यस वर्ष पनि ‘परम्परागत शैलीमा’ एसएलसी. सकियो । करिब छ लाख विद्यार्थी जीवनकै महत्वपूर्ण भनिने खुट्कीलोको परिक्षण पछि फुर्सदमा छन् । स्कूल, परिवार र समाजले पारेको क्रासदिपूर्ण मनोभावनाले गर्दा परिक्षाको तयारीमा “घुंडा धँसेर” अनि “टुप्पी कँसेर” अध्ययनमा व्यस्त भए । अहिले परिक्षाको समाप्तीसँगै उनीहरु फुर्सदिला छन् । उच्च शिक्षाको लागि कलेज धाउन तीन महिना कुर्नै पर्छ । त्यसैले यो समयलाई कसरी प्रयोग गर्ने ? सवैका आ-आफ्ना योजना बुनिरहेका छन् ।
पछिल्लो दशक नेपाली शिक्षा वजारमा ब्रीजकोर्स भित्रीएको छ । यो आवश्यक छ वा छैन भन्ने वहस अझै सकिएको छैन् । यसमा सवैका आ-आˆना तर्कहरु छन् । केही राम्रा भनिएका क्याम्पसमा पढ्न खोज्नु विद्यार्थीहरुको चाहना हुन्छ ।
तर त्यस्ता क्याम्पसले भर्ना लिंदा एस.एल.सी.को मार्कसिटलाई मात्र आधार वनाउने परम्परा छाडिसकेका छन् । उनीहरु धारिलो प्रवेश परिक्षा लिन्छन् । तर आवेदन दिएका मध्ये धेरै कम मात्र छानिन्छन् । कुनै क्याम्पसको प्रवेश परीक्षा कटाउनु त झण्डै लोक सेवा पास गर्नु जस्तै हुन थालेको छ । त्यसमाथि कक्षा १० र ११ को पाठ्यक्रमको विचमा ठूलो खाडल छ । एउटा शैलीमा वानी परेका विद्यार्थीहरु माथिल्लो स्तरमा पुग्दा असहज हुने गरेको पाइएको छ । त्यसैले व्रीजकोर्स यो खाडल पुरेर उच्च शिक्षाको अध्ययन शैलीमा विद्यार्थीहरुलाई अभ्यस्त गराउन सहयोगी हुने गर्छ । त्यसैले, धेरै हदसम्म प्रवेश परिक्षा तयारी र उच्च शिक्षाको अभ्यासको नजरमा यो आवश्यक देखिन्छ ।
फेरी अर्को पाटो छ, यसको । व्रीजकोर्समा भर्ना भए पनि धेरै विद्यार्थीहरुले यसलाई औपचारिकता मात्र ठान्छन् । यो कोर्सपछि पास वा फेलको कुनै पनि परीक्षामा विद्यार्थी सामेल हुनु पर्दैन । यसैले जाँच दिनु नपर्ने कोर्स पढ्ने जाँगर उनीहरुलाई नलाग्नु अस्वभाविक पनि होइन । यो भन्दा पनि बढी, उनीहरु लामो कष्टकर पढाईपछि आरामदायी क्षणमा आएका हुन् । लामो धपेडीपछि शरिरले आराम खोज्नुलाई पनि बेठीक भन्न सकिदैन । सवाल रह्यो कलेजको प्रवेश परीक्षा खोजेकै क्याम्पसमा नपाउँदैमा पढ्नै नपाइने भन्ने पनि त होइन । केही छानिएका वाहेक धेरै क्याम्पसका ढोका स्वागतका लागी तयार नै रहन्छन् । त्यसैले पनि ब्रीजकोर्सको सान्दर्भीकता नदेखिएको भन्नेहरु बढेका छन् । तर कुनै कोर्स पढ्ने र नपढ्नेको बिचमा केही फरक त पक्कै पनि हुन्छ ।
प्रवेशिका परीक्षा सकिएपछिको तीन महिने समय सम्भवतः विद्यार्थी जीवन कैै सवै भन्दा ठूलो फुर्सद् हो । अध्ययन अलवा धेरैको थुपै्र चाहना हुन सक्छ । कसैको संगीतमा रुची होला । कोही घुमघाम गरेर समाजको यथार्थ अध्ययन अनि मनोरन्जन गर्न खोज्छन् । कत्तिलाई खेती किसानीबारे उत्सुकता रहला । सवैलाई यी सवै कुरा सिक्ने सवैभन्दा उपयुक्त समय पनि यही हुन सक्छ । संगीतमा रुची हुनेहरु गीतार र हारमुनियम वोक्न सुरु गर्दा समयको सही सदुपयोग हुन सक्छ । अभिनय सिकेर धेरै लाभ लिन सक्छन् । कम्प्युटर आजको व्यक्तिको विकास स्तर मापनको एउटा सुचक पनि मानिन थालेको छ । त्यसैले कम्प्युटर ज्ञान विना अगाडीको भविष्य त्यती सहज छैन । यो खाली समय यही प्राविधिक ज्ञान लिएर सदुपयोग गर्न पनि सकिन्छ । इमेल इन्टरनेटजस्ता अत्यावश्यक कुरामात्रै हैन सौखका कुरा सिक्ने बेला पनि यही हो ।
सधै कोर्सका किताब पढेर थाकेकाहरुलाई अतिरिक्त पुस्तकहरु उपन्यास, कथा आदी पढ्ने मौका पनि यो समय हुन सक्छ । कलेजको दिन सुरु भएपछि फेरी अर्को कोर्सका किताबको वोझ आइपर्छ । उनीहरु आˆना चाहनाका किताब पढ्नबाट फेरी विमुख हुन्छन् । विज्ञानमा रुची भएका विद्यार्थीहरुले बैज्ञानिक खोज र अनुसन्धानबारे लेखिएका पुस्तक रोज्न सक्छन् । अर्थशास्त्री बन्न चाहानेले अर्थशास्त्रको परिभाषा खोज्न समय पनि हुन सक्छ यो । यसरी पढ्ने बानी राख्दाका धेरै सक्ररात्मक पक्ष पनि छन् । स्कूले जीवनमा परेको पढ्ने बानी छुट्ने छैन । छुटीसकेको पढ्ने बानी बसाल्नु फेरी त्यती सहज नहुन सक्छ । त्यसैले जे-जस्तो परे पनि पढ्ने बानी सकभर नछुटाउनु राम्रो हो । जेसुकै गर्नुस, त्यो आˆनै रुची र आत्माको निर्णयमा रहेर गर्नुस् । मनले रोजेको बाटो छाड्नु हुँदैन ।
तर एउटा कुरा चाही अवश्य हो खाली नवस्नुस् । कामविहिन भएर फुर्सदमा रहदा धेरै विद्यार्थीहरु विग्रने खतरा हुन्छ । संगत ठिक नभए बाटो विराउन पनि सकिन्छ । यो समयमा गरिने सानो निर्णयले पनि धेरै पछिसम्म असर गर्छ । अतः अन्त्यमा एउटै सल्लाह छ । एस.एल.सी. सकेका साथीहरुलाई जे मन लाग्छ, त्यही गर्नुस् । तर खाली नबस्नुहोस् । किनभने यो समय जीवनको निकै महत्वपूर्ण समय हो, भोली पछुताउन नपर्ने गरी काम गर्नुस् । शुभकामना ।
‘आइरन गेट’ अर्थात फलामे ढोकाको रुपमा हाम्रो समाजले चित्रित गर्दै आएको यस वर्षको एसएलसी परीक्षा भर्खरै सकिएको छ । एसएलसी परीक्षालाई आइरन गेटको रुपमा नभई सुनौलो ‘गेट’ रुपमा लिनुपर्ने बहस पनि चलिरहेको छ । तर, यस लेखको उद्देश्य भने एसएलसीको सैद्धान्तिक बसह भन्दापनि हालै एसएलसी दिएका विद्यार्थीहरु व्यावहारिक रुपमा कसरी अघि बढ्छन् र बढ्ने भन्ने हो ।
नेपालजस्तो भौगोलिक रुपमा विविधता भएको देशमा पृथकता पाइनु स्वाभाविकै हो, त्यसमा पनि कतिपय सुगम र दुर्गम क्षेत्रका कारण त्यहाँका मानिसहरुको सामान्य चेतनामा फरकपन ल्याउँछ । त्यहाँको विकास, प्रविधि र चेतनाले नै मानिसमा फरकपना ल्याउने हो भन्दा फरक नपर्ला जुन विद्यार्थीहरुमा पनि अनिर्वाय लागू हुन्छ ।
भर्खरै एसएलसी सकिएको अवस्थामा कतिपयमा आगामी बाटोबारे उचित परामर्श नहुँदा अब के गर्ने र एसएलसी परीक्षाको नजिता अघिको समयलाई पनि कसरी व्यवस्थापन गर्ने भन्नेमा अन्यौलता छ । जसका कारण फुर्सदिलो तर बहुमूल्य समय त्यत्तिकै खेर जान पनि बेर छैन । हुन त एसएलसी सकिएपछि झण्डै असार नलाग्दा सम्म नतिजा नआउने र त्यसबिचको समय रमाइलो मै बिताउनुपर्ने भन्ने कतिपय विद्र्यीहरुको भनाई समेत रहने गरेको छ । हुन पनि हो सँधैको पढाईको टेन्सनबाट मुक्त हुन कसलाई मन नहोला र ! त्यो पनि विद्यालय शिक्षाबाट । तर, विद्यार्थीहरु पढाईबाट मुक्त हुँदै फुर्सदको समयलाई सदुपयोग गरी सिर्जनसिल काममा भने लाग्नुपर्ने हुन्छ । तर, कसरी सिर्जनसिल काममा लाग्ने ? सहरी र शिक्षित परिवारका विद्यार्थीलाई शिक्षक तथा अभिभावकबाटै राम्रो परामर्श मिल्ने भएकाले त्यति असहज नहोला तरपनि कतिपय गा्रमिण समुदायका विद्यार्थीहरुमा भने अन्यौलता नै रहने गरेको छ । जसको कारण भविष्यका सुनौलो सपना बुनेका उनीहरुलाई अन्यौल हुँदा चिन्ता हुने गर्दछ । जुन चिन्ता कतिपय विद्यार्थीमा सुरु भइसकेको छ ।
विषेशतः ग्रामिण क्षेत्रका विद्यार्थीहरु फुर्सदको समय घरायसी कामनै गरेर बिताउँछन् । तर, उनीहरुले आफ्नो ज्ञान र सिर्जनाको दायरालाई फराकिलो बनाउन विभिन्न सिपहरु सिक्न सक्छन् । नयाँ ठाउँको घुमफिर गरेर नयाँ ज्ञान र अनुभव पनि लिन सकिन्छ । यसैगरी प्रविधिबारे अपडेट रहन कम्प्युुटर सिक्न सक्छन् भने भाषाबारे थप दक्षताका लागि भाषिक ज्ञान लिन सक्छन् । यतिमात्रै होइन, फुर्सदको समयमा घरायसी काम समेत सिक्न सकिन्छ । कतिपय विद्यार्थीहरुमा घरायसी काम र व्यावहारबारे त्यति राम्रो थाहा हुँदैन जुन बाआमा र आफन्तसँग थप घुलमिल हुँदै सिक्न सकिन्छ । त्यस्तो सिकाई दैनिक व्यवहार र उसको व्यक्तिसँगसमेत जोडिएको हुने हुँदा गा्रमिण र सहरी क्षेत्रका दुबै खाले विद्यार्थीको लागि हितकार रहन्छ । सहरी क्षेत्रकाले पनि उच्च शिक्षाको उदेश्य र वर्तमानको सान्दर्भिकतालाई ध्यानमा राखेर विभिन्न प्रविधिक, भाषिक र व्यावहारिक ज्ञान लिन सक्छन् ।
केहि दिन पहिले यो पंक्तिकारले एसएलसी सकेर नुवाकोटबाट काठमाडौं आएका एक छात्रसँग यहीबारे कुरा गर्दा एसएलसीपछिको फुर्सदिलो समय घुमफिरमै बिताउने बताएका थिए भने उच्च शिक्षाको कुनै योजना नभएको बताएका थिए । दुर्गम ग्रामिण क्षेत्रका उनले कुन विषय पढ्ता के विशेषज्ञता हासिल गरिन्छ, इच्छा अनुसारको पढाई कहाँ हुन्छ, उच्च शिक्षा अध्ययनका लागि कस्ता कलेज छान्नेलगायतका विषयमा समेत केहि थाहा नभएको बताएका थिए ।
उनको भनाईमा विद्यालय पढाउने शिक्षक तथा अविभावको समेत उचित परामर्शको नपाउँदा समस्या भएको हो । विद्यालयमा यसबारे जानकारी दिइनुपर्ने हो तर कतिपय ग्रामिण क्षेत्रका सरकारी विद्यालयमा किताबी घोकत्ने विद्याबाहेक बाहिरि कुराको केहि जानकारी दिइँदैन । यसका कारण माथि उल्ल्ेख गरिएका विद्यार्थी झै कयौं विद्यार्थीमा भविष्यका योजना कसरी बनाउने भन्नेमा अन्यौलता रहने गरेको हो । उनीहरुले लिएको शिक्षा व्यावहारिक भन्दापनि औपचारिकता मै सीमित रहने गरेको छ ।
त्यसोभए उच्च शिक्षाको योजना कसरी बनाउने त ? एसएलसी पछि के पढ्ने भन्ने कुरा आफनो रुची, एसएलसीमा ल्याएको अंक र घरको आर्थिक अवस्थामा निर्भर हुने कुरा हो । एसएलसी उत्तीर्ण भएपछि कुन विषय कहाँ पढ्ने भन्ने कुरामा पहिलो निर्णय विद्यार्थी स्वंयमले गर्नुपर्ने हुन्छ । यद्यपि शिक्षक र अविभावको शुझाव र सल्लाहको भने जरुरत पर्छ नै । सबैको सल्लाह, सुझाव र घरपरिवारको आर्थिक अवस्थासँग पढाइलाई समायोजन गरेर अघि बढ्दा अपेक्षाकृत सफलता हासिल गर्न सकिन्छ ।
उच्च माध्यमिक तहको शिक्षाको भार अहिले उच्च माध्यमिक शिक्षा परिषद्ले लिएको छ भने प्राविधिक, व्यावसायिक एवं सीपमूलक शिक्षाको दायित्व त्रिभुवन विश्वविद्यालयले लिएको छ । उच्च माध्यमिक तहलाई दस जोड दुई वा प्लस टु पनि भनिन्छ । प्लस टु अन्तर्गत विभिन्न पाँच संकाय छन् । मानविकी, व्यवस्थापन, विज्ञान, शिक्षा र कानुन । प्राविधिक भन्दा यी विषय पढ्न सजिलो, सुलभ र तुलनात्मकरुपमा कम खर्चिलो भएकाले बहुसंख्यक विद्यार्थीको रोजाइमा तिनै विषय तथा संकायहरु पर्छन् । प्लस टुमा साइन्स पढेर प्राविधिक विषय इन्जिनियरिङ र मेडिकलतिर जाने बाटो खुला हुन्छ, तर प्लस टुपछि पनि प्राविधिक विषय पढ्न कि त दह्रो आर्थिक स्रोतको जोहो गर्नुपर्ने हुन्छ, नभए हजारौं विद्यार्थीमाझ प्रतिस्पर्धा गरेर नाम निकाल्नुपर्ने हुन्छ । गरिब वा कमजोर आर्थिक अवस्था भएका तथा एसएलसीमा कम नम्बर ल्याएका विद्यार्थीहरुका लागि प्राविधिक विषय पढ्न सजिलो छैन । त्यसैले के पढ्ने भन्ने कुरा आफ्नै रोजाइ र आर्थिक अवस्थामा भर पर्ने कुरा हो ।
विज्ञान पढ्नको लागि राम्रो नम्बरका साथै कडा परिश्रम गर्न सक्ने क्षमता हुनुपर्छ । विज्ञान विषयको सम्भावना अलि धेरै नै हुन्छ । प्लसटुमा विज्ञान पढेर प्राविधिक विषय इन्जिनियरिङ र मेडिकलतिर जाने बाटो खुला हुन्छ । यस्तै वाणिज्य संकाय अध्ययन गर्दा बैंक तथा वित्तिय संस्थाहरुमा रोजगारीको सम्भावना बढ्छ भने मानविकी संकाय पढ्दा प्रशासनिक क्षेत्र र अन्य एजीओ तथा आइएनजीओहरुमा रोजगारीको सम्भावना रहन्छ । मानविकी संकायका पनि विभिन्न हाँगाहरु भएकाले यसको फरक–फक विषवस्तुमा विशेषज्ञता हासिल गर्न सकिन्छ । यसैगरी शिक्षक बन्ने रहर भएकाले शिक्षा पढ्न सकिन्छ ।
उच्च शिक्षाको अध्ययन गर्ने विद्यार्थीहरुले ध्यानदिनु पर्ने अर्को मूख्य कुरा कलेजको चयन पनि हो । विशेषरी राजधानीमा च्याउसरी खुलेका प्लटु कलेजहरुले शिक्षाका नाममा अस्वस्थ प्रतिस्पर्धा गरिरहेका छन् । यस्ता कलेजहरु गुणस्तरीय शिक्षा भन्दा पनि बढि नाफमूखि रहने गर्छन् । बिद्यार्थीलाई आकर्षित गर्न ठूला भवन र विदेशी नामधारी कलेजको विगविगि राजधानीका कलेजमा छन् । विदेशी नाम र शानको कलेज भन्दा पनि आफ्नो पढाईको रुची र आर्थिक हैसियत अनुसार कलेजको छनौट गर्नुपर्छ जसको लागि अरुको सहयोग लिन सकिन्छ ।
अहिले ग्रामिण क्षेत्रमा पनि उच्च माध्यामिक विद्यालयहरु खुलेका छन् । आफूले पढ्ने विषय र पारिवारिक हैसियत अनुसार गाउँकै विद्यालयमा पनि अध्ययन गर्न सकिन्छ ।
विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...