि लोमान्थाङ्गका शिक्षक दिवाकर तिवारीले बताए । ‘विद्यार्थी र शिक्षकले घरबाट ल्याएको खर्च सकिनै लागेको छ ।’ उनले भने– ‘मुस्ताङ्गी अभिभावक र केही दाताले गरेको सहयोगले हामी चलिरहेका छौं । उनीहरुले दिएको रकमले कति नै पुग्छ र ?’ यो विद्यालयले २०६० सालदेखि पोखराको नागढुङ्गामा घुम्ती विद्यालय सञ्चालन गर्दै आएको छ ।

जिल्ला शिक्षा कार्यालय मुस्ताङ्गका विद्यालय निरिक्षक नवीन थापाले चौमासिक रकम फुकुवा नआएर ढिलो भएको अड्कल काटे । ‘भर्खरै आर्थिक बर्षको पहिलो चौमासिक सकियो मंसिरको पहिलो हप्ता हुँदैछ, अव निकासा होला’ उनले भने । शिक्षा अधिकारी डा. दिपेन्द्र गुरुङ् विदामा बसेकाले प्रकृया के भईरहेको छ आफूलाई थाह नभएको उनको भनाई छ । 
सबै विद्यार्थी र शिक्षक कर्मचारीलाई पाँच महिनासम्म खानबस्नका लागि करिब ८ लाख रुपैयाँ खर्च लाग्ने विद्यालयका प्रतिनिधिहरु बताउँछन् । सरकारले भने बार्षिक ३ लाख ५० हजार रुपैयाँ दिँदै आएको छ । आधा समयका लागि पनि नपुग्ने  सरकारी रकम समेत समयमा नपाउँदा समस्या थपिएको शिक्षकहरु बताउँछन् ।
यो विद्यालयमा ५२ जना शिक्षक र ६ जना शिक्षक कर्मचारी गरी ५८ जना छन् ।
सरकारले दिने रकम समयमै निकासा नहुँदा अभिभावक तथा अन्य व्यक्तिहरुसँग ऋण खोज्नुपर्ने बाध्यता रहेको राष्ट्रिय निमाविका प्रधानाध्यापक गोविन्द प्रधानले बताए ।
‘पोहोर हामीले पुषमा मात्रै सरकारी रकम पाएका थियौं ।’ उनले भने– ‘यो बर्ष पनि छिट्टै रकम पाईएला जस्तो छैन ।’
शिक्षा मन्त्रालय मार्फत सरकारले दिने रकम बाहेक घुम्ती विद्यालय सञ्चालनका लागि केही रकम मुस्ताङ्गी राजकुमार झिङ्गमे सिग्मे परवल विष्टले पनि दिदैं आएका छन् । उनले गतबर्ष यो विद्यालयका लागि करिब ३ लाख रुपैयाँ सहयोग गरेका थिए । यो बर्ष पनि मुस्ताङ्गी राजकुमारले रकम सहयोग गरिदेलान् भन्ने आशा छ, शिक्षकहरुको । बाँकी अपुग रकमका लागि भने अभिभावक तथा अन्य दाताकै भर पर्नुपर्ने बाध्यता छ ।

राष्ट्रिय निमावि जस्तै छोन्हुपका अन्य ६ वटा विद्यालयले पनि पोखराको चिसाखोलामा शिक्षक र विद्यार्थी झारेर घुम्ती विद्यालय संचालन गरिरहेका छन् । तर यी विद्यालयलाई भने सरकारले कुनै आर्थिक सहयोग गर्दैन ।
लामो समयसम्म निकै जाडो हुनाले बाहिर निस्केर काम गर्न नसकिने र बालबच्चालाई विद्यालय पठाउन समस्या भएपछि, उनीहरुको पढाईलाई मध्यनजर गरेर पोखरा आउनुपरेको अभिभावक ग्याल्जोनले बताए ।
सरकारी सहयोग नपाएपछि, छोन्हुपको नाम्ग्यालमा रहेको बुद्ध प्रावि, फुवामा रहेको जनप्रभात प्रावि, ठिङ्गमा रहेको विरेन्द्र प्रावि, किमलिङ्गमा रहेको भृकुटी प्रावि, न्याम्डोमा रहेको सरस्वती प्रावि र चुम्जुङ्गमा रहेको दिव्यज्ञान प्राविले एकैठाउँमा एकीकृत कक्षा सञ्चालन गरी पठनपाठन गरिरहेका छन् । यी सबै विद्यालयमा गरी ३५ जना विद्यार्थी छन् ।
विद्यार्थी संख्या पनि थोरै भएकाले छुट्टाछुट्टै कक्षा सञ्चालन गर्दा बढी आर्थिक भार पर्ने भएकाले एकैठाउँमा कक्षा चलाईएको ग्याल्जोनले बताए । 
‘अभिभावककै सल्लाहमा हामीले ६ वटै विद्यालयलाई एकै ठाउँमा सञ्चालन गर्दै आएका छौं ।’ उनले भने– ‘विद्यार्थी र शिक्षक सहित अभिभावक समेत कामको खोजीमा पोखरामै झर्ने भएकाले आर्थिक आवश्यकता हुँदा उनीहरुले नै सहयोग गरिदिन्छन् ।’

सरकारले हिमाली क्षेत्रमा सञ्चालित आवासीय विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मासिक छात्रवृत्ती दिने गरेपनि यी विद्यालयले आवासीय रुपमा पठनपाठन नगर्ने भएकाले विद्यार्थीले छात्रवृत्ति पाउँदैनन् ।
पोखराको मियाँपाटनमा घुम्ती विद्यालय सञ्चालन गरिरहेको छोसेरको दिव्यदिप आवासीय माविले भने प्रति विद्यार्थी प्रति महिना ३ हजार रुपैंया उपलब्ध गराउँछ । छोसेरमा रहँदा दिव्यदिपले विद्यार्थीलाई आवासीय रुपमा राखेर पठनपाठन गराउँछ । सरकारले दिव्यदिपलाई घुम्ती विद्यालय सञ्चालन गरेबापत् छुट्टै ३ लाख ५० हजार रुपैयाँ समेत दिँदै आएको छ ।
मुस्ताङ्गबाटै घुम्ती विद्यालयका रुपमा पोखरा आएर कक्षा सञ्चालन गरिरहेका अन्य दुईवटा निजी विद्यालयले भने विद्यार्थीबाटै आवश्यक शुल्क लिने भएकाले सञ्चालनमा खासै समस्या छैन ।
लोमान्थाङ्गको महा करुणा आवासीय विद्यालयले पामे र लोमान्थाङ्गकै लो कुन्थेन आवासीय विद्यालयले हेम्जामा कक्षा सञ्चालन गरिरहेका छन् । यी दुवै विद्यालयलाई विभिन्न गैर सरकारी संस्थाहरुले सहयोग गर्दै आएका छन् ।
तर सरकारी विद्यालयलाई भने सरकारी सहयोग समेत कम हुने भएकाले सञ्चालनमा कठिनाई हुने गरेको शिक्षक र अभिभावकको गुनासो छ । 
जिल्ला शिक्षा कार्यालय कास्कीका परिक्षा शाखा ईन्चार्ज खेमराज पौडेलले घुम्ती विद्यालयका रुपमा कक्षा सञ्चालन गरिरहेका यी विद्यालयहरु अन्य जिल्लाका भएकाले कुनै आर्थिक सहयोग गर्न नसकिने बताए ।

घुम्ती विद्यालयको नियमन, नियन्त्रण, अनुगमन र आर्थिक सहयोग सम्बन्धित जिल्ला शिक्षा कार्यालयले नै गर्ने भएकाले कास्कीको शिक्षा कार्यालयसँग यस्ता विद्यालयको कुनै सम्बन्ध नहुने उनको भनाई छ ।
- See more at: http://edukhabar.com/index.php/student/425-2014-11-23-05-03-06#sthash.IkmjheCH.dpuf

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...