Skip to main content

Posts

सिटिइभिटी परीक्षामा झडप, ६ परीक्षार्थी पक्राउ

मङ्गलबार ८ असोज, २०७० राजविराज- सप्तरी राजविराजस्थित पब्लिक विन्देश्वरी उच्च माविमा सञ्चालित सिटिइभिटीअन्तर्गतको परीक्षामा मंगलबार विद्यार्थी र प्रहरीबीच झडप भएको छ। जिल्ला परीक्षा समन्वय समितिले कडाइ गरेपछि परीक्षा केन्द्रमा झडप भएको हो। सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारीसहितको अनुगमन टोलीले परीक्षा भवनबाट एक परीक्षार्थीबाट गाइड खोसेपछि विवाद सुरु भएको थियो। 'परीक्षा हेर्न हामी केन्द्रमा छिरेका थियौ,' सहायक प्रजिअ प्रेमसिंह कुँवरले भने, 'परीक्षार्थी आचारसंहिता विपरीत क्रियाकलापमा संलग्न भएको पाएपछि नियन्त्रण गर्न खोज्यांै, त्यही कारण झडप भयो।' चिट चोर्न नपाएपछि आक्रोशित केही विद्यार्थीले अन्य कोठामा समेत छिरेर सबै परीक्षार्थीलाई बाहिर निकालेका थिए। उनीहरूले प्रहरीउपर ढुंगामुढासमेत गरेको प्रहरी निरीक्षक किरण गुरुङले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयको बा१झ ७७०९ र प्रहरीको बा१झ ३६८१ नम्बरको गाडी उनीहरूले तोडफोड गरेका छन्।  स्थितिलाई साम्य पार्न प्रहरीले लाठीचार्ज गरेको थियो। ढुंगामुढा गर्ने तथा विवाद चर्काउने छ जनालाई प्रहरीले नियन्त्रण गरे...

शिक्षाका लागि ३९ करोड बजेट

सनिउल्लाह धोबी कपिलवस्तु, ८ असोज/ कपिलवस्तुमा शिक्षामा चालु २०७/७१ को लागी ३८ करोड ९४ लाख ९५ हजार रकम विनियोजन गरिएको छ । चालु आर्थिक बर्षको शिक्षाको बजेट तथा कार्यक्रम अभिमुखीकरण कार्यक्रममा शिक्षा काार्यलयका उप सचिव सुर्य भुसालले सो कुराको जानकारी दिनु भएको थियो । विभिन्न दश कार्यक्रका लागि गत वर्षभन्दा यस बर्ष ढाई करोड बढी बजेट बिनियोजित भएको उहाँले बताउनुभयो । बाल विकास, साक्षरता, खुला विद्यालय पाठ्य,पुस्तक,आधारभुत अग्रेजी माध्यम ,प्रभावकारी सेवा प्रदानको लागि क्षमता विकास,विद्यालय व्यवास्थापन, फिडर छात्रावास, शिक्षक अनुदान, भौतिक सुविधा विस्तार,लगायतका शिर्षकमा उक्त रकम विनियोजन गरिएको हो । कार्यक्रममा शिक्षामा विगतका वर्षमा धेरै रकम वेरुजु भएको तथा गत आर्थिक वर्ष ०६९।७० मा भने ९१ प्रतिशत रकम खचभएको प्रतिवेतन समेत सार्वजनिक गरेको थियो । २ सय १० धार्मिक बिद्यालयले रकम निकास लग्न सकेको दिवा खाजा तथा साक्षरता अभियानको रकम कटौती गरिउकोले गत आर्थिक बर्ष बढी रकम फ्रिज भएको उहाँले बताउनुभयो ।   कपिलवस्तुमा ५४.९१ प्रतिशत साक्षरता रहेको २०६८ को तथ्याक भएतापनि यस वर्ष ५ गाविस साक्षर भए...

US Department of State announced Application for 2015 Diversity Immigrant Visa Program (DV-2015)

24 Sep, 2013 US Department of state announces date for DV 2015 Program. It  is an opportunity to immigrate to USA  as “diversity immigrants,” from countries with historically low rates of immigration to the United States. For fiscal year 2015, 50,000 diversity visas (DVs) will be available. There is no cost to register for the DV Program.   Nepalese citizens are eligible to take part in DV-2015 Program,  though that from India, Bangladesh and Pakistan are not eligible. DV 2015 Program   :  Online registration for the DV 2015 Program will begin on Tuesday, October 1, 2013 at 12:00 noon, Eastern Daylight Time (EDT) (GMT-4), and conclude on Saturday, November 2, 2013 at 12:00 noon, Eastern Daylight Time (EDT) (GMT-4). Applicants who are selected in the lottery (“selectees”) must meet simple, but strict, eligibility requirements in order to qualify for a diversity visa. Selectees are chosen through a randomized computer drawing. Diversity visas ar...

Tribhuvan University announces admissions for Bachelor first year (BA, BBS, B.Ed, LLB, BSW etc)

24 Sep, 2013 Tribhuvan University Admissions notice for Bachelors First year program along with yearly calendar for Bachelor first year program (BBS, B.Ed. B.Sc, BA, LLB)  Tribhuvan University has already published the admission notice for Bachelor  of Science (B.Sc Program) Tribhuvan University ‘s Faculty of Humanities and Social sciences, faculty of Management, Faculty of Education, Faculty of Law and Faculty of Science and Technology  and affiliated campuses announces admissions notice for the year 2070/071 for Bachelors first year. The program schedule is as follows Application Form Distribution: from 2070 Ashoj 10 Deadline for submission of application form: 2070 Kartik 27 Class starts from:  2070 Kartik 28  End of class: 2071 Sharwan Last  Exam form submission: within 2071 Jestha  Examination:  Starts from  Bhadra 2071 Result Publication: By the end of Magha 2071 Deadline to submit the registration form of ad...

किर्ते हस्ताक्षर गरी भाञ्जीलाई जागिर ख्वाउने प्रअ कारबाहीमा

आर्यन ढकाल पर्वत, असोज ८ गते । किर्ते गरी भान्जीलाई जागिर ख्वाउने प्रअ कारबाहीमा परेका छन् । निर्मल जनसेवा उच्चमावि त्रिवेणीका प्रअ देवीप्रसाद बस्याललाई ब्यवस्थापन समितिले आइतवारदेखि प्रअको जिम्मेबारीबाट हटाएको हो । बस्यालले बैशाख ११ गतेको मितिमा ब्यवस्थापन समितिका पदाधिकारी र सदस्यको किर्ते हस्ताक्षर गरी भाञ्जी उमा भट्टराईलाई रिक्त शिक्षक दरबन्दीमा नियुक्त गराएका थिए । प्रधानाध्यापकले किर्ते गरेको समाचार रेडियो शालीग्रामले प्रसारण गरेपछि घटना बाहिर आएको थियो । प्रअको बिरोधमा अभिभावकहरुले विद्यालय बन्द गराएर शुक्रबारदेखि आन्दोलन सुरु गरेका थिए । विद्यालय नै बन्द भएपछि ब्यवस्थापन समितिले कारबाही स्वरुप प्रअको जिम्मेबारीबाट च्यूत गरेको ब्यवस्थापन समिति सदस्य भीमसेन गुरुङले बताए । गुरुङका अनुसार प्रअ वस्याललाई आइतबार बसेको ब्यवस्थापन समितिको वैठकले पदबाट हटाउने निर्णय गरेको थियो । प्रअ हटेपछि तीनदिनदेखि बन्द विद्यालय सुचारु भएको छ । ब्यवस्थापन समितिका पदाधिकारी र सदस्यको किर्ते हस्ताक्षर र निर्णय गराएर उनले भाञ्जीलाई नियुक्त गराएको पा“च महिनापछि मात्रै खुलासा भएको हो । निबृत्त हुन ...

‘बुथ’मा नेविसंघका ५० विद्यार्थी नेता

काठमाडौं, ८ असोज । चुनावलाई सहयोग गर्न नेपाल विद्यार्थी संघले प्रत्येक बुथमा ५० जना विद्यार्थी परिचालन गर्ने जनाएको छ । काठमाडौंमा आज (मंगलबार) पत्रकार सम्मेलन गरेर नेविसंघले बुथको सुरक्षा र चुनावमा धाँदली हुन नदिन पचास विद्यार्थी नेता तथा कार्यकर्ता परिचालन गर्न लागेको जनाएको हो । खटिने विद्यार्थीले चुनावमा स्वयं सेवकले जस्तै सहयोग गर्ने छन् । ‘चुनावको सफलताका लागि यूवा नेतृत्व र लोकतान्त्रिक संविधान निर्माण गर्न कांग्रेसको नेतृत्व आवश्यक छ,’ संघले जनाएको छ । देश भरिका ५० हजार १ सय ७५ जनालाई कार्तिक–३ गते चुनावी रणनीति र कार्यनीतिका सम्बन्धमा विशेष प्रशिक्षण दिएर खटाउने संघले उल्लेख गरेको छ । संघले प्रत्यक्षमा ६ र २२ जना समानुपातिक तर्फबाट सिफारिस भएको जनाएको छ । पूर्व अध्यक्ष र पदाधिकारीहरु मध्ये ३५ जना प्रत्यक्षतर्फबाट एवं ५४ जना समानुपातिकबाट सिफारिस भएको केन्द्रीय सदस्य ऋषिकेश जंग शाहले जानकारी दिए । अध्यक्ष रञ्जीत कर्णले अघिल्लो संविधानसभामा यूवाहरुको प्रतिनिधित्व हुन नसक्दा असफल भएको बताए । उनले अबको निर्वाचनमा प्रत्येक जिल्लाबाट यूवा उमेदवारलाई प्राथमिकता दिनु पर्ने माग गरे । ...

३३ विद्यालयमा छात्रा शौचालय निर्माण गरिने

-अनिल शाही बाजुरा, ८ असोज । अछाम जिल्लाका विभिन्न क्षेत्रका ३३ विद्यालयमा छात्रा शौचालय निर्माण गरिने भएको छ । जिल्लाका अधिकांश विद्यालयमा शौचालय निर्माण भए पनि लैंगिकमैत्री नभएको गुनासो बढेपछि यसै आर्थिक वर्षभित्र जिल्लाका ३३ विद्यालयमा छात्रा शौचालय निर्माण गर्ने तयारी भइरहेको जिल्ला शिक्षा कार्यालय अछामले जनाएको छ । अछाममा सञ्चालित पाँच सय २७ सरकारी तथा ३३ निजी गरी जम्मा पाँच सय ६० विद्यालयमध्ये ४० वटा विद्यालयमा अझै शौचालय छैनन् । शौचालय निर्माण नभएका ४० विद्यालयमध्ये ३३ विद्यालयमा शौचालय बनाउने तयारी गरिएको छ । बाँकी भएका सात विद्यालयका लागि शौचालय निर्माणको पहल थाल्ने जिल्ला शिक्षा अधिकारी श्यामसिंह धामीले जानकारी दिए । जिल्लाका अधिकांश विद्यालयहरूमा शौचालय भएर पनि त्यसको उचित प्रयोग नभएको गुनासो अभिभावकहरूले गर्ने गरेका छन् ।