Skip to main content

राष्ट्रिय परीक्षा बोर्ड गठन हुने

काठमाडौं, १ कात्तिक । माध्यमिक तहको परीक्षा सञ्चालन, समन्वय र व्यवस्थापन गर्न राष्ट्रिय परीक्षा बोर्ड गठन हुने भएको छ । शिक्षा ऐन संशोधनसम्बन्धी विधेयकमा यस्तो प्रस्ताव गरिएको छ ।
उक्त विधेयकलाई मन्त्रिपरिषदले असोज तेस्रो साता पारित गरेको थियो । शिक्षा मन्त्रालयका अनुसार विधेयक संसद्मा दर्ता गरिसकिएको छ । ६ वर्षको प्रयासपछि शिक्षा ऐन संशोधन गर्न लागिएको हो । यसअघि पनि पटकपटक संसद्मा पुगेको ऐन संशोधन विधेयक शिक्षामन्त्री परिवर्तन भएसँगै मन्त्रालयमा नै फिर्ता आउने गरेको थियो ।
केन्द्रीय स्तरमा रहने बोर्ड ११ सदस्यीय रहनेछ । बोर्डमा शिक्षाविद् तथा परीक्षा सञ्चालनका क्षेत्रमा अनुभव हासिल गरेका व्यक्ति अध्यक्ष, शिक्षा मन्त्रालयका सचिव उपाध्यक्ष रहनेछन् ।
मन्त्रालयका विद्यालय शिक्षा हेर्ने सहसचिव, शिक्षा विभागका महानिर्देशक र पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक सदस्य रहनेछन् । त्यसबाहेक प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का सदस्यसचिव र त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पनि बोर्ड सदस्य रहनेछन् ।
प्राध्यापन तथा शिक्षा क्षेत्रमा १० वर्षको अनुभव हासिल गरेका व्यक्ति, सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकमध्येबाट एकजना महिलासहित दुईजना सदस्य, नेपाल सरकारको शिक्षा सेवाको प्रथम श्रेणाीको अधिकृत वा बोर्डको कर्मचारी सदस्यसचिव रहनेछन् ।
अध्यक्ष तथा सदस्यहरूको पदावधि चार वर्षको हुनेछ । अध्यक्ष नियुक्तिका लागि लोकसेवा आयोगको अध्यक्षको संयोजकत्वमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष र मन्त्रालयका सचिव सदस्य रहेको समितिले सम्भावित व्यक्तिको नाम सरकारलाइ सिफारिस गर्ने शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा. हरि लम्सालले बताए ।
बोर्डले माध्यमिक तहअन्तर्गत कक्षा १० र माध्यमिक तहको अन्त्य अर्थात् सामान्य धारको कक्षा १२ को र प्राविधिक धारको कक्षा १३ को परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्नेछ । कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालय आफैंले सञ्चालन गर्नेछ ।
कक्षा ८ को परीक्षा भने जिल्ला तहमा सञ्चालन हुनेछ । बोर्ड गठन भएपछि अहिले कक्षा ११ र १२ को सम्बन्धन, पाठ्यक्रम निर्माण, परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्दै आइरहेको उच्च माध्यमिक शिक्षा परिषद् र एसएलसी परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्दै आइरहेको परीक्षा नियन्त्रण कार्यालय स्वतः खारेज हुनेछन् ।
‘विधेयक संसद्बाट पारित भयो भने विद्यालय तहको संरचनागत तथा गुणस्तर सुधारका लागि सरकारले बनाएको योजना कार्यान्वयनमा आउनेछ’, सहसचिव लम्सालले भने । अन्नपूर्ण पोस्ट दैनिकमा सूर्यप्रसाद पाण्डेले खबर लेखेका छन् ।

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...