Skip to main content

ब्रिटिस काउन्सिलबाट नेपालका बाह्र विद्यालय पुरस्कृत


British_Council_logo.svg

काठमाडौँ, २८ साउन । नेपालका बाह्र विद्यालयले ब्रिटिस काउन्सिलको ‘इन्टरनेसनल स्कुल्स अवार्ड’ पुरस्कार प्राप्त गरेका छन् ।
शिक्षा मन्त्रालयले अनुमोदन र सहयोग जारी राखेको कनेक्टिङ् क्लासरुम परियोजना अन्तर्गत बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो । शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक खगराज बराल र पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक दिवाकर ढुङ्गेलले संयुक्तरुपमा ती पुरस्कार प्रदान गरे ।
पुरस्कृत हुनेमा सिर्जना सामुदायिक माध्यमिक विद्यालय (कास्की), सेन्ट क्यापिटानियो स्कुल (पाल्पा), आदर्श अँग्रेजी आवासीय माध्यमिक विद्यालय (पर्वत), दुर्गा निम्नमाध्यमिक विद्यालय (बाग्लुङ्), अचाने उच्च माध्यमिक विद्यालय (धादिङ्), त्रैविद्या शिक्षा सदन (काठमाडौँ), सकल्या स्कुल (युरो किड्स, छाउनी), काठमाडौं, रिलायन्स इन्टरनेसनल एकेडमी (आरआइए) काठमाडौं, बेबिलोन नेशनल स्कुल काठमाडौँ, कर्णाली एजुकेशन फाउन्डेशन–झापा), सूर्यज्योति निम्नमाध्यमिक अँग्रेजी आवासीय विद्यालय (झापा) र दिल्ली पब्लिक स्कुल (धरान) छन् ।
पुरस्कृत विद्यालयले तीनवर्षका लागि सम्पूर्ण आधिकारिक मसलन्द तथा प्रवद्र्धनात्मक सामग्रीमा विद्यालयको लोगोका साथ इन्टरनेसनल स्कुल अवार्डको आकर्षक काइटमार्क प्रयोग गर्न दिइनेछ ।
ब्रिटिस काउन्सिल नेपालका देशीय निर्देशक ब्रेन्डन क्याक्शेरी ओबिइले बढ्दो विश्वव्यापी अर्थव्यवस्थामा समृद्ध एवम् मैत्रीपूर्ण संसारको सुनिश्चितताका लागि विद्याथी, उनीहरुका सिकाई र सीपहरुको विकासका कार्यक्रमहरुमा अन्तर्राष्ट्रिय सिमानाभन्दा परसम्म आपसी क्रियाकलाप र सञ्चार गर्न तयार रहनु अत्यावश्यक भएकाले पुरस्कारको थालनी गरिएको बताए । रासस

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...