Skip to main content

केहि उपयोगी टिप्स


डरलाई कसरि कम गर्ने ?

प्रत्येक मानिसमा केही न केही क्षमता लुकेको हुन्छ । त्यो क्षमता बाहिर ल्याउन सकियो भने मात्र सम्बन्धित क्षेत्रमा अगाडी बढेर सफलता हासिल गर्न सकिन्छ । तर त्यो क्षमतालाई बाहिर ल्याउन डराउने, असफल भइने डर, आफूलाई अरुको सामु प्रस्तुत गर्न लाग्ने डर आदि डरले गर्दा कैयौं क्षमतावान मानिसहरु गुमनाम भैरहेका हुन्छन् ।
– अपरिचित मानिसहरुसंग बोल्ने र परिचय गर्न अगाडी सर्ने बानीको विकास गर्नुहोस् ।
– ऐना अगाडी उभिएर आफ्नो कुरा राख्ने अभ्यास गर्नुहोस् ।
– काम सुरु गर्दा सुरुवातमा सबै सिकारु नै हुन्छन् भन्ने कुरा सम्झनुहोस् ।
– आफ्ना दैनिक योजनाहरु बनाउने गर्नुहोस् र आफ्नो प्रगति विवरण बेला-बेलामा मूल्यांकन गर्नुहोस् ।
– गल्तीबाट नडराउनुहोस् । सबै मानिसले कुनै न कुनै समय गल्ती गर्छन् । बरु गल्तीहरुबाट सिक्ने प्रयास गर्नुहोस्।
– समाचार र समाजमा घटेका घटनाबारे अपडेट भैराख्नुहोस् ।
– नयाँ कुरा सिक्ने चाहना राख्नुहोस् ।
– आफूसंग भएको क्षमतासंग सम्बन्धित मानिसहरु र उनीहरुले गरेका कामबारे जानकारी लिईराख्नुहोस् ।
– जतिसक्दो धेरै कार्यक्रमहरुमा सहभागी हुने प्रयास गर्नुहोस् ।
– छलफल तथा अन्तरक्रियामा सक्रिय सहभागिता जनाउनुहोस् ।
– किताबहरु पढ्ने बानीको विकास गर्नुहोस् ।
– आफ्नो हरेक काम सकेसम्म आफै गर्ने प्रयास गर्नुहोस् ।
– सामाजिक संजाल पनि तपाईंको क्षमता प्रस्तुत गर्न सुरुवातको लागि राम्रो ठाउँ बन्न सक्छ ।
– आफ्नो प्रतिभालाई कसरि प्रस्तुत गर्ने भन्ने बारे युट्युबमा भिडियो हेरेर पनि सिक्न सक्नुहुन्छ ।
काममा असफलताको सम्भावनालाई कम गर्ने उपाय

कुनै पनि काम आफूले सोचेको अनुसार नहुनुले मन खिन्न हुन्छ, मान्छे टुट्छ र डिप्रेसनमा समेत जान सक्छ । तर काम गर्दा केही कुराहरुमा ध्यान पुर्याउनुले आफ्नो काम असफल हुनुबाट केही हदसम्म जोगिन सकिन्छ :
– काम गर्दा गर्दै कहिल्यै पनि त्यसलाई बिचमा छोड्नु हुँदैन ।
– काम गर्दै गर्दा उत्साहमा विस्तारै कमि आउंदै जान्छ, त्यो उत्साहलाई जोगाइराख्न आफ्नो काममा नयाँ-नयाँ प्रयोग अपनाउनुपर्छ ।
– एउटा तरिका अपनाउँदा काम सफल भएन भने आफ्नो उद्देश्यलाई होईन की काम गर्ने त्यो तरिकालाई छोडेर नयाँ तरिका अपनाउनुपर्छ ।
– आफ्नो विगतलाई बिर्सेर अगाडी बढ्नुपर्छ । तर विगतले सिकाएका पाठहरुलाई सधै सम्झिनुपर्छ ।
– नयाँ-नयाँ कुरा सिक्ने बानीको विकास गर्नुपर्छ ।
– काम गर्दा सधै अनुशासनमा रहेर काम गर्नुपर्छ ।
– आत्मविश्वासलाई जोगाईरख्नुपर्छ।
– सधै काममा लाग्नुको साटो आफ्नो लागि केहि समय छुट्टाउनु राम्रो हुन्छ । यसले आफूलाई फ्रेस बनाउछ र सिर्जनात्मक क्षमतामा वृद्धि गर्छ।
– आलोचनालाई सुन्नुपर्छ तर त्यसले निराश हुने वा त्यसलाई वास्ता नगर्ने भन्दापनि त्यसलाई विश्लेषण गरेर आफू त्यहि अनुसार अगाडी बढ्नुपर्छ ।

आफूमा सुधार ल्याउनको लागि अपनाउन सकिने टिप्स

संसार बदल्नुछ भने पहिले आफैबाट सुरु गर्नुपर्छ । आफ्नो लक्ष्यमा पुग्नु छ भने आफूलाई दिन प्रतिदिन सुधार गर्दै हिजो भन्दा आज अझ राम्रो व्यक्ति बन्न हरदम प्रयास गर्नुपर्छ । यसको लागि के गर्न सकिन्छ ?
– लक्ष्य निर्धारण गर्नुहोस् ।
– ठूलो लक्ष्यभित्र साना-साना लक्ष्यहरु पनि राख्नुहोस् ।
– साना लक्ष्यहरु पूरा भए/नभएको विवरण राख्नुहोस् ।
– आफ्नो प्रगति विवरण मूल्यांकन गर्ने बानी बसाल्नुहोस् ।
– आफूलाई अरुसंग नदाज्नुहोस् । तपाईं जस्तो हुनुहुन्छ, विशेष हुनुहुन्छ। आफूलाई अंगाल्नुहोस् ।
– प्रतिस्पर्धा अरुसंग होइन, हिजोको आफूसंग गर्नुहोस् ।
– आफ्नो काम सकेसम्म आफै गर्ने गर्नुहोस् ।
– अरुलाई सहयोग गर्ने बानीको विकास गर्नुहोस् ।
– आफ्नो नैतिक आचरणलाई सधै राम्रो बनाउने प्रयास गर्नुहोस् ।
– प्रेरणा दिनेखालका विषयवस्तु तथा किताब पढ्ने गर्नुहोस् ।
– नकारात्मक सोंच राख्ने मानिसहरुसंगको दूरी बढाउनुहोस् ।
– असल सोंच राख्ने मानिसहरुको संगत गर्नुहोस् ।
– प्रत्येक दिन केही नयाँ कुरा सिक्न उत्सुक रहनुहोस् ।
– वैचारिक बहसमा सहभागी बन्नुहोस् ।
– सिकेको वा देखेको नयाँ कुरा, आफ्ना विचार र भावना लेख्ने गर्नुहोस् ।
– आफ्नो ख्याल राख्ने, व्यक्तित्वमा निखारता ल्याउने प्रयास गर्नुहोस् ।
– मेडिटेसन वा शारीरिक अभ्यास गर्नुहोस् ।
– अरुको काम तथा विचारलाई पनि ग्रहण गर्ने/ सुन्ने. विश्लेषण गर्ने र सकारात्मक आलोचना गर्ने गर्नुहोस्।

तनाव कम गर्न सहयोगी टिप्स

निरन्तरको कामले हामी एकदम थकित बन्छौं र त्यो शारीरिक मात्र नभई मानसिक थकान पनि हुन्छ । त्यसमाथी काम साथै हाम्रो वातावरणले विभिन्न मानसिक दबावहरु सिर्जना हुन्छन् । त्यसैले हाम्रो दिमाग तनावपूर्ण रहन्छ । यसले हाम्रो सिर्जनात्मक क्षमतालाई हानी गर्नुका साथै विभिन्न शारीरिक तथा मानसिक रोग समेत निम्त्याउन सक्छ । त्यसैले केही तरिकाहरु अपनाएर हामीले आफ्नो दिमागको तनावलाई कम गर्ने प्रयास गर्नुपर्छ ।
– हरेक दिन बिहान योगा अथवा शारीरिक अभ्यास गर्नुहोस् । यसले शरीरलाई मात्र नभएर दिमागलाई पनि फुर्तिलो बनाइदिन्छ ।
– संगीत सुन्ने गर्नुहोस् । आफै गाउने, नाच्ने, बजाउने मध्ये केही कला समेत सिक्न सकिन्छ ।
– सुत्ने समयमा मस्त निदाउनुहोस् र सुत्नको लागि कम्तिमा पनि छ घण्टा छुट्टाउनुहोस् ।
– हप्तामा एकदिन आफ्नो सधैको दिनचर्याबाट बिदा लिनुहोस् ।
– आफ्नो काम गर्ने तरिकामा फरकपन ल्याउने कोसिस गर्नुहोस् ।
– मुस्कुराउन सिक्नुहोस् । तपाईंको मुस्कानले तपाईं एक जनाको मात्र होइन तपाईंलाई देख्नेहरुको समेत तनाव कम गरिदिन सक्छ ।
– आफ्नो हेरचाह गर्नुहोस् । यसले तपाईंलाई आफूप्रति माया गर्न र आफूलाई आत्मसात गर्न सिकाउँछ ।
– नकारात्मक मानिसहरुको संगतबाट टाढा रहनुहोस् ।
– खानामा स्वस्थबर्द्धक र हलुका खाना रोज्नुहोस् ।
– विगतका कुराहरुलाई बिर्सेर वर्तमानमा रमाउन सिक्नुहोस् ।
– राम्रा किताबहरु पढ्ने तथा आफ्ना विचार र भावनालाई लेख्ने बानीको विकास गर्नुहोस् ।

विद्यार्थीको पढाइको लागि सहयोगी टिप्स

विद्यार्थी जीवन आफ्नो लक्ष्य निर्धारण गरेर त्यसलाई पछ्याउनको लागी हिंड्ने महत्वपूर्ण बाटो हो । राम्रो पढाइ तथा गहन अध्ययनले लक्ष्यलाई भेट्न सहज हुन्छ ।
यहाँ विद्यार्थीहरुलाई पढाइमा सहयोगी हुन सक्ने केही सुझाव रखिएको छ :
१.आफ्नो लक्ष्य र त्यो लक्ष्य प्राप्तिको लागि आफ्नो प्राथमिकता छुट्टाउनुहोस् ।
२. पढ्न बस्दा एकपटकमा ९० मिनेट भन्दा बढी समय नपढ़नुहोस् ।
३. शारीरिक अभ्यास गर्ने गर्नुहोस् । यसले दिमागलाई पनि फुर्तिलो बनाउँछ ।
४. इन्टरनेटलाई सामाजिक संजालको प्रयोग भन्दा आफ्ना लागि उपयुक्त विषयवस्तुको ज्ञान लिने माध्यम बनाउनुहोस् ।
५. पढाइको बीचमा दिमागलाई रिफ्रेस गर्न मनोरन्जनात्मक क्रियाकलापको लागि समय छुट्टाउनुहोस् ।
६. नोटहरु व्यवस्थित र सुरक्षित तरिकाले राख्नुहोस् ।
७. समय मिल्दा आफ्ना पाठ्यक्रमका भन्दा बाहिरका किताबहरु पढ्ने गर्नुहोस्।
८. किताबको सबै कुरा रट्ने नभई महत्त्वपूर्ण कुराहरुमा विशेष ध्यान दिएर पढ्ने गर्नुहोस् ।
९. आफूले नबुझेको कुरा सोध्ने बानी बसाल्नुहोस् ।
१०. सकारात्मक सोंच राख्ने साथीहरुको संगत गर्नुहोस् ।
११. शान्त वातावरणमा, आवाज निकालेर पढ्ने र आफूले बुझेको कुरालाई व्याख्या गर्ने गर्नुहोस् ।
१२. परिक्षाको लागि होइन की, आफ्नो जीवनको लक्ष्य प्राप्तीको लागि पढ्दैछु भन्ने सोंच्नुहोस् ।

बालकलाई तपाईं के सिकाउँदै हुनुहुन्छ ?

तपाईंलाई हेर्ने बालआँखा
बालकका आँखाहरुले, दिनरात तपाईंलाई हेरिरहन्छन् ,
तपाईंका आवाजलाई, उसका कानले सुनिरहन्छन्,
जे तपाईं गर्नुहुन्छ, साना हात त्यही गर्न उत्साही हुन्छन्
सानो त्यो बालक, सपना देखिरहन्छ,
एकदिन तपाईंजस्तै हुने,
किनकि तपाईं उसको आदर्श हुनुहुन्छ,
उसको दृष्टिमा तपाईं,
बुद्धिमानभन्दा पनि बुद्धिमान हुनुहुन्छ ,
तपाईंको विषय र बारेमा,
उसको दिमागमा कुनै पनि शंका उठ्दैन,
ऊ आदरभावले, तपाईंमा विश्वास गर्छ
तपाईंका भनाइ र गराईलाई ऊ समात्छ,
तपाईंअनुसार ऊ भन्छ अनि गर्छ,
अब हुर्किएपछि, ऊ तपाईंजस्तै बन्छ,
त्यो कोमल संवेदनशील बालक
तपाईं सधै सही हुनुहुन्छ भनेर सोंच्छ,
र, त उसका आँखा सधै खुल्ला रहन्छन्,
र, त ऊ दिनरात हेरिरहन्छ,
जो उमेरको एउटा मुकामपछि,
तपाईं जस्तै बन्न चाहन्छ,
पर्खिरहेको त्यो सानो बालकको लागि,
प्रत्येक दिन, तपाईं आफूले गर्ने हरेक काममा,
उदाहरणीय बाटो बनाइरहनुभएको हुन्छ
— द मोरल कम्पास

सकारात्मक दृष्टिकोणको विकास कसरि गर्ने ?

सकारात्मक दृष्टिकोणले मानिसको जीवनमा खुशीयाली ल्याउँछ । यसले व्यक्ति स्वयंलाई मात्र नभई त्यो व्यक्ति रहने वातावरणमा पनि सकारात्मकता छाउँछ ।
सकारात्मक दृष्टिकोणको विकास कसरि गर्ने ?
१. मुस्कुराउन सिक्नुहोस्। मुस्कानले तपाईंको व्यक्तित्वमा निखार ल्याउनुको साथै वातावरणमा उर्जा थप्छ।
२. अरुले गरेको काम र अरुका विचारलाई सकारात्मक तरिकाले लिने बानी बसाल्नुहोस् ।
३. अरुलाई प्रोत्साहन गर्नुहोस् ।
४. ‘धन्यवाद’ भन्ने र आफ्नो काम तथा बोलीले अरुलाई असर परेमा माफी माग्ने बानी बनाउनुहोस् ।
५. सकारात्मक आत्मसम्मान निर्माण गर्नुहोस् ।
६. आफ्नो कामलाई सक्नैपर्ने बाध्यता भन्दा पनि अभिरुचिको रुपमा विकास गर्नुहोस्।
७. सिर्जनशील बन्नुहोस् ।
८. कामलाई तुरुन्त गर्ने बानी बसाल्नुहोस् ।
९. सधै केही नयाँ कुरा सिक्न लालायित बन्नुहोस् ।
१०. असल कामबाटै दिनको सुरुवात गर्ने प्रयास गर्नुहोस् ।
११. नकारात्मक प्रभावबाट बच्नुहोस् ।

यी बानीको विकास गरि पैसाको बचत गरौँ

पैसा सबैथोक होइन । तर, आफ्नो दैनिक जीवन निर्वाह गर्न र आफ्ना सपनाहरुलाई आकार दिन पैसाको आवश्यकता पर्छ । आफूसंग भएको बेलामा खर्च गर्ने र समय आउँदा टर्छ भन्ने बानीले हामीलाई आवश्यक परेको बेलामा आर्थिक अभावमा डुब्छौं । त्यसैले यहाँ पैसा बचत गर्ने बानीको विकासको लागि केही सामान्य उपायहरु उल्लेख गरिएको छ :
– सामान किनमेल गर्न जानुअगाडी आफूलाई आवश्यक रहेका कुराहरुको लिस्ट बनाउनुहोस् ।
– बजारमा किनमेल गर्दा पहिला आफूलाई आवश्यक परेका कुराहरु मात्र खरिद गर्नुहोस् । पैसा बच्यो भने मात्र ती बाहेकका कुरा किन्नेबारे सोच्नुहोस् ।
– घरमा खुत्रुके राख्नुहोस् ।
– सामानको भाउ घटाएर किन्नुभो भने त्यो छुट पाएको पैसा खुत्रुकेमा राख्नुहोस् ।
– दक्षिणा आउने पैसा खुत्रुकेमा जम्मा गर्नुहोस् ।
– एक रुपैयाँको सिक्काको महत्व पनि धेरै हुन्छ । सिक्का पैसाहरु खुत्रुकेमा राख्ने गर्नुहोस् ।
– कसैलाई उपहार दिंदा पुस्तक , कलम उपहार दिनुहोस् । यसले तपाईंको पैसा पनि केही बच्छ भने पठन संस्कृतिको पनि विकास हुन्छ ।
– बजारको हल्लाको पछाडी हिड्नुभन्दा त्यो सामानबारे राम्ररि जानकारी लिएर मात्र खरिद गर्नुहोस् ।
– ‘सेल’ मा राखेको सामान वा सस्तोमा सामान पाइयो भन्दैमा तत्काल आवश्यक नै नभएको सामान खरिद नगर्नुहोस् ।
– आफ्नो आम्दानि र खर्चको लेखाजोखा गर्ने बानी बसाल्नुहोस् ।
– यदि तपाईं विद्यार्थी हुनुहुन्छ भने पनि आफ्नो घरको आम्दानिको स्रोत, खर्च, आर्थिक व्यवस्थापन आदिको बारेमा जानकार रहनुहोस् ।
– धुम्रपान र मद्दपान गर्न छोड्नुहोस् ।
– बाहिरको खाना र जंक फुड छोडेर घरको खाना खाने गर्नुहोस् ।
– सार्वजनिक सवारी साधनको प्रयोग गर्नुहोस् ।

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...