सन्तोष गौतम, म्याग्दी २०६९ चैत ३० । एकीकृत नेकपा (माओवादी) निकट विद्यार्थी संगठन अनेरास्वीयू (क्रान्तिकारी) म्याग्दी बहुमुखि क्याम्पस मुल इकाई कमिटिको आयोजनामा नव वर्ष २०७० सालको पावन अवसरमा शुक्रवार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । अनेरास्वीयु क्रान्तिकारी जिल्ला समिति म्याग्दीका अध्यक्ष तथा म्याग्दी बहुमुखी क्याम्पसका संयोजक प्रविण खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी एकीकृत नेकपा माओबादीका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्लाका संयोजक गोविन्द पौडेलले विद्यार्थी संगठनहरुको नेता संगठन अनेरास्वीयु क्रान्तिकारीले सधै प्रगतिशील, देशभक्त विद्यार्थीको एजेन्डा लिएर अगाडि बढेको बताए । विद्यार्थीहरु यो देशका परीवर्तनकारी शक्ति भएकाले समाजमा र शिक्षा क्षेत्रमा रहेका विकृति, विसंगति र सामन्तबादको अन्त्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने बताउँदै उहाँले अनेरास्वीयू(क्रान्तिकारी) ले नै त्यसको नेतृत्व गर्ने भएकाले सवैलाई अनेरास्वीयु क्रान्तिकारी) मा आबद्ध हुनका लागि आग्रह समेत गरे । त्यस्तै कार्यक्रममा बोल्दै एकीकृत नेकपा माओवादी ...
A Complete Educational Blog