Skip to main content

आयोग उतिर्ण शिक्षकहरुको नियुक्ति प्रकृया शुरु

काठमाडौ ,कात्तिक / शिक्षा विभागले शिक्षक सेवा आयोग उतिर्ण गरेका माध्यामिक तहका शिक्षकहरुको पोष्टिङ प्रकृया शुरु गरेको छ । आयोग उतिर्ण उम्मेद्वारको नियुक्तिको प्रकृया शुरु गर्न विभागले पाँचै क्षेत्रीय शिक्षा निर्देशनालयलाई निर्देशन दिएको छ ।
विभागका निर्देशक खगेन्द्र नेपालले मंगलबार देखि नै प्रक्रिया शुरु गरिसकेको र सकेसम्म यही महिनाभित्र पोष्टिङ गरिसक्ने बताए । 'शिक्षकहरुको पोष्टिङ प्रक्रिया शुरु भइसकेको छ' उनले भने, 'सम्भवतः यही महिना भित्र सकिन्छ ।'
आयोगले गत असार २५ गते लिखित परीक्षा लिएको थियो । उक्त परीक्षा पास गरेका उम्मेद्वारहरुको अन्र्तवार्ता गत असोज ८ र ९ गते भएको थियो । निम्न माध्यामिक तहको शिक्षकका लागि हुने अन्र्तवार्ता भने कात्तिक २० गतेबाट हुने छ । आयोगले लिएको परिक्षामा उतिर्ण भएका करिब १३ सय शिक्षकहरु पोष्टिङको पर्खाइमा थिए । 
आयोगले गत कात्तिक १ गते नै उत्तीर्ण उम्मेद्वारहरुको सिफारिस गरे पनि विभागले समयमै उनीहरुको पदस्थापना गर्न नसेकको भन्दै आलोचना हुँदे आएको थियो ।

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...