शिक्षक सेवा आयोग (सामान्य ज्ञान)
1. नेपालमा म्याक्ले शिक्षा पद्धतिले कुन प्रधानमन्त्रीको पालामा प्रवेश पाएको हो ?
जंगबहादुर राणा
2. इतिहासमा प्रसिद्ध रहेको " लाइब्रेरी पर्व " कुन राणा प्रधानमन्त्रीको पालामा भएको हो ?
भीम शमशेरको पालामा
3. नेपालको पहिलो कलेज, त्रिचन्द्र कलेज आफ्नो स्थापनाकालमा कुन विश्वविद्यालयसॅग सम्बन्धित थियो ?
कलकत्ता
4. दरवार स्कुलको पहिलो निरीक्षक को थिए ?
रोस
5. हुम्ला जिल्लामा पर्ने चीनसॅगको व्यापारिक नाका कुन हो ?
यारी
6. नेपालमा सैनिक स्कुलको स्थापना कुन राणा प्रधानमन्त्रीले गरेका हुन् ?
जुद्ध शमशेर
7. नेपालको संविधान अनुसार संघीय संसद्को अधिवेशनको आह्वान कसले गर्छ ?
राष्ट्रपतिले
8. प्रत्येक प्राथमिक विद्यालयमा कम्तीमा एक जना महिला शिक्षक अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था कुन पञ्चवर्षीय योजनाबाट थालनी भएको हो ?
आठौं पञ्चवर्षीय योजना
9. राष्ट्रिय शिक्षा आयोग, 2049 को अध्यक्षता कुन कुन शिक्षामन्त्रीहरूले गर्नुभयो ?
केशरजंग रायमाझी , रामहरी जोशी , गोविन्दराज जोशी
10. नेपाल सरकारले विद्यालय व्यबस्थापन समुदायलाई जिम्मा दिनुको प्रमुख कारण के हो ?
विद्यालय व्यवस्थापनमा स्थानीय समुदायको भूमिका बढाउन