Skip to main content

Case study

Lesson 17: Case study
बिगत केही पाठ देखि हामी गुणात्मक अनुसन्धानका प्रकारका बारेमा अध्ययन गर्दैछौं/ त्यसै क्रममा आज Case study लाई संक्षिप्तमा नियाल्नेछौँ / कुनै पनि परिवेशको बिस्तृत अध्ययन गरी जीवन्त प्रस्तुती गर्नु Case study मानिन्छ / हुनत गुणात्मक Case study मा अरु गुणात्मक अनुसन्धान जस्तै बिषयगत बुझाई र धारणाको महत्व त हुन्छनै तर पनि केही बस्तुगत बिचार पनि यस भित्र अट्न सक्दछ/ तर त्यो बस्तुगत बिचार pluralism को सन्दर्भमा यहाँ लागू हुन्छ न की संख्यात्मक अनुसन्धान मा जस्तो relativism को रूपमा / Case study अनुसन्धान गर्नेहरुले खासगरी आफ्नो paradigm को लागि constructivism छान्ने गर्दछन ता की जुन परिवेशको Case अध्ययन गर्न खोजेको हो त्यसै परिवेश संग साक्षात्कार गर्ने मानिसहरु संगको कुराकानीको आधारमा खोजिएको अर्थ निकाल्न सकियोस / अर्थात् तपाईंको सूचनादाताहरुनै तपाईं को ज्ञानका निर्माणकर्ता हुन् /
यो विधिमा तपाईं आफ्नो अनुसन्धान-सहभागीहरुको अनुभवलाई उनीहरुको कथा व्यथाका रूपमा चित्रण गर्नु हुन्छ र तपाईंका सहभागीहरुले उक्त परिबेशमा भोगेका कठिनाईहरु, उनीहरुले गरेका उपलब्धिहरु, धारणाहरु, बिचारहरु समेटेर एउटा जीवन्त तस्बीर तयार पार्नु हुन्छ ता की तपाईंका पाठकहरुले आफैं त्यहाँ पुगे जस्तो गरी Case प्रष्ट बुझ्नेछन / Case study मा सूचना संकलन बिभिन्न पक्षबाट गरिनु पर्छ/ जुन परिवेश को Case study हो त्यो परिवेशको परिचय बिना तपाईंको अध्ययन अधुरो रहन्छ / यसकारण परिवेशलाई चिनाउने कुनै पनि तथ्यांक वा सुचनाहरु तपाइंले संकलन गरेको हुनु पर्दछ /
Case study मूलत: बहु-सूचना पद्धतिमा आधारित हुन्छ/ उदाहरणको लागि यदि तपाईंको बिषय “Integration of ICT in Higher Education: A Case of ODL in Nepal” छ भने उच्च शिक्षा जहाँ सूचना प्रविधिको प्रयोग गरी अन लाइन दूर शिक्षा प्रदान गरिन्छ त्यो तपाईंको phenomenon अर्थात् परिवेश भयो / तपाइंले त्यस्ता विश्वविद्यालय वा कलेजको Case study गर्नु हुन्छ / नेपालमा रहेका त्यस्ता संस्थाको जीवन्त बर्णन तपाईंको लक्ष हुन्छ/ आफ्नो व्याख्यालाई जीवन्त बनाउन तपाईं ती संस्थामा ICT प्रयोग गरी ODL संचालनमा र विद्या आर्जनमा अग्रगामी भूमिका खेल्ने शिक्षक, प्रशासक, नीतिनिर्माता, प्रबिधिज्ञ सूचनाको एउटा पाटो मान्नुहुन्छ (सेवा प्रदाय ) भने बिद्यार्थी र अभिभावक (लक्षित बर्ग) अर्को पाटो मान्नुहुन्छ /
पहिलो पाटोको अनुभव संस्थापरक हुन्छ जसमा बर्तमान स्थिति, कमि कमजोरी र भविष्यको योजना समाबेश हुन्छ / लक्षित समूहको पाटोमा उनीहरुले अनुभव गरेका राम्रा र कठीन कथाहरु, उनीहरुले पाएका फाइदा र बेफाइदाहरु, उनिहरुले चाहेका र पाएका परिबेशहरु समावेश गरिन्छन / मूलत: Case study ले किन र कसरी को बिस्तृत विवरण माग्दछ / यसो गर्दा तपाइंले interview, participant observation, focus group study जस्ता बिधि उपयोगमा ल्याउनु हुन्छ र एउटाबाट पाएको सूचनालाइ अर्को संग टाँस्दै ब्याख्या गर्नु हुन्छ / यो बहु-बिधि Case study को लागि धेरै आवस्यक यसकारणले मानिन्छ की तपाइले Case को बिस्तृत अध्ययन गरेको होस् र एउटा सूचनामा मात्रै भर नपरेको होस् /
तर यतिले मात्र पनि तपाईंको data पुग्दैन / तपाईंलाइ आफ्नो Case study पूरा गर्न अरु secondary information पनि जरूरी हुन्छ / जस्तो संस्थाको इतिहास, सूचना प्रबिधि प्रयोगको फेहरिस्त र बिकास, अनलाइन संचालन भएका क्षेत्र, तीनको व्यवस्थापन देखि लिएर ICT र ODL प्रयोगमा ती संस्थाहरुको प्रत्येक विवरण (लगानी, प्रक्रिया र उपलब्धि) अनि त्यसबाट प्रदान गरिएका शिक्षाका सबै पाटाहरुको सूक्ष्म सूचना तपाईं को Case study को थुंगा हुन् जसलाई उनेर तपाईं आफ्नो थेसिस लेख्नुहुन्छ/
छानिएका संस्थाहरु एकै खाले हुन् र तीनले उच्च शिक्षामा एकीकृत गरेको सूचना प्रणाली र अनलाइन प्रक्रीयामा खासै भिन्नता छैन भने तपाईं धेरै संस्थाको अध्ययन गरेर पनि एउटा Case study गर्नुहुन्छ तर संस्थाका ICT र ODL का पक्षहरु एक अर्कामा तात्विक रुपमानै फरक छन् भने तपाईं एउटा थेसिस भित्रै Multiple cases को अध्ययन ल्याउनु हुन्छ /
from the facebook wall of Dr. Man Prasad Wagle

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...