Skip to main content

कविता

आकाशमा बेगसरी 
उड्ने ती चरीहरू 
जो आपसमा 
कहिल्यै ठोक्किँ दैनन् 
हिमाल र पहाड देखि 
बग्ने ती नदीहरू 
जो आफूखुशी 
कहिल्यै रोक्की दैनन ।

ठोकिन्छन् केबल 
मान्छे नाना थरीहरू 
जो ठोक्किन कै लागि 
साँधीएका छन् 
रोकिन्छन् केवल तिनै 
ताल र पोखरीहरू 
जो रोकिनकै लागि 
बाँध बाँधिएका छन् ।

ठोक्कि नु  र रोकिनुको 
यो कस्तो नियति 
जो लुकामारी गर्दै 
अघि बढिरहेका छन्  
अहँ कहिल्यै रोकिँदैन 
त्यो समयको गति 
पछ्याउन नसक्ने 
आफै लडिरहेका छन् ।

चरी झै उड्नु
नदी झै बग्नु
श्रम गरी खानु
कसैलाई नठ गनू
समयलाई चिन्नु
आफ्नै बाटो हिन्नु