भवानीश्वर गौतम काठमाडौं, १० मंसिर शिक्षा मन्त्रालयको अहिलेको सांगठनिक ढाँचामा व्यापक परिवर्तन गर्ने गरी प्रस्ताव तयार गरिएको छ । प्रस्तावित सांगठनिक ढाँचामा केही नयाँ संरचना प्रस्ताव गरिएको छ भने केही अहिलेकै संरचनालाई निरन्तरता दिने उल्लेख गरिएको छ । शिक्षा मन्त्रालयले विद्यार्थी, विद्यालय संख्याका साथै आवश्यकतामा समेत धेरै परिवर्तन भएकाले नयाँ संरचनासहितको परिमार्जन प्रस्ताव गरेको हो । शिक्षा मन्त्रालयले गठन गरेको सहसचिव डा. हरि लम्सालको संयोजकत्वको प्राविधिक समितिले ‘संगठन सर्वेक्षण मस्यौदा–२०७१’ को मस्यौदा मन्त्रालयलाई बुझाइसकेको छ । मस्यौदामा शैक्षिक अनुसन्धान, सूचना तथा सञ्चार केन्द्र, नेपाल शिक्षक परिषद्, शिक्षा सेवा केन्द्र जस्ता संरचना थप गर्न प्रस्ताव गरिएको छ । केही निकायको नाम र कार्यक्षेत्रमा समेत हेरफेरको प्रस्ताव गरिएको छ । अहिले पाँचवटा रहेको क्षेत्रीय शिक्षा निर्देशनालय (क्षेशिनि) को नाम र संख्या नै परिवर्तनको प्रस्ताव छ । क्षेशिनिको नाम परिवर्तन गरी डिभिजन शिक्षा निर्देशनालय राख्ने र संख्या बढाएर १० वटा बनाउने प्रस्ताव छ । अहिलेका ७५ वटा जिल्ला शिक्...
A Complete Educational Blog