Skip to main content

Posts

२०७६ सालको एसईई सञ्चालन नगर्ने प्रस्ताव मन्त्रिपरिषदमा

२०७६ सालको एसईई सञ्चालन नगर्ने प्रस्ताव मन्त्रिपरिषदमा जेष्ठ २८, २०७७  २०७६ सालको प्रवेशिका परीक्षा (एसईई) सञ्चालन नगर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको छ । मन्त्रिपरिषद्को बैठक अहिले पनि जारी छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज विहानदेखि नै यस बारेमा बैठक थियो । बैठकले सो परीक्षा सञ्चालन नगर्ने र सोही व्यवस्थाका लागि निर्णयार्थ मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको थियो । मन्त्रालय सूत्रका अनुसार विद्यालयले नै गर्ने मूल्याङ्कनलाई मान्यता दिइनेछ । विद्यालयहरुले एसईईभन्दा अगाडि सेन्टअपका नामले तयारी परीक्षा लिइसकेका छन् । मन्त्रालय सूत्रका अनुसार विद्यालयले गरेको मूल्याङ्कनलाई आधार मानेर एसईईको प्रमाणपत्र जारी गर्न मापदण्ड बनाइनेछ । त्यसलाई राजपत्रमा प्रकाशित गरेर कार्यान्वयनमा लगिनेछ । राष्ट्रिय परीक्षा बोर्डले नै त्यसरी जारी गरिएका प्रमाणपत्रलाई प्रमाणीकरण गर्नेछ । कक्षा ११ र १२ का हकमा मन्त्रालयले पछि निर्णय गर्ने जनाइएको छ । सूत्रका अनुसार कक्षा ११ को परीक्षा नलिने सोचमा मन्त्रालय पुगेको छ भने कक्षा १२ को परीक्षा उपयुक्त समयमा सञ्चालन गरि...

गजल

सायद अबको बाटो !!! हजुरको यश कृति सारा दुनियाभर छाएको छ । हरेक अंग प्रत्यंग बाट मीठो सुबास आएको छ ।। तपाईं कै प्रशंसा मा नाचिरहेछन् डाँफे मयूरहरु । चिरबिर गर्ने चरीले नि हजुर कै गीत गाएको छ ।। चाहिँदैन अरु कुनै चौरासी व्यञ्जनका परिकार । हजुरको मीठो वचनले भोको नि अघाएको छ ।। कहीँ  कतै छैन अन्धकार जताततै झलमल छ । हजुरकै कृपाले क्षितिजमा घामजुन उदाएको छ ।। केही पट मूर्खहरुले निस्बस्त्र पनि भन्न सक्छन् । अहो! महाराज हजुरलाई गज्जब सुहाएको छ ।। २०७७/०२/२८/०३:०९pm

२०७७/०७८ को बजेटमा शिक्षा

सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७६ अर्ब ४३ करोडको बजेट ल्याएको छ । जसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्रम कार्यान्वयन गर्न १ खर्ब ७१ अर्ब ७१ करोड विनियोजन गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बिहीबार प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७/०७८ को  बजेटमा शिक्षा: १. मानव पूँजी निमार्ण, सामाजिक रूपान्तरण र आर्थिक विकाससहितको आधुनिक समाज निर्माण गर्न शिक्षालाई मैले उच्च प्राथमिकता दिएको छु शैक्षिक पूवार्धारको विकास, दक्ष जनशिक्षा एवम् शिक्षण सामग्रीको व्यवस्था र नविनतम प्रविधिको प्रयोग गरी गुणस्तरीय र जीवन उपयोगी शिक्षाको सुनिश्चिता गरिनेछ । २. विद्यालय जाने जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गरी आगामी वर्ष भित्र आधारभूत शिक्षामा सबैको पहुँच सुनिश्चित गरिने छ । माध्यमिक तहसम्म निशुलक शिक्षा प्रदान गरिनेछ ।स मातृभाषामा आधारित शिक्षा प्रदान गरिनेछ । मातृभाषामा आधारित शिक्षा प्रदान गरिरहेका मदरसा, गुरुकुल र गुम्बा लगायतका शिक्षालयलाई आधुनिक शिक्षाको मूलधारमा आबद्ध गरिनेछ। आगामी वर्ष साक्षर हुन बाँकी २४ जिल्लामा सा...

निबन्ध: घनघस्याको उकालो काट्ता

 घनघस्याको उकालो काट्ता-  तारानाथ शर्मा भोलिपल्ट ती भरियाहरु डडेल्धुरा जान मानेनन् । सहायक अञ्चलाधीशले पाटनका प्रधानपञ्चलाई भरिया बन्दोबस्त गर्न लगाउनुहोला भनेकाले खोज्दाखोज्दा साढे एघार बजेतिर मात्र प्रधानपञ्चसित भेट भयो । उनले दुई जना भरिया खोजिदिए , तर त्यतिन्जेलमा दिउँसोको बाह्र बजिसकेको थियो । घरले विभागका कर्मचारीले भोलि मात्रै जानोस् ,  आज मरे पनि डडेल्धुरा पुगिँदैन भनेर जिद्दी गरे पनि हामी बाह्र बजे पाटनबाट हिँड्यौं । ठीक दुई बज्दा त्यस दिन हामी तेर्सैतेर्सो हिँडेर अघोरी गाड पुगेका थियौं । अघोरी गाडमाथि अग्लो पारेर तेर्स्याएको फलेकको साँघु तरेर हामीले टोपी खस्ने उकालामा पाइला राख्यौं । डरलाग्दो जङ्गलले घेरिएको ढुङ्गेनी बाटाले मुटु ढक्क फुल्यो । यही थियो कुख्यात घनघस्याको विकट उकालो । मेरो शरीर अलिक मोटो भएकाले उकालो देख्ने बित्तिकै मेरो सातोपुत्लो उड्छ । तेर्सो र ओह्रालो बाटामा म निकै छिटो हिँड्न सक्छु ,  तर उकालो भने मेरा लागि जेमराज जत्तिकै भयावह हुन्छ । तर ,  म विवश थिएँ ,  मैले घनघस्या नकाटी भएको थिएन । पाटनका सहृदय व्यक्तिहरुले दिएका दु...

विजय मल्लको कथा : अन्तिम भोज

अन्धकार, निर्जन, डरलाग्दो एकलासे जंगलबाट पार गर्दागर्दै अकस्मात् म यस्तो ठाउँमा पुगेँ, जहाँ उज्यालो नै उज्यालो थियो । म आनन्दले एकदम प्रफुल्लित भएँ । अघि भर्खरका दुःख कष्टहरु सबलाई बिर्सेर म दुगुर्दै हुत्तिँदै त्यस ठाउँमा पुगेँ, जहाँ मनुष्यको न्यानो माया मलाई पर्खिरहेको थियो । मैले मनुष्यको अनुहार नदेखेको धेरै दिन भइसकेको थियो । त्यसैले म व्यग्र थिएँ । त्यो ठाउँ अत्यन्त रमणीय थियो । एउटा ठूलो भोज त्यहाँ भइरहेको रहेछ, जताततै रङ्गीचङ्गी, नीला, राता, पहेँला, हरिया, सेता बत्तीहरु बलिरहेका रहेछन् । ठूलो चौरका चारैतिर कलापूर्ण बगैंचा उज्यालोमा जग्मगाइरहेको छ, विभिन्न प्रकारका रङ्गीविरङ्गी फूलहरु सुगन्ध छरेर बिउँझिरहेका छन्, र त्यसभन्दा पनि बढी विभिन्न रङका पोषाकहरुमा लोग्नेमानिस र स्वास्नीमानिसहरुका ठूला जमात नै त्यस ठाउँमा जम्मा भएर यताउति गरिरहेका छन् । ती सुगन्धित फूलहरुभन्दा पनि ती अति आकर्षक थिए । मलाई यस्तो लाग्थ्यो- स्वर्गको एक टुक्रा त्यस ठाउँमा खसेको हो । म विमोहित भएर नजिकै गएँ । हरियो कोमल दुबो भरिएको फाँटमा श्रेणीबद्ध रुपले टेबल कुर्सीहरु लगाइएका छन् र हरेक टेबलका मध्...