Skip to main content

‘मन्त्री हुने रहरले होइन चुनौती देखेर आएको हूँ’ – शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणी पोखरेलले शिक्षा क्षेत्रमा भएका चुनौती स्वीकार गरेरै मन्त्री हुन आएको बताएका छन् ।चुनौतीहरुका बिचबाट आफुले शिक्षामा देखिने गरी सुधार गर्ने उनको उद्घोष थियो ।
शिक्षामन्त्रीको पदभार ग्रहण पछि कर्मचारीहरुले आयोजना गरेको स्वागत कार्यक्रममा उनले शिक्षाको गुणस्तर सुधार र उच्च शिक्षाको व्यवस्थीकरण आफ्नो पहिलो प्राथमिकता भएको समेत स्पष्ट पारे ।
विश्वविद्यालय र मेडिकल शिक्षा क्षेत्रमा भएको समस्या समाधानलाई प्राथमिकतामा राख्दै सवैको साथ र सहयोग लिएर परिवर्तनको अनुभुती दिलाउने गरी काम गर्ने पोखरेलले बताए ।
हाम्रा शैक्षिक आवश्यकता र नीतिगत व्यवस्था विरुद्धमा डोनरको पछाडी दौडन नहुने भन्दै पोखरेलले डोनरले हामीलाई नभइ हामीले डोनरलाई चलाउनुपर्नेमा जोड दिए ।‘डोनरको सहयोग पनि चाएिको छ त्यसको सदुपयोग पनि चाहिएको छ ।’मन्त्री पोखरेलले भने । ‘गुणमा आधारित काम मात्र गर्न जरुरी छ ।’
कर्मचारीहरुलाई निर्देशन दिँदै उनले भने–‘सरुवा र बढुवाका कुरा लिएर नआउनुस । नीति र पद्दती अन्र्तगतका शैक्षिक सुधारका योजना लिएर आउनुस, मिलेर काम गरौँला ।’
अहिले कार्यसुचीमा रहेका कुरा अगाडी बढाउन आफुबाट कुनै अवरोध नहुने भन्दै आगामी दिनमा कर्मचारी, नागरिक समाज, शिक्षापत्रकारहरुसँग छलफल गरी सवैको साझा योजना लिएर शिक्षा सुधारका कार्यक्रम अगाडी बढाइने समेत मन्त्री पोखरेलले स्पष्ट पारे । परिवर्तनको संवाहक शिक्षामा आफुले देखिने गरी विकास गर्ने उनको प्रतिबद्धता थियो ।
अहिले नेपालको शिक्षाले बेरोजगार उत्पादन गरिरहेको भन्दै यसमा सुधार र विकल्पको खोजी गरिनुपर्नेमा जोड दिँदै पोखरेलले प्राविधिक र रोजगारमुखी शिक्षाको विकास गर्न सवैपक्षविच हातेमालो जरुरी रहेको बताए ।
सामुदायिक विद्यालय, विश्वविद्यालय, मेडीकल शिक्षा लगायतमा समस्या रहेको स्वीकार्दै मन्त्री पोखरेलले निरक्षरता उन्मुलनमा देखिएका समस्या खोजेर समाधानको प्रकृया अगाडी बढाइने स्पष्ट पारे ।
भूकम्पले क्षतीग्रस्त विद्यालयको मर्मत र पुर्ननिर्माण प्रकृयालाई तत्काल अगाडी बढाइने भन्दै मन्त्री पोखरेलले शिक्षालाई आधारभूत

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...