वैशाख ९–आज नेपालमा पनि विश्व पृथ्वी दिवस विविध कार्यक्रम गरी मनाइदैछ । दिवसको अवसरमा आज सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दैछन । सन् १९७० अप्रिल २२ तारिखमा विश्वमा पहिलो पटक यो दिवस अमेरिकाले मनाएको थियो ।
त्यस्तै सन् २००९ मा राष्ट्रसंघको ६३ औं महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार अहिले यो दिवस अप्रिल २२ तारखिमै विश्वभर मनाइन्छ । पृथ्वीमा बढ्दै गएका विकराल समस्या समाधान न्यूनिकरण गर्न र मानिसलाई प्रेरीत गराउन यो दिवस मनाउने गरिन्छ ।
विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...