Skip to main content

Posts

Case study

Lesson 17: Case study बिगत केही पाठ देखि हामी गुणात्मक अनुसन्धानका प्रकारका बारेमा अध्ययन गर्दैछौं/ त्यसै क्रममा आज Case study लाई संक्षिप्तमा नियाल्नेछौँ / कुनै पनि परिवेशको बिस्तृत अध्ययन गरी जीवन्त प्रस्तुती गर्नु Case study मानिन्छ / हुनत गुणात्मक Case study मा अरु गुणात्मक अनुसन्धान जस्तै बिषयगत बुझाई र धारणाको महत्व त हुन्छनै तर पनि केही बस्तुगत बिचार पनि यस भित्र अट्न सक्दछ/ तर त्यो बस्तुगत बिचार pluralism को सन्दर्भमा यहाँ लागू हुन्छ न की संख्यात्मक अनुसन्धान मा जस्तो relativism को रूपमा / Case study अनुसन्धान गर्नेहरुले खासगरी आफ्नो paradigm को लागि constructivism छान्ने गर्दछन ता की जुन परिवेशको Case अध्ययन गर्न खोजेको हो त्यसै परिवेश संग साक्षात्कार गर्ने मानिसहरु संगको कुराकानीको आधारमा खोजिएको अर्थ निकाल्न सकियोस / अर्थात् तपाईंको सूचनादाताहरुनै तपाईं को ज्ञानका निर्माणकर्ता हुन् / यो विधिमा तपाईं आफ्नो अनुसन्धान-सहभागीहरुको अनुभवलाई उनीहरुको कथा व्यथाका रूपमा चित्रण गर्नु हुन्छ र तपाईंका सहभागीहरुले उक्त परिबेशमा भोगेका कठिनाईहरु, उनीहरुले गरेका उपलब्धिहरु, धारणाहरु...

विद्यालयको भ्रष्टचार मुद्धा मिलाउन घुस

काठमाडौं ३० साउन/  विद्यालयमा भएको अनियमितताको अख्तियारले छानविन गरी दायर गरेको मुद्धा मिलाई दिनेभन्दै घुस माग्ने बिशेष अदालतका पूर्व रजिष्टार पक्राउ परेका छन् ।    विशेष अदालतका पूर्वरजिस्ट्रार नातिबाबु लामिछानेले मुद्दा मिलाइदिने भन्दै एक पक्षसँग १५ लाख रुपैयाँसम्म घुस मागेको खुलासा भएको छ ।  स्रोतका अनुसार रौतहटको एउटा विद्यालयमा भएको अनियमितता सम्वन्धि मुद्दा मिलाइदिने भन्दै लामिछानेले घुस मागेका हुन् । भिडियोमा उनले झन्डै १० मिनेटसम्म कुराकानी गरेका छन् । तीन–तीनजना न्यायाधीशलाई समेत मिलाउनुपर्ने भएकाले पैसा जति पनि लाग्न सक्ने लामिछानेले बताएका छन् । ‘पैसा त जति पनि लाग्न सक्छ, मैले मात्रै लिने होइन, तीन–तीनजना न्यायाधीशसँग पनि कुरा गर्नुपर्छ । तपाईंले खै कुरा बुझेको ’ उनले भनेका छन् । काम सुरु गर्न एक लाख तत्काल ल्याउन पनि लामिछानेले भनेका छन् । ‘पहिला एक लाख ल्याएर आइहाल्नु । मिलाउँदा ५, १०, १५ लाख जति पनि लाग्नसक्छ,’ उनले भनेका छन् । उक्त रकम बिदाको दिन घरमै वा बाहिर कतै भेटेर दिन उनले भनेका छन् । साथीका तर्फबाट कुरा गरिरहेका मुद्दाका पक्षले भने तीन ...

शिक्षकद्धारा देशभरका शिक्षा कार्यालयमा धर्ना

काठमाडौं २९ साउन /   शिक्षा मन्त्री चित्रलेखा यादवको राजीनाको माग गर्दै शिक्षकहरुले शुक्रवार देशभरका जिल्ला शिक्षा कार्यालयमा धर्ना दिए ।    नेपाल शिक्षक महासंघ राष्ट्रिय महासमितिको आव्हानमा भएको धर्नाका कारण देशैभरका जिल्ला शिक्षा कार्यालयहरुमा कामकाज ठप्प भयो ।   संविधानमा संवैधानिक उच्चस्तरीय शिक्षा आयोगको प्रबन्ध गर्नुपर्ने कुरा नसमेटिएको तथा २०६८ चैत २ गते भएको सहमती लगायतका अन्य मागका बारेमा वेवास्ता गर्दै जानुले बाध्य भएर धर्नामा उत्रिनु परेको महासंघका केन्द्रिय अध्यक्ष केशव निरौलाले बताए । महासंघले विगतका सहमतिहरुको कार्यान्वयन हुनुपर्ने, नयाँ बन्ने संविधानमा संवैधानिक उच्चस्तरीय शिक्षा आयोगको प्रबन्ध गर्नुपर्ने, शिक्षा ऐन तथा नियमावलीहरुमा संसोधन गर्नुपर्ने लगायतका माग राखेर चरणबद्ध आन्दोलन सुरु गरेको छ । महासंघले भूकम्पले क्षति पु¥याएका भौतिक संरचना पुनःनिर्माण तथा शिक्षा क्षेत्रको समग्र अवस्था परिवर्तनका लागि सरोकारवालाहरुको सहभागितामा राष्ट्रिय शैक्षिक सम्मेलनको आयोजना गर्न समेत माग गरेको छ । ७५ वटै जिल्लामा आन्दोलन परिचालन समिति र आन्दोलन...

अस्थायी शिक्षक र कर्मचारीबारे सर्वोच्चलाई मन्त्रालयको जवाफ

काठमाडौं २८ साउन /  शिक्षा ऐन संशोधन नहुँदा अस्थायी शिक्षक र विद्यालय कर्मचारीको सेवा सुविधाबारे सर्वोच्च अदालतले गरेका फैसला कार्यान्वयन हुन नसकेको शिक्षा मन्त्रालयले स्पष्टिकरण दिएको छ । उनीहरुको सेवा सुविधाबारे पटक पटक भएको फैसला कार्यान्वयन नभएको भन्दै अदालतको फैसला कार्यान्वयन निर्देशनालयले ताकेता गरे पछि मन्त्रालयले यस्तो जवाफ पठाएको हो । गत हप्ता पठाईएको जवाफमा प्रस्तावित शिक्षा ऐनमा विद्यालय कर्मचारीको ब्यवस्थाका लागि प्रस्ताव गरिएकोले उक्त ऐन नआएकोले कार्यान्वयन हुन नसकेको उल्लेख गरिएको छ । उक्त स्पष्टिकरण प्रधानमन्त्री कार्यालय सहित अदालत र निर्देशनालयलाई पठाईएको छ ।  विद्यालय कर्मचारीलाई पेन्सन तथा औषधि उपचार पाउने ब्यवस्था सात दिन भित्र कार्यान्वयन गर्न सर्वोच्च अदालतले शिक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो । निर्देशनालयले गत साउन ७ गते मन्त्रालयलाई ताकेता पत्र पठाएर उक्त ब्यवस्था गर्न यस अघिनै सर्वोच्चले दिएको आदेश कार्यान्वयन भए नभएको स्पष्ट गर्न आदेश दिएको थियो । सर्वोच्चले दिएको आदेशको अन्तिम म्याद गत असार २१ गते सकिए पनि मन्त्रालयले बाटो म्याद...

ब्रिटिस काउन्सिलबाट नेपालका बाह्र विद्यालय पुरस्कृत

काठमाडौँ, २८ साउन । नेपालका बाह्र विद्यालयले ब्रिटिस काउन्सिलको ‘इन्टरनेसनल स्कुल्स अवार्ड’ पुरस्कार प्राप्त गरेका छन् । शिक्षा मन्त्रालयले अनुमोदन र सहयोग जारी राखेको कनेक्टिङ् क्लासरुम परियोजना अन्तर्गत बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो । शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक खगराज बराल र पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक दिवाकर ढुङ्गेलले संयुक्तरुपमा ती पुरस्कार प्रदान गरे । पुरस्कृत हुनेमा सिर्जना सामुदायिक माध्यमिक विद्यालय (कास्की), सेन्ट क्यापिटानियो स्कुल (पाल्पा), आदर्श अँग्रेजी आवासीय माध्यमिक विद्यालय (पर्वत), दुर्गा निम्नमाध्यमिक विद्यालय (बाग्लुङ्), अचाने उच्च माध्यमिक विद्यालय (धादिङ्), त्रैविद्या शिक्षा सदन (काठमाडौँ), सकल्या स्कुल (युरो किड्स, छाउनी), काठमाडौं, रिलायन्स इन्टरनेसनल एकेडमी (आरआइए) काठमाडौं, बेबिलोन नेशनल स्कुल काठमाडौँ, कर्णाली एजुकेशन फाउन्डेशन–झापा), सूर्यज्योति निम्नमाध्यमिक अँग्रेजी आवासीय विद्यालय (झापा) र दिल्ली पब्लिक स्कुल (धरान) छन् । पुरस्कृत विद्यालयले तीनवर्षका लागि ...

शिक्षक लाईसेन्सको नतिजा सार्वजनिक

भक्तपुर २७ साउन /  शिक्षक सेवा आयोगले माध्यामिक विद्यालय तहको स्थायी लाईसेन्सको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ४४ दशमलव ३१ प्रतिशत उत्तीर्ण भएको आयोगले जनाएको छ । परीक्षामा सम्मिलित ११ हजार १ सय ८४ मध्ये ४ हजार ९ सय ५६ जना उत्तीर्ण भएका छन् । पूर्वाञ्चलबाट  ९ सय ३१ जना उत्तीर्ण भएका छन् । यसै गरी मध्यमाञ्चलबाट १ हजार ५ सय ५३ जना, पश्चिमाञ्चलबाट १ हजार ३ सय ७१ जना, मध्यपश्चिमबाट ६ सय ७० जना र सुदुरपश्चिमबाट ४ सय ३१ जना उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी हुन १३ हजार २ सय १२ जनाले फर्म भरेका थिए । परीक्षामा भने ११ हजार १ सय ८४ जनाले सहभागिता जनाएका थिए ।  २ हजार ६ सय ३७ जनाले भर्म भरेकोमा पूर्वाञ्चलमा २ हजार २ सय २५ जनाले परीक्षामा सहभागिता जनाएका थिए । यस्तै मध्यमाञ्चलमा फर्म भरेका ४ हजार २ सय ७ मध्ये परीक्षामा ३ हजार ५ सय ८० सहभागि थिए । यसैगरी पश्चिमाञ्चलमा फर्म भरेका ३ हजार ४ सय १ मध्ये परीक्षामा २ हजार ९ सय ८६ जना सहभागि थिए । मध्यपश्चिमबाट १ हजार ८ सय ८४ जनाले फर्म भरेकोमा परीक्षामा १ हजार ५ हजार २० सहभागि थिए । सुदुरपश्चिमबाट फर्म भरेका १ हजार ...

कसरी उकास्ने उच्चशिक्षाको गुणस्तर ?

डा. नवराज खतिवडा /  अहिले भावी नेपालको दिशानिर्देश गर्ने संविधानको दस्तावेजलाई अन्तिम रूप दिने कार्य भइरहेको छ । सर्वसाधारणले नेता, मन्त्री र सभासदको न्युनतम शैक्षिक योग्यता घटीमा पनि स्नातक हुनुपर्ने राय पेस गरे । यो ऐतिहासिक कालखण्डमा बुद्धिजीवी एवं सर्वसाधारणले उच्च शिक्षाप्रति प्रदर्शन गरेको सम्मान र विश्वासको महत्त्व विशिष्ट प्रकृतिको छ । यसले मुलुक हाँक्ने अगुवाहरू शिक्षित भए भने ‘सबै ठीक हुन्छ’ भन्ने सर्वमान्य अवधारणा रहिआएको प्रमाणित गर्छ । तर एउटै स्वरमा यस्तो जनमत प्रकट गर्ने लाखौं नागरिकको उत्साह सेलाउन नपाउँदै छापामा ‘उच्च शिक्षामा २ लाख विद्यार्थी घटेको’ समाचार प्रकाशित भएको छ । नेपालका उच्चशिक्षा प्रदान गर्ने विश्वविद्यालय र चिकित्सा विज्ञान प्रतिष्ठानहरूमा अध्ययन गर्ने विद्यार्थीको सख्या गतवर्ष ७ लाखको हाराहारीमा रहेकोमा यस वर्ष यो २९ प्रतिशतले घटेको तथ्याङ्क प्रकाशित भएको छ । उच्चशिक्षा प्रदान गर्ने शिक्षालयहरूमा विद्यार्थी संख्या घट्नुका पछि धेरै कारण होलान् । नेपालमा हाल अध्यापन गराइने शिक्षालयहरूको भित्री वातावरण र विशेषगरी पढाइ भैरहेको कक्षाकोठामा देख्...