Skip to main content

गजल

सायद अबको बाटो !!!

हजुरको यश कृति सारा दुनियाभर छाएको छ ।
हरेक अंग प्रत्यंग बाट मीठो सुबास आएको छ ।।

तपाईं कै प्रशंसा मा नाचिरहेछन् डाँफे मयूरहरु ।
चिरबिर गर्ने चरीले नि हजुर कै गीत गाएको छ ।।

चाहिँदैन अरु कुनै चौरासी व्यञ्जनका परिकार ।
हजुरको मीठो वचनले भोको नि अघाएको छ ।।

कहीँ  कतै छैन अन्धकार जताततै झलमल छ ।
हजुरकै कृपाले क्षितिजमा घामजुन उदाएको छ ।।

केही पट मूर्खहरुले निस्बस्त्र पनि भन्न सक्छन् ।
अहो! महाराज हजुरलाई गज्जब सुहाएको छ ।।
२०७७/०२/२८/०३:०९pm