Skip to main content

Posts

शिक्षकद्वारा जरिवाना र सम्पत्ती विवरण बुझाउन सुरु

टीकाबहादुर बस्नेत, दाङ, फागुन १२ गते । सम्पत्ति विवरण बुझाउनुपर्ने सरकारी नियमको उलङ्घन गरी कारवाहीमा परेका दाङका शिक्षकहरुले जरिवाना रकम बुझाउन सुरु गरेका छन् । जिल्ला शिक्षा कार्यालय दाङले शिक्षकहरु कार्यालयमा आई आ–आफ्नो जरिवाना रकम बुझाउन सुरु गरेको जनाएको छ । कार्यालयले आफ्नो सूचना पार्टीमा सम्पत्ती विवरण नबुझाउने जिल्लाका झन्डै ६ सय शिक्षकहरुको नामावली सार्वजनिक भएपछि कारबाहीमा परेका शिक्षकहरुले प्रक्रिया पु¥याएर शिक्षा कायालयमा जरीवाना रकम बुझाउन सुरु गरेको जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले जानकारी दिनु भयो । ‘अख्तियारको कारवाहीमा परेका शिक्षकले आफ्नो जरीवाना रकम तिर्न सुरु गरी सक्नुभएको छ’, उहाँले भन्नुभयो, ‘हामीले सुचना पार्टीमा नाम सार्वजनिक गरेपछि उहाँहरुले जरीवाना रकम तिर्न सुरु गर्नुभएको हो, केहीले भने प्रक्रिया बुझ्दै हुनुहुन्छ ।’      कारबाहीमा परेका शिक्षकहरुको नामावली टाँस गरी तोकिए अनुसारको जरिवाना तिर्न आह्वान गरिएको र आफै जरिवाना तिर्न नआए उनीहरुको तलवबाट कट्टी गरी असुल गरिने शिक्षा अधिकारी शाहले बताउनुभयो । सम्पत्ती विवरण बुझाउन अटेर गर्ने श...

एकासीवटा विद्यालयलाई कम्प्युटर प्रदान गरिने

गौशाला,  फागुन ११ गते । महोत्तरी जिल्लाका ८१ वटा विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले कम्प्युटर प्रदान गर्ने भएको छ । प्राविधिक शिक्षामा पहुँच बढाउने उद्देश्यले जिल्लाका ८१ वटा सामुदायिक विद्यालयलाई कम्प्युटर दिइने भएको जिल्ला शिक्षा अधिकारी प्रमोदकुमार साहले बताउनुभयो । यस कार्यक्रमले जिल्लाका सामुदायिक विद्यालयलाई सूचना तथा सञ्चार प्रविधिसँग जोड्न सघाउ पुग्ने भएको साहको भनाइ छ । विद्यालयललाई कम्प्युटर प्रदान गर्नका लागि जिल्ला शिक्षा अधिकारी साहको संयोजकत्वमा जिल्ला प्रशासन, नेपाल टेलिकम, शैक्षिक तालिम केन्द्र लगायतलाई समेटेर कार्यान्वयन समितिसमेत गठन गरिसकिएको छ । यस कार्यक्रमअन्तर्गत विभिन्न मापदण्ड पूरा गरेका विद्यालयलाई रु. एक लाख ४० हजारका दरले रकम उपलब्ध गराइने छ । सूचना प्रविधिका लागि अनुदान पाउने विद्यालयले अनुदानका लागि जिल्ला शिक्षामा निवेदन दिनुअघि  विद्यालयका तर्फबाट ६० हजारको जोड कोष जम्मा गर्नुपर्ने प्रावधान रहेको  सो कार्यक्रमका लागि जिल्ला शिक्षा कार्यालयबाट यस वर्ष मात्रै रु. एक करोड १३ लाख ३४ हजार अनुदान दिइनेछ भने अनुदान पाउने ८१ वटा विद्...

विद्यालयमा सहज प्रवेशमा रोक

काठमाडौ,  २०७० फागुन ११ गते ।  अबदेखि कुनै पनि संस्थाका पदाधिकारीहरु सहजै रुपमा विद्यालयमा प्रवेश गर्न नपाउने भएका छन् । लैङ्गिक समविकास सञ्जालको बैठकले विद्यालयमा प्रवेश गर्दा नेपाल सरकारको अनुमति लिएको परिचयपत्र देखाउनुपर्ने निर्णय गरेको छ । सञ्जालमा आवद्ध संस्थाहरुले नेपाल सरकारसँग सम्झौता गरेरमात्र कार्यक्रम सञ्चालन गर्नुपर्ने पनि नियम बनाइएको छ । 

सरकारी नियम, झारा टार्ने अनुगमन

बझाङ,  २०७० फागुन ११ गते ।  हिमाली क्षेत्रमा पनि प्रति १० साक्षरता कक्षाका लागि एक जना अनुगमनकर्तालाई खटाइने भएको छ । यसबाट त्यस्ता अनुगमनकर्ताले झारा टार्ने कार्यमात्र गर्ने प्रष्ट भएको छ । खटाइएका अनुगमनकर्ताले एक महिनामा एउटै साक्षरता कक्षा दुई पटक अनुगमन गर्नुपर्ने हुन्छ । उनले तीन महिनाको अवधिमा ६० वटा कक्षा अनुगमन गरेपछि साढे सात हजार रुपियाँ प्राप्त गर्नेछन् । बझाङ्को जिल्ला शिक्षा कार्यालयका अनौपचारिक शिक्षा हेर्नुहुने विद्यालय निरीक्षक हिक्मतबहादुर सिंहले हिमाली क्षेत्रमा पनि अन्य क्षेत्रको सरह अनुगमनको व्यवस्था लागू गर्दा अनुगमनकर्ताले तोकिएको अवधिमा सबै कक्षा अनुगमन गर्न सम्भव नभएको बताउनुभयो । उहाँले भौगोलिक विकटताका कारण अनुगमनकर्ताले नमूनाका रुपमा मात्र कक्षा अनुगमन गर्ने र कागजमा सबै कक्षा अनुगमन गरेको देखाउनसक्ने सम्भावना उत्तिकै रहेको बताउनुभयो ।  अनुगमनकर्ताले प्रतिकक्षा अनुगमनवापत १२५ रुपियाँ पाउने छन् । उनले त्यति कम पारिश्रमिकमा घण्टौँ टाढा रहेका साक्षरता कक्षाको राम्ररी अनुगमन गर्नेछन् भन्नेमा जिशिकाका पदाधिकारीहरु पनि विश्वस्त छैनन् । य...

त्रिभुवन उच्च माबि शंकरपोखरीको बार्षिकोत्सव सम्पन्न

रोशन तिवारी,  २०७० फागुन ११ ।  त्रिभुवन उच्च माबि शंकरपोखरी १ पर्वतको बार्षिकउत्सव कार्यक्रम शनिबार सम्पन्न भएको छ । बार्षिक उत्सवका अबसरमा १ हप्तासम्म सञ्चालन भएको खेलकुद प्रतियोगिताका बिजेताहरुलाई पुरस्कृत गरिएको थियो । बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष गंगाधर तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी समाजसेवी तथा शंकरपोखरी बहुमुखी क्याम्पस व्यबस्थापन समिती सल्लाहाकार खड्कबहादुर थापाले आगामी दिनमा बिद्यालयलाई जिल्लाकै उत्कृष्ठ नतिजा ल्याउने अभियानमा लागीपर्न आग्रह गरेका थिए । शैक्षिक गुणस्तर बढाउन शिक्षकहरुको भुमिका महत्वपुर्ण हुने बताउँदै थापाले शिक्षकहरुलाई बिधार्थीको मनोभावना बुझेर शिक्षण गर्न सुझाए । बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष गंगाधर तिवारीले बिद्यालयको हितमा समाजले खेलेको भुमिकालाई बिधालयले उच्च मुल्याङन गरेको बताउँदै आगामी दिनमा समाजको सहयोग रहिरहने बिश्वास ब्यक्त गरेका थिए । अभिभावककै चन्दा संकलन गरेर क्याम्पस समेत सञ्चालन गर्न सफल भएको बताउँदै तिवारीले स्थानियबासीले गरेको सहयोग र गुनको उच्च प्रसंसा गरे । कार्यक्रममा शिक्षक गोबिन्...

गाउँको सेवामा रमाएका महान सर

राजु पौडेल ११ फागुन, पर्वत । ‘जीवन बुझ्नसके जीवनलाई जीवनजस्तो बनाउन सकिन्छ तर जीवन बुझ्न नसके जीवन बाँचेर पनि मरेतुल्य हुन्छ’ यी शब्द पर्वतको विकट भुकताङ्गले गाविसको भुकदेउराली माविका प्रधानाध्यापक महानबहादुर गुरुङका हुन् । आफ्नो जीवनलाई जीवनजस्तो बनाएका महान् सर अहिले साँच्चिकै गाउँलेहरुका आस्था र भरोसाका केन्द्र बनेका छन् । गुहाटी विश्वविद्यालयबाट वीए पूरा गरेका गुरुङले नेपाल फर्केर पुनः वीएड गरे । उनको काम पढाउने मात्र होइन, समाजसेवीको रुपमा पनि उनले जिल्लामा परिचय बनाएका छन् । २००१ वैशाख १ गते जन्मेका गुरुङको बाल्यकालको धेरै समय भारतमै बित्यो । अध्ययनका क्रममा गाडी दुर्घटना हुँदा ०१८ मा बायाँ हात भाँचियो । राम्रो उपचार नपाउँदा भाँचिएको हातमा थप इन्फेक्सन देखिँदै गयो । जसबाट कर्मशील गुरुङले हेर्दा हेर्दै बाँया हात गुमाए । कुमबाट बाँया हात पुरै गुमाएका गुरुङले मन दह्रो बनाई जीवन बुझेर जीवनमा केही गरेर देखाउने अठोट गरे । भर्भराउँदै वैंशमै बाँया हात गुमाउनुपर्दा गुरुङले मन भाँचेनन् र हिम्मत हारेनन् । हात गुमेको शोकलाई शक्तिमा र चोटलाई उर्जामा बदलेर अध्ययन पूरा गरेर नेपाल फर...

दाङमा विद्यालयको भौतिक सुधारमा आठ करोड बढी रकम खर्च गरिने

तुलसीपुर (दाङ),  फागुन ११ गते । जिल्लाका सामुदायिक विद्यालयको भवन निर्माणसँगै मर्मत र अन्य भौतिक पूर्वाधारको निर्माणमा जिल्ला शिक्षा कार्यालयले यस वर्ष विशेष योजना अगाडि सारेको छ ।  विद्यालय क्षेत्र सुधारअन्तर्गत यस वर्ष विद्यालयको भौतिक सुधारका लागि रु आठ करोड ४७ लाख खर्च गर्न लागेको जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले बताउनुभयो ।   जिल्लाका सामुदायिक विद्यालयका भवन निर्माण, कक्षाकोठा मर्मत तथा फर्निचर व्यवस्थापन, विद्यालयको बाह्य वातावरण संरक्षण, छात्रा शौचालय निर्माणमा जोड दिइएको छ ।   शिक्षा कार्यालयका अनुसार यो वर्षमा ४१ सामुदायिक विद्यालयमा दुईकोठे भवन निर्माण गरिने भएको छ । भवन निर्माणका लागि प्रत्येक विद्यालयमा रु सात लाख ५० हजारले रु तीन करोड ४५ लाख रकम विनियोजन गरेको छ ।  त्यसैगरी यो चालु वर्षमा जिल्लाका ४१ सामुदायिक विद्यालयमा कक्षा पुनःस्थापना मर्मत तथा फर्निचर व्यवस्थापनका लागि रु ८२ लाख बजेट दिएको  छ ।  कक्षा कोठा पुनःस्थापना तथा फर्निचर व्यवस्थापनका लागि प्रतिविद्यालय रु दुई लाखको दरले रकम बाँडेको शिक्षा कार्यालयले जन...