Skip to main content

पवर्तमा विद्यालयका लागी देउसीभैलो खेलेर ११ लाख संकलन

२५ कात्तिक । उत्तरी पर्वतको विकट गाउँ बाँसखर्कमा रहेको ज्योति मण्डल माविका लागि आयस्रोत जुटाउने उद्देश्यले तिहारका अवसरमा देउसी भैलो खेलेर करिब रु. ११ लाख सङ्कलन गरिएको छ ।  विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीको टोलीले सो क्षेत्रमा यही कात्तिक २० गतेदेखि २४ गतेसम्म देउसी, भैलो खेलेका थिए । देउसीभैलोबाट रु ११ लाख २६ हजार ४७१ सङ्कलन भएको विद्यालयका शिक्षक ख्यामबहादुर खत्रीले बताए ।   
वि.स. २०६५ देखि मावि कक्षा सञ्चालन हुँदै आएको उक्त विद्यालयमा मावि तहमा एक जना मात्र राहत दरबन्दीका शिक्षक छन् । देउसी भैलोबाट सङ्कलित रकम प्रावि र निमावि तहको दरबन्दी भएर मावि तहमा अध्यापन गराउने शिक्षकको तलबभत्ताका लागि खर्च गरिने विद्यालयले जनाएको छ । 
जिल्लाकोे विकट गाउँमा निमाविको मात्र स्वीकृित पाएपछि स्थानीयले आफैँ रकम जुटाएर मावि कक्षा सञ्चालन गर्दै आएका थिए । शिक्षकलाई तलब खुवाउन र अन्य प्रशासनिक खर्चका लागि रकम अभाव भएपछि देउसीभैलो खेलेर रकम सङ्कलन गरिएको शिक्षक खत्रीले जानकारी दिए । 

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...