भूमिराज शर्मा आजकल जताततै बालमैत्री शिक्षाको बारेमा चर्चा परिचर्चा हुन थालेको छ । हाम्रा विद्यालयहरु बालमैत्री नहुँदा बिद्यार्थीहरुले कक्षा पूरा नगरी विद्यालय छाड्ने गरेको, शिक्षक, शिक्षिकाहरुले अझैपनि बालबालिकाहरुलाई अमानवीय ढंगले पासविक यातना दिने गरेको, बालमनोविज्ञानको ख्याल नगर्ने गरेको जस्ता समाचारहरु आइरहने गरेका छन् । नेपाल जस्ता विकासोन्मुख मुलुकमा विद्यालय नै नजाने बालबालिकाभन्दा विद्यालयमा भर्ना भएर विभिन्न कारणले बीचमै पढाइ छाड्नेको संख्या बढी छ । प्राथमिक कक्षामा भर्ना भएका दस बालबालिकामध्ये एक जनाले मात्र कक्षा दश उत्तीर्ण गर्दछ । यसको मुख्य कारण विद्यालय शिक्षा बालमैत्री तथा बालकेन्द्रित नहुनु हो । शिक्षालाई बालमैत्री तथा बालकेन्द्रित बनाउन बालबालिकाका चाहना तथा रुचिअनुसारको पाठ्यक्रम, पाठ्यपुस्तक, शैक्षिक सामग्री, शिक्षण विधि तथा मूल्याङकन पद्धति निर्माण गरी कार्यान्वयन गरिनु पर्दछ । कुनै पनि त्रास तथा भयमुक्त वातावरणमा शिक्षा प्राप्त गर्ने अवसर नै बालमैत्री तथा बालकेन्द्रित शिक्षा प्रणाली हो । यस्तो किसिमको शिक्षा व्यवस्थामा शिक्षक शिक्षिकाले सह...
A Complete Educational Blog