Skip to main content

Posts

#Deupur ,#vamarkot #Parbat by Bhumi Raj Sharma

समतामूलक समाज निर्माणको आवश्यकता र प्रयासहरु

  समतामूलक समाज समतामूलक समाज त्यस्तो समाज हो जसमा सबै नागरिकलाई समान पहुँचको व्यवस्था हुन्छ भने जात, जाति, लिङ्ग, वर्ण, आर्थिक अवस्था, शारीरिक अवस्था, सामाजिक तथा सांस्कृतिक अवस्थाका आधारमा भेदभाव गरिँदैन । विविध कारणले वर्षौँदेखि पछाडि परेका र पारिएका सबै नागरिकलाई समावेशी र सामाजिक न्यायको सिद्धान्तअनुसार विकास र राज्यप्रणालीको मूल धारमा समाहित गरिन्छ । जसअन्तर्गत सकारात्मक विभेद, समानुपातिक प्रतिनिधित्व, आरक्षण र कोटाका माध्यमबाट पहुँच, सशक्तीकरण एवम् मूल प्रवाहीकरण गर्ने प्रयत्न गरिन्छ । समाजमा भएको विविधतालाई अवसरको रूपमा अङ्गीकार गरी कसैलाई पनि वञ्चितीकरण नहुने अवस्थाको सिर्जना गरिन्छ । समतामूलक समाजमा समाज र राज्य सबैको हो, यहाँ सबै समान छन् भन्ने भावनाको विकास गरिन्छ । हुनेखाने र हुँदा खानेबिचको खाडलको अन्त्य गरी सबैलाई सम्मानपूर्वक बाँच्ने वातावरण तयार पारिन्छ । सबैले आफ्नो इज्जत प्रतिष्ठा र आर्थिक एवम् सामाजिक विकासमा समाहित हुने वातावरण तयार गरिन्छ । विकासको प्रतिफल सबैले पाउने सुनिश्चितता गरिन्छ । कमजोर वर्गलाई विशेष सुविधा दिएर मूल धारमा ल्याउने प्रयास गरिन्छ । समतामू...

लागू औषध दुरव्यसन लेख

लागुऔषध दुव्र्यसन, आजको ज्वलन्त समस्या     भूमिराज शर्मा असार १२ अर्थात जुन २६ तारिखमा पर्ने लागु औषध व्यापार विरुद्धको दिवस विश्वभर मनाइयो । विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुले विविध कार्यक्रमहरुको आयोजना गरी साताव्यापी रुपमा यो दिवस मनाए । औपचारिक वा अनौपचारिक रुपमा जे जस्ता कार्यक्रमहरु मनाइएता पनि ती कार्यक्रहरु खासै प्रभावकारी बन्न सकेनन् । जति दिवस मनाइएता पनि न त लागु औषधको व्यापार घटेको छ न त यसका प्रयोग कर्ताहरु नै । बरु उल्टै दिनानुदिन लागु औषधको व्यापार फस्टाएको छ । यसका प्रयोग कर्ताहरु पनि दिन दुई गुना , रात चौगुना बढी रहेका छन् । कुनै पनि सभ्य समाजको लागि पक्कै पनि यो गतिलो संकेत होइन । यसले भोलिका दिनहरुमा के कस्तो परिणाम ल्याउला भन्ने तर्फ हामी सचेत बन्न सकेका छैनौ ।  हिजो आज हामीले विद्यालय एवं समाजमा लागुऔषध दुव्र्यसनीमा लागेका बालबालिकाहरु र त्यसले परिवार र समाजमा पारेका नकारात्मक प्रभावहरुका बारेमा पर्याप्त देखिरहेका र सुनिरहेका हुन्छौँ । दुव्र्यसनीले बालबालिका स्वयम्को विकासमा प्रभाव त पार्दछ नै यसले परिवार र समाजलाई पनि आहत बनाइरहेको हुन...

आत्म हत्या लेख

किन बढ्दैछ आत्महत्याको श्रृङ्खला ?    भूमिराज शर्मा              १. विषय प्रवेश ः  २०६८ सालको एसएलसी परीक्षाको नतीजाले आधा भन्दा बढी परीक्षार्थीहरुलाई निराश तुल्याइदियो । मन र मुटु दरो पार्न सक्नेहरुले त जेनतेन चित्त बुझाएर बसे । पुरकमा वा अर्को बर्षको एक्जाम्टेडमा पास गर्ने अथवा एसएलसी परीक्षा बाटै सन्यास लिने निर्णय गरे । त्यसो गर्न नसक्ने कमजोर मनहरु मध्येका आधा दर्जन भन्दा बढी असफल बिद्यार्थीहरुले भने आत्म हत्याको बाटो रोजे । त्यसमा पनि आत्महत्या गर्ने अधिकांश विद्यार्थीहरु छात्रा थिए । यस बर्षको एसएलसी कसैको लागि सुखद बन्यो त कसैका लागि पीडादायी बन्न पुग्यो । शैक्षिक असफलता त केवल आत्महत्याको एउटा कारण मात्र हो । बालबालिकाहरुले आत्महत्याकै बाटो रोज्नुका पछाडि धेरै कारणहरु छन् । ती कारणहरुको समयमै पहिचान गरी समाधानको बाटोमा अगाडि बढ्नु अहिलेको प्रमुख आवश्यकता बनिसकेको छ । २. के हो त आत्महत्या ? सामान्य भाषामा भन्नुपर्दा आफुलाई मुल्यहीन, सहारा विहिन ठान्दै एवं जीवन जिउने विकल्प नदेखि भावनात्मक आवेगमा आएर व्यक्ति स्वयंले आफ्नो जीवनको अ...

गजल

गजल  असारे यो झरीसँगै रुझ्नुको मज्जा बेग्लै । प्रकृतिका रुप सँगै जुध्नुको मज्जा बेग्लै ।। यता म भिझ्दा उता उन्लाई जाडो भयो रे । सुटुक्क त्यो इशारा बुझ्नुको मज्जा बेग्लै ।। धाउनु छैन बर माग्दै मठ अनि मन्दिरहरु । दिलको देउता भनि पुज्नुको मज्जा बेग्लै ।। ख्याल ख्यालमै ठाक्कठुक्क पर्न थालेपछि । घुर्क्याउंदै माइततिर कुद्नुको मज्जा बेग्लै ।। सुख दुःख, हाँसो खुशी पीर व्यथा सँगालेर । आखिरीमा गन्तव्यमा पुग्नुको मज्जा बेग्लै ।। २०७४/०३/१४

PHENOMENOLOGY[संवृत्तिशास्त्र] PART-1 | HUSSERL PHILOSOPHY || CONTEMPORA...

गजल

गजल  टेको लाको बूकुरो त्यो ढल्ने हो कि सानु । अभावले चिसो चुलो नबल्ने हो कि सानु ।। दिन रात दुःख गरी पसिना हाम्ले बगाकै हो । हाम्रो खेतमा उसकै बाली फल्ने हो कि सानु ।। विभेदका पर्खालहरू भत्काई दिन्छु भन्थ्यो । फेरि पनि उसले हाम्लाई छल्ने हो कि सानु ।। आश्वासनको भर पर्दा जीवन अन्धकार भो । अब हाम्ले आफ्नो सोच बदल्ने हो कि सानु ।। आऊ सँगै अँध्यारोमा एउटा द्वीप जलाउँदै । अब हामी आफ्नै सुरले चल्ने हो कि सानु ।। २०७७/०३/०२/६:३३am

२०७६ सालको एसईई सञ्चालन नगर्ने प्रस्ताव मन्त्रिपरिषदमा

२०७६ सालको एसईई सञ्चालन नगर्ने प्रस्ताव मन्त्रिपरिषदमा जेष्ठ २८, २०७७  २०७६ सालको प्रवेशिका परीक्षा (एसईई) सञ्चालन नगर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको छ । मन्त्रिपरिषद्को बैठक अहिले पनि जारी छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज विहानदेखि नै यस बारेमा बैठक थियो । बैठकले सो परीक्षा सञ्चालन नगर्ने र सोही व्यवस्थाका लागि निर्णयार्थ मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको थियो । मन्त्रालय सूत्रका अनुसार विद्यालयले नै गर्ने मूल्याङ्कनलाई मान्यता दिइनेछ । विद्यालयहरुले एसईईभन्दा अगाडि सेन्टअपका नामले तयारी परीक्षा लिइसकेका छन् । मन्त्रालय सूत्रका अनुसार विद्यालयले गरेको मूल्याङ्कनलाई आधार मानेर एसईईको प्रमाणपत्र जारी गर्न मापदण्ड बनाइनेछ । त्यसलाई राजपत्रमा प्रकाशित गरेर कार्यान्वयनमा लगिनेछ । राष्ट्रिय परीक्षा बोर्डले नै त्यसरी जारी गरिएका प्रमाणपत्रलाई प्रमाणीकरण गर्नेछ । कक्षा ११ र १२ का हकमा मन्त्रालयले पछि निर्णय गर्ने जनाइएको छ । सूत्रका अनुसार कक्षा ११ को परीक्षा नलिने सोचमा मन्त्रालय पुगेको छ भने कक्षा १२ को परीक्षा उपयुक्त समयमा सञ्चालन गरि...

गजल

सायद अबको बाटो !!! हजुरको यश कृति सारा दुनियाभर छाएको छ । हरेक अंग प्रत्यंग बाट मीठो सुबास आएको छ ।। तपाईं कै प्रशंसा मा नाचिरहेछन् डाँफे मयूरहरु । चिरबिर गर्ने चरीले नि हजुर कै गीत गाएको छ ।। चाहिँदैन अरु कुनै चौरासी व्यञ्जनका परिकार । हजुरको मीठो वचनले भोको नि अघाएको छ ।। कहीँ  कतै छैन अन्धकार जताततै झलमल छ । हजुरकै कृपाले क्षितिजमा घामजुन उदाएको छ ।। केही पट मूर्खहरुले निस्बस्त्र पनि भन्न सक्छन् । अहो! महाराज हजुरलाई गज्जब सुहाएको छ ।। २०७७/०२/२८/०३:०९pm

२०७७/०७८ को बजेटमा शिक्षा

सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७६ अर्ब ४३ करोडको बजेट ल्याएको छ । जसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्रम कार्यान्वयन गर्न १ खर्ब ७१ अर्ब ७१ करोड विनियोजन गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बिहीबार प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७/०७८ को  बजेटमा शिक्षा: १. मानव पूँजी निमार्ण, सामाजिक रूपान्तरण र आर्थिक विकाससहितको आधुनिक समाज निर्माण गर्न शिक्षालाई मैले उच्च प्राथमिकता दिएको छु शैक्षिक पूवार्धारको विकास, दक्ष जनशिक्षा एवम् शिक्षण सामग्रीको व्यवस्था र नविनतम प्रविधिको प्रयोग गरी गुणस्तरीय र जीवन उपयोगी शिक्षाको सुनिश्चिता गरिनेछ । २. विद्यालय जाने जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गरी आगामी वर्ष भित्र आधारभूत शिक्षामा सबैको पहुँच सुनिश्चित गरिने छ । माध्यमिक तहसम्म निशुलक शिक्षा प्रदान गरिनेछ ।स मातृभाषामा आधारित शिक्षा प्रदान गरिनेछ । मातृभाषामा आधारित शिक्षा प्रदान गरिरहेका मदरसा, गुरुकुल र गुम्बा लगायतका शिक्षालयलाई आधुनिक शिक्षाको मूलधारमा आबद्ध गरिनेछ। आगामी वर्ष साक्षर हुन बाँकी २४ जिल्लामा सा...

निबन्ध: घनघस्याको उकालो काट्ता

 घनघस्याको उकालो काट्ता-  तारानाथ शर्मा भोलिपल्ट ती भरियाहरु डडेल्धुरा जान मानेनन् । सहायक अञ्चलाधीशले पाटनका प्रधानपञ्चलाई भरिया बन्दोबस्त गर्न लगाउनुहोला भनेकाले खोज्दाखोज्दा साढे एघार बजेतिर मात्र प्रधानपञ्चसित भेट भयो । उनले दुई जना भरिया खोजिदिए , तर त्यतिन्जेलमा दिउँसोको बाह्र बजिसकेको थियो । घरले विभागका कर्मचारीले भोलि मात्रै जानोस् ,  आज मरे पनि डडेल्धुरा पुगिँदैन भनेर जिद्दी गरे पनि हामी बाह्र बजे पाटनबाट हिँड्यौं । ठीक दुई बज्दा त्यस दिन हामी तेर्सैतेर्सो हिँडेर अघोरी गाड पुगेका थियौं । अघोरी गाडमाथि अग्लो पारेर तेर्स्याएको फलेकको साँघु तरेर हामीले टोपी खस्ने उकालामा पाइला राख्यौं । डरलाग्दो जङ्गलले घेरिएको ढुङ्गेनी बाटाले मुटु ढक्क फुल्यो । यही थियो कुख्यात घनघस्याको विकट उकालो । मेरो शरीर अलिक मोटो भएकाले उकालो देख्ने बित्तिकै मेरो सातोपुत्लो उड्छ । तेर्सो र ओह्रालो बाटामा म निकै छिटो हिँड्न सक्छु ,  तर उकालो भने मेरा लागि जेमराज जत्तिकै भयावह हुन्छ । तर ,  म विवश थिएँ ,  मैले घनघस्या नकाटी भएको थिएन । पाटनका सहृदय व्यक्तिहरुले दिएका दु...

विजय मल्लको कथा : अन्तिम भोज

अन्धकार, निर्जन, डरलाग्दो एकलासे जंगलबाट पार गर्दागर्दै अकस्मात् म यस्तो ठाउँमा पुगेँ, जहाँ उज्यालो नै उज्यालो थियो । म आनन्दले एकदम प्रफुल्लित भएँ । अघि भर्खरका दुःख कष्टहरु सबलाई बिर्सेर म दुगुर्दै हुत्तिँदै त्यस ठाउँमा पुगेँ, जहाँ मनुष्यको न्यानो माया मलाई पर्खिरहेको थियो । मैले मनुष्यको अनुहार नदेखेको धेरै दिन भइसकेको थियो । त्यसैले म व्यग्र थिएँ । त्यो ठाउँ अत्यन्त रमणीय थियो । एउटा ठूलो भोज त्यहाँ भइरहेको रहेछ, जताततै रङ्गीचङ्गी, नीला, राता, पहेँला, हरिया, सेता बत्तीहरु बलिरहेका रहेछन् । ठूलो चौरका चारैतिर कलापूर्ण बगैंचा उज्यालोमा जग्मगाइरहेको छ, विभिन्न प्रकारका रङ्गीविरङ्गी फूलहरु सुगन्ध छरेर बिउँझिरहेका छन्, र त्यसभन्दा पनि बढी विभिन्न रङका पोषाकहरुमा लोग्नेमानिस र स्वास्नीमानिसहरुका ठूला जमात नै त्यस ठाउँमा जम्मा भएर यताउति गरिरहेका छन् । ती सुगन्धित फूलहरुभन्दा पनि ती अति आकर्षक थिए । मलाई यस्तो लाग्थ्यो- स्वर्गको एक टुक्रा त्यस ठाउँमा खसेको हो । म विमोहित भएर नजिकै गएँ । हरियो कोमल दुबो भरिएको फाँटमा श्रेणीबद्ध रुपले टेबल कुर्सीहरु लगाइएका छन् र हरेक टेबलका मध्...

रचना हरु

गजल दुब्लाएको ज्यान थोरै मोटो भएको छ । हिजो लाउने दौरा आज भोटो भएको छ ।। नौलो फेशन देखाउंदै हिड्यो नभन्नु है । हिजो ठिक्क हुने लुगा छोटो भएको छ ।। हिजो रित्तो घैटो पनि उठाउन सकिएन । आज भरिएको गाग्री लोहोटो भएको छ ।। जिन्दगीमा कहिल्यै यो मोटाउंदैन भन्थ्यौ । मलाई हेर्ने तिम्रो नजर खोटो भएको छ ।। २०७४/०१/०९ गजल मुसु मुसु हास्दै हास्दै ओठ टोकेर आईन् । लजाउंदै र सर्माउंदै मुहार छोपेर आईन् ।। अर्कैसँग लगनगाँठो कस्दिन खोजेपछि । जन्मघर छाडी  सुइंकुच्चा ठोकेर आईन् ।। चिना  हेर्दा मिले पनि मन मिल्न सकेनछ ।  गन्तब्यको त्यो यात्रा बिचमै रोकेर आईन् ।। चिना बिहिन मान्छे हूँ म मन हराएको छैन । मनको राजा भन्दै उनी आशा बोकेर आईन् ।। निरस यो एक्लो जीबन  जेनतेन गुज्रीदैथ्यो । मूल्यहीन मेरो दिलको मूल्य तोकेर आईन् ।। २०७४/०१/०९ मुक्तक यो दुनियामा पढ्ने भन्दा पिउने धेरै छन् । खै किन  पिउँदा पिउँदै  जिउने धेरै छन् ।। उजाड छन् तनहरु फाटेका छन् मनहरु ।  टाल टुल गरी ब्यथाहरु  सिउने धेरै छन् ।। २०७६/०१/०९ मुक्तक  उठ उज्यालो भो  आलस्य भगाऊ  । हर क्ष...