गजल
दिदी भाइ टाढा टाढा पुगी टिका लाइने भो ।।
एक आपसमा सगुन बाडिं मीठो खाइने भो ।।
जता ततै ढकमक्क फूलहरु फुलेका छन ।
झिलिमिली बत्ती बाली घरहरु सजाइने भो ।।
बाहरै मास लुकी तास खेल्ने बानी परेकै छ ।
यसैको निहु पारी दिउसै खेल्न पाइने भो ।।
सोम रस पान गरी त्यसकै तालमा रमाउंदै ।
रातभर जाग्राम बसी देउसी भैलो गाइने भो ।।
लौन सरकार पूरा गर्दे यत्ति एउटा गुनासो छ ।
तिहारको भोलि पल्ट एउटा बिदा चाहिने भो ।।