Skip to main content

Posts

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्ब...

पवर्तमा विद्यालयका लागी देउसीभैलो खेलेर ११ लाख संकलन

२५ कात्तिक । उत्तरी पर्वतको विकट गाउँ बाँसखर्कमा रहेको ज्योति मण्डल माविका लागि आयस्रोत जुटाउने उद्देश्यले तिहारका अवसरमा देउसी भैलो खेलेर करिब रु. ११ लाख सङ्कलन गरिएको छ ।  विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीको टोलीले सो क्षेत्रमा यही कात्तिक २० गतेदेखि २४ गतेसम्म देउसी, भैलो खेलेका थिए । देउसीभैलोबाट रु ११ लाख २६ हजार ४७१ सङ्कलन भएको विद्यालयका शिक्षक ख्यामबहादुर खत्रीले बताए ।    वि.स. २०६५ देखि मावि कक्षा सञ्चालन हुँदै आएको उक्त विद्यालयमा मावि तहमा एक जना मात्र राहत दरबन्दीका शिक्षक छन् । देउसी भैलोबाट सङ्कलित रकम प्रावि र निमावि तहको दरबन्दी भएर मावि तहमा अध्यापन गराउने शिक्षकको तलबभत्ताका लागि खर्च गरिने विद्यालयले जनाएको छ ।  जिल्लाकोे विकट गाउँमा निमाविको मात्र स्वीकृित पाएपछि स्थानीयले आफैँ रकम जुटाएर मावि कक्षा सञ्चालन गर्दै आएका थिए । शिक्षकलाई तलब खुवाउन र अन्य प्रशासनिक खर्चका लागि रकम अभाव भएपछि देउसीभैलो खेलेर रकम सङ्कलन गरिएको शिक्षक खत्रीले जानकारी दिए । 

कोरियाले सधैँको लागि बन्द गर्यो शिक्षकको कम्प्युटर तालिम

काठमाडौं । शिक्षा मन्त्रालयको गलत प्रवृतिका कारण नेपाली शिक्षकहरुले निकै राम्रो अवसर गुमाउन पुगेका छन् । पूर्व शिक्षामन्त्री, वर्तमान शिक्षा सचिवलगायतको गलत प्रवृत्तिका कारण नेपाली शिक्षकहरुलाई कोरियाली सरकारले उपलब्ध गराउँदै आएको कम्प्युटर प्रशिक्षक तालिम नेपालले सधैँका लागि गुमाउनु परेको छ । माध्यमिक तहका शिक्षकका लागि बर्सेनी कोरिया पुगेर कम्प्युटर प्रशिक्षक तालिम लिने अवसर शिक्षा मन्त्रालयको गलत प्रवृतिका कारण सधौका लागि गुमेको छ । सवै स्थानमा राम्रा मान्छेलाई भन्दा हाम्रा मान्छेलाई अवसर दिने शिक्षामन्त्रालयको गलत प्रवृतिको सिकार अन्ततः निरीह शिक्षक बन्न पुगेका छन् । एकातिर नेपाली शिक्षकहरुले राम्रो अवसर सधैँका लागि गुमाउन पुगेका छन् भने अर्कोतिर नेपालको इज्जत पनि धुमिल भएको छ । दक्षिण कोरियाको उल्सान महानगरपालिकाले नेपालका सामुदायिक विद्यालयमा कार्यरत माध्यमिक तहका कम्प्युटर शिक्षकका लागि त्यस्तो प्रशिक्षण गएको दुईवर्ष (सन् २०१३ देखि ) अगाडीबाट सुरुवात गरेको थियो । पहिलो वर्षमा शिक्षा मन्त्रालयको आलटालले गर्दा कोही शिक्षक पनि कोरिया जान पाएनन् । दोस्रो वर्ष (सन् २०१४) मा...

कुन देशको संविधानमा कस्तो छ शिक्षाको व्यवस्था ?

संसारका विभिन्न मुलुकहरुका संविधानमा शिक्षाको फरक फरक व्यवस्था रहेका छन् । शिक्षालाई मुलुकमा जारी राजनीतिक नेतृत्व र त्यसको दर्शनले प्रभाव पार्ने भएकाले पनि विभिन्न मुलुकका संविधानमा शिक्षाका फरकफरक व्यवस्था छन् । राजनितीक दर्शन र नेतृत्वका आधारमा शिक्षालाई संविधानमा फरक फरक ढंगले प्रस्तुत गरिएको  छ । चाइना, क्युवा लगायतका कम्युनिष्ट मुलुकहरुको संविधानमा कम्युनिष्ट दर्शनमा आधारीत शिक्षाको व्यवस्था गरिएको छ । ति देशहरुका संविधानमा शिक्षालाई राज्यको पूर्ण दायित्व मान्दै पुर्ण रुपमा निशुल्क र सर्वसुलव बनाइने उल्लेख छ । चाइनाको संविधानमा राज्यले समाजबादी शैक्षिक व्यावसायहरु विकास गर्ने र सारा राष्टको वैज्ञानिक र सांस्कृतिक स्तरलाई उठाउने कार्य गर्ने उल्लेख गरिएको छ । राज्यले शिक्षालाई दायित्व मान्दै विभिन्न किसिमका विद्यालयहरु चलाउने र  प्राथमिक शिक्षालाई अनिवार्य र सर्वसुलव बनाउने व्यवस्था चाइनाको संविधानमा सुनिश्चित गरीएको छ । साथै माध्यमिक, व्यवसायिक र उच्च शिक्षालाई विकास गर्दै पूर्व विद्यालय शिक्षालाई उन्नत गराउनेलाई समेत चाइनाको संविधानमा राज्यको दायित्व मानिएको छ ...

शिक्षकको गतिबिधी बुझ्न छड्के फोन

पर्वत, कात्तिक २० – शिक्षा कार्यालय पर्वतले विद्यालयमा शिक्षकले पढाउने गरेका छन् की छैनन् भनेर अनुगमन गर्न छड्के फोन गर्न थालेको छ । सामुदायिक विद्यालयका शिक्षकहरु धे...

कसरी गर्ने निमावि अन्तर्वार्ता तयारी ?

 गौतम महर्जन /   अघिल्लो पटक खुलेको शिक्षक सेवा आयोगको परीक्षामा निम्न माध्यामिक तर्फ ललितपुर जिल्ला प्रथम भएपछि आयोग तयारी गरेका र गर्न चाहने प्राय: सबैको एउटै प्रश्न हुन्थ्यो – कसरी पहिलो भयौ ? म सबै भन्दा राम्रो भएर पहिलो भएको हुँ जस्तो मलाई नै लाग्दैन । जतिखेर मैले परीक्षा दिएँ त्यस बेलामा म भन्दा राम्रो लेख्न र गर्न सक्ने अरु नभएकोले नै म पहिलो भएँ जस्तो लाग्छ । त्यसैले म कसरी पहिलो भएँ भन्ने ठ्याक्कै उत्तर म सँग नै छैन । तर मैले के गरेँ भन्ने कुरा चाँही म यहाँहरुलाई बताउन सक्छु ।  सबै भन्दा मुख्य कुरा लिखित परीक्षा नै हो रहेछ । लिखितमा राम्रो भयो भने अन्तर्वार्ताका बेला आत्मविश्वास बढ्दो रहेछ र अन्तर्वार्ता पनि राम्रो हुदोँ रहेछ । अहिले लिखित पास भएर अन्तर्वार्ताको तयारीमा रहेका साथिहरुलाई मेरो लिखित भन्दा पनि अन्तर्वार्ताको अनुभव सुनाउँदा उपयोगि हुने ठान्छु ।  जव म अन्र्तवार्ता दिन भित्र छिरेँ, त्यहाँ त अन्तर्वार्ता लिनेहरुको तयारी नै भएको रहेनछ । उहाँहरु नै अलमलमा देखिनु भयो । फितलो तयारी देखेर म छक्क परें । यसले पनि मलाई थप आत्मविश्वासी बनायो । उहाँहरु...

आयोग उतिर्ण शिक्षकहरुको नियुक्ति प्रकृया शुरु

काठमाडौ ,कात्तिक / शिक्षा विभागले शिक्षक सेवा आयोग उतिर्ण गरेका माध्यामिक तहका शिक्षकहरुको पोष्टिङ प्रकृया शुरु गरेको छ । आयोग उतिर्ण उम्मेद्वारको नियुक्तिको प्रकृया शुरु गर्न विभागले पाँचै क्षेत्रीय शिक्षा निर्देशनालयलाई निर्देशन दिएको छ । विभागका निर्देशक खगेन्द्र नेपालले मंगलबार देखि नै प्रक्रिया शुरु गरिसकेको र सकेसम्म यही महिनाभित्र पोष्टिङ गरिसक्ने बताए । 'शिक्षकहरुको पोष्टिङ प्रक्रिया शुरु भइसकेको छ' उनले भने, 'सम्भवतः यही महिना भित्र सकिन्छ ।' आयोगले गत असार २५ गते लिखित परीक्षा लिएको थियो । उक्त परीक्षा पास गरेका उम्मेद्वारहरुको अन्र्तवार्ता गत असोज ८ र ९ गते भएको थियो । निम्न माध्यामिक तहको शिक्षकका लागि हुने अन्र्तवार्ता भने कात्तिक २० गतेबाट हुने छ । आयोगले लिएको परिक्षामा उतिर्ण भएका करिब १३ सय शिक्षकहरु पोष्टिङको पर्खाइमा थिए ।  आयोगले गत कात्तिक १ गते नै उत्तीर्ण उम्मेद्वारहरुको सिफारिस गरे पनि विभागले समयमै उनीहरुको पदस्थापना गर्न नसेकको भन्दै आलोचना हुँदे आएको थियो ।