Skip to main content

गजल

गजल

अहो! कस्तो मिलेका हुन प्रचण्ड र ओलीहरु ।
कति छिट्टै फेरिएछन यी दुईका ती बोलीहरु ।।

दुई तिहाई ल्याई राज गर्ने दाबी आएका छन  ।
आपसमै शंका गर्छन् गठबन्धनका टोलीहरु ।।

पुजिबाद बिकास गर्दै समाजबादको मार्गचित्र  ।
केको निम्ति बगेका हुन रगतका ती खोलीहरु ।।

कहिले हो निकाली दिने भन लाल कमरेडहरु ।
घाइतेका शरीरभित्र अड्किएका ती गोलीहरु ।।

उस्तै छन् गाउँ बस्तीहरु गरिबी झन उस्तै छ  ।
चुहिने छानो फाटेका ती गुन्यू अनि चोलीहरु ।।

नाताबाद कृपाबाद घुसखोरीको बिगबिगी छ ।
अझै भरिएका छैनन् भ्रष्टाचारका झोलीहरु ।।

आश्वासन सबैले दिन्छन् कर्म गरी देखाउनु ।
होइन भने अन्धकार हुन्छन् धेरै भोलिहरु ।।

२०७४/०८/०१