Skip to main content

कविता

साह्रै राम्रो लागेर Copy गरिएको)
प्रिय मेरा गणितका गुरू!
मैले घोकेका साध्य र ज्यामितीहरू
आयतन र परिमितीहरू
अनि ती बिजगणितका डरलाग्दा
'ए' र 'बि' का सूत्रहरू
खै कहाँ काम लाग्छन् ?
जो बिराउदा कैयौ चोट पाएका थिए यी हातले
कैयौ मुर्गा बनाइएका थिए चौरमा
कैयौ पटक उभ्याइएको थियो डेस्कमाथि
र जबर्जस्ती जान्ने बनाइएको थियो मलाई,
मानौकी मेरो जिन्दगी अब फलिफापको बाटोमा अगाडि लाग्यो
तर अचेल मलाई हजारबार जिन्दगीले फेल घोषणा गर्छ,
हिसाब मिल्दै मिल्दैन जिन्दगीको
गुरू कुन सुत्र प्रयोग गरूँ म?
बाको रसिला आखाको आयतन कसरी निकाल्नू?
आमाका हातको ठेलाको घनत्व कसरी नाप्नू?
प्यारीको मेरो अभाव
र छोराको भोकको क्षेत्रफल निकाल्ने सूत्र के हो?
हजुरआमाको लौरी कुन सूत्रले अड्याउने?
माइनस × माइनस = प्लस हुने सुत्रमा
दु:ख × दु:ख = सुख हुन नसकेर फेरि दुख नै हुनु पर्ने
आशु × आशु = हासो नभएर पुन: आशु नै हुनु पर्ने
यो कुन नियम हो गुरु ?
जो मलाई सिकाउदै सिकाइएन।
ब्ल्याकबोर्डको त्रिभुज र चतुर्भुज खुब नापियो
भित्री कोण र बाहिरी कोण नापियो
डिग्री डिग्रीमा नापियो
एन्गल एन्गलमा नापियो
तर जिन्दगी त हजारौ भुजाले बन्दो रैछ
न नापिन्छ न देखिन्छ कुनै दृश्यमा
न लेखिन्छ न छापिन्छ कुनै पानामा
भित्री कोण र बाहिरी कोण मात्र कहाँ?
रहश्य र जालझेलका करोडौ कोण हुदा रैछन्
घात र प्रतिघातका अनगिन्ती एंगल हुदा रैछन्
जसलाई नजरन्दाज सम्म गराइएन कि
तिमिले यसरी पनि बाच्नु पर्छ भनी।
सिंगो परिवार बन्धकीमा राखेर
हरियो पासपोर्ट बोकेर परदेश हिडेको
लाहुरेको गरूंगो पाइलाको भार कुन ग्रामले नाप्छ?
त्यो बिछोडिदाको मुटुको गति कुन मिटरले नाप्छ?
ती झरेका आशु कुन लिटरले नाप्छ?
त्यो चोटको गहिराई कुन एकाईले नाप्छ?
गुरू यसका कुनै सूत्र छैनन्?
प्रिय मेरा गणितका गुरू!
मलाई माफ गर्नुहोस् है
तपाईको गणितमा जसोतसो 'उत्तिर्ण' भएको म
तर जिन्दगीको गणितमा
लज्जास्पद तरिकाले 'उत्तरित' पनि हुन नसकेर
'लत्तारित' भैरहेको छु।
प्रिय मेरा गणितका गुरू!
मिल्छ भने मेरा भाइ अनि बहिनीहरूलाई
गणितसँग जिन्दगीको हिसाब पनि
थोरै थोरै जति सक्नुहुन्छ त्यति सिकाइदिनुस न है !!!
-------

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...

सामाजिक अध्ययनको नमूना प्रश्न पत्र तह माबि

नमुना प्रश्नपत्र विषय : सामाजिक अध्ययन तह : माध्यमिक समूह ख विषयगत उत्तर दिनुहोस् । ८ × ५ = ४० १.सामाजिक अध्ययनलाई किन वहुविधाको रुपमा लिइएको छ ? माध्यमिक तहमा सामाजिक विषय अ...