Skip to main content

शिक्षक लाईसेन्सको नतिजा सार्वजनिक



भक्तपुर २७ साउन / शिक्षक सेवा आयोगले माध्यामिक विद्यालय तहको स्थायी लाईसेन्सको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ४४ दशमलव ३१ प्रतिशत उत्तीर्ण भएको आयोगले जनाएको छ । परीक्षामा सम्मिलित ११ हजार १ सय ८४ मध्ये ४ हजार ९ सय ५६ जना उत्तीर्ण भएका छन् ।
पूर्वाञ्चलबाट  ९ सय ३१ जना उत्तीर्ण भएका छन् । यसै गरी मध्यमाञ्चलबाट १ हजार ५ सय ५३ जना, पश्चिमाञ्चलबाट १ हजार ३ सय ७१ जना, मध्यपश्चिमबाट ६ सय ७० जना र सुदुरपश्चिमबाट ४ सय ३१ जना उत्तीर्ण भएका छन् ।
परीक्षामा सहभागी हुन १३ हजार २ सय १२ जनाले फर्म भरेका थिए । परीक्षामा भने ११ हजार १ सय ८४ जनाले सहभागिता जनाएका थिए । 
२ हजार ६ सय ३७ जनाले भर्म भरेकोमा पूर्वाञ्चलमा २ हजार २ सय २५ जनाले परीक्षामा सहभागिता जनाएका थिए । यस्तै मध्यमाञ्चलमा फर्म भरेका ४ हजार २ सय ७ मध्ये परीक्षामा ३ हजार ५ सय ८० सहभागि थिए ।

यसैगरी पश्चिमाञ्चलमा फर्म भरेका ३ हजार ४ सय १ मध्ये परीक्षामा २ हजार ९ सय ८६ जना सहभागि थिए । मध्यपश्चिमबाट १ हजार ८ सय ८४ जनाले फर्म भरेकोमा परीक्षामा १ हजार ५ हजार २० सहभागि थिए । सुदुरपश्चिमबाट फर्म भरेका १ हजार ८३ मध्ये ८ सय ७३ जना परीक्षामा सहभागि थिए ।
आयोगले परीक्षा भएको एक महिना भित्रै नतिजा सार्वजनिक गरेको हो । गत असार २८ गते आयोगले परीक्षा लिएको थियो । 
आयोगका संयत्रले प्रभावकारी काम गर्दा यति छिट्टै नतिजा सार्वजनिक गर्न सकिएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठा बताए ।

गत असार १३ गतेका लागि तय गरिएको परीक्षा भूकम्पका कारण २८ गतेका लागि सारिएको थियो ।
नतिजा थाह पाउने http://tsc.gov.np/

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...