यहि भाद्र ११ गते शनिबार निम्न माध्यमिक बिद्यालयमा ९ बिषयका १११७ शिक्षक पदको लागि लिखित परीक्षा हुंदैछ । कुल ११६३४० जना उम्मेदबारले प्रतिस्पर्धा गर्दैछन् । प्रबेश पत्रमा, प्रश्न पत्रमा र उत्तरपुस्तिकामा दिएका निर्देशन राम्ररी नपढ्दा वा ध्यान नदिंदा, लेख्ने तरीका नजान्दा र समय ब्यबस्थापन गर्न नसक्दा धेरै परीक्षार्थी क्षमता हुंदा हुदै पनि परीक्षामा सफल हुन सकेका छैनन् । अतः तल उल्लेखित पक्षहरुमा ध्यान पु¥याउन सके परीक्षामा सफल हुन सहयोग पुग्नेछ ।
1. प्रबेश पत्रमा भएका निर्देशन राम्ररी पढ्ने र पालना गर्ने,
2. परीक्षा दिन जांदा चिन्ता नलिई ताजा भएर र सकारात्मक सोच बनाएर जाने,
3. परीक्षाको लागि चाहिने सामान प्रबेश पत्र, कलम आदि रुजु गरेर लिने, उस्तै मसि भएका दुइवटा कलम लाने,
4. परीक्षा केन्द्रमा आधा घण्टा अगाडि पुग्ने,
5. परीक्ष हल भित्र लान नहुने सामान जस्तै किताब, नोट कपी, मोबाईल आदि नलाने,
6. परीक्षा हल खुलेपछि आफ्नो सम्बिल नं खोजेर बसिहाल्ने,
7. उत्तरपुस्तिकामा भएका निर्देशन राम्ररी पढ्ने र सोहि अनुसार नाम थर लगायत बिबरण भर्ने,
8. प्रश्नपत्र बितरण गर्न अगाडि नै उत्तर पुस्तिकामा नाम रोल नं लगायतका बिबरण भरी सक्ने ताकि प्रश्न पत्र पाउनासाथ उत्तर लेख्न अलमलिन नपरोस्, तीन वटा उत्तर पुस्तिका हुने हुनाले बिबरण लेख्न समय लाग्छ,
9. उत्तरपुस्तिकामा चिनाउने खालका संकेत ( जस्तै ठेगाना, फोन नं. आदि )नलेख्ने, दुख देखाएर अनुरोध नगर्ने कपी रध्द हुन सक्छ,
10. बस्तुगत प्रश्नमा भएको संकेत नंबर उत्तर पुस्तिकामा अनिबार्यरुपमा लेख्ने, अन्यथा उत्तरपुस्तिका नै रध्द हुन्छ,
11. २० मिनेट पहिले नै बस्तुगत प्रश्न सकेमा तुरुन्त बिषयगत प्रश्न मागिहाल्ने,
12. बिगायगत प्रश्नको उत्तर लेख्नुभन्दा पहिला प्रश्नपत्रमा भएका निर्देशन ख्याल गर्ने,
13. थप गरेको कपीमा नाम थर नलेख्ने, मुल उत्तर पुस्तिकामा कपी थपगरेको जनाउने, कपी थप गरेपछि तुरुन्त स्ट्रिच गराउने,
14. बिषयगत परीक्षाको लागि खण्ड (क) र खण्ड (ख)को लागि अलग अलग उत्तरपुस्तिका हुन्छ, खण्ड (क) र खण्ड (ख) का उत्तर सम्बन्धित खण्डमा लेख्नुपर्छ । खण्ड (क) का प्रश्नको उत्तर खण्ड (ख) मा र खण्ड (ख) का प्रश्नका उत्तर खण्ड (क) मा लेखेमा उक्त उत्तर परीक्षण हुंदैन,
15. प्रश्न नं गलत लेखि उत्तर लेखेमा वा प्रश्न नं नै नलेखि उत्तर लेखेमा उक्त उत्तर नै परीक्षण हुंदैन,
16. मसी परिबर्तन गरेको भए निरीक्षकबाट अनिबार्यरुपमा प्रमाणित गराउने अन्यथा उत्तरपुस्तिकामा संका गर्ने ठाउं हुन्छ,
17. उत्तरपुस्तिका र हाजिरी फाराममा समाबेशी समुह अनिबार्यरुपमा लेख्ने,
18. गणित, बिज्ञान र कम्प्यूटरका प्रश्न अंग्रेजीमा भए पनि उत्तर नेपाली वा अंग्रेजी वा दुबै भाषामा लेख्न सकिन्छ ।
विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...