काठमाडौ, माघ १८ -
शैक्षिक जनशक्ति विकास केन्द्रले सामुदायिक विद्यालयका सात हजार शिक्षकलाई
अंग्रेजी भाषा सिकाउने भएको छ । ब्रिटिस काउन्सिलसंगको सहकार्यमा अंग्रेजी
माध्यममा पढाउन सुरु गरेको विद्यालयका शिक्षकका लागि तालिम सञ्चालन गर्न
लागेको केन्द्रका कार्यकारी निर्देशक खगराज बरालले बताए । अंग्रेजी
माध्याममा पठन पाठन शुरु गरेपनि पढाउन नसक्ने समस्या आएपछि तालिम सञ्चालन
गर्न लागेको उनले जनाए ।
विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...