Skip to main content

संबिधान ऐन नियम

शिक्षासम्बन्धी आधारभूत ज्ञानको एकाई दशसँग सम्बन्धित(नेपालको संविधान र ऐन नियमहरू) मा आधारित केही वस्तुगत प्रश्नोत्तरहरू

1)नेपालको संविधान (2072)को कुन धारामा "नागरिकका कर्तव्य"सम्बन्धी व्यवस्था गरिएको छ?
-धारा 48
2)शिक्षा ऐन,2028 कहिलेदेखि लागू भएको हो?
-वि.सं. 2028/7/15
3)शिक्षक सेवा आयोगको अध्यक्ष नियूक्ति गर्ने सिफारिस समितिमा कसकसको प्रतिनिधित्व रहने व्यवस्था छ?
-  लोकसेवा आयोगका अध्यक्ष,त्रिविविका उपकुलपति र शिक्षा सचिव
4)शिक्षा ऐन,2028 अनुसार अनुमति भन्नाले के बुझिन्छ?
-अस्थायी स्वीकृति
5)जिल्ला शिक्षा समितिमा कति सदस्य रहने व्यवस्था छ?
-13 जना
6)जिल्ला शिक्षा कोषको लेखा परीक्षण कोबाट हुन्छ?
-महालेखा नियन्त्रणको कार्यालयबाट
7)विद्यार्थी आचारसंहितासम्बन्धी  व्यवस्था शिक्षा नियमावली,2059(संशोधनसहित)को नियम कतिमा गरिएको छ?
-नियम 134
8) शिक्षक सेवा आयोगको सचिव भई कसले कार्य गर्दछ?
-आयोगको वरिष्ठ कर्मचारी
9) नेपालको अन्तरिम संविधान,2063 मा उल्लेख नभएको तर नेपालको संविधान (2072) मा उल्लेख भएको मौलिक हक
-सम्मानपूर्वक बाँच्न पाउने हक
10)शिक्षा ऐन,2028 अनुसार कहिलेदेखि शिक्षक सेवा आयोगबाट अध्यापन अनुमतिपत्र नलिई कसैले पनि शिक्षक पदका लागि उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ?
-2058/10/25

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...