Skip to main content

Posts

Showing posts from January, 2018

शैक्षिक गजल

गजल देशबाटै निरक्षर ता भगाउनु पर्छ अब । जन-जनमा चेतना जगाउनु पर्छ अब ।। जे जति स्रोत साधन उपलब्ध छन यहाँ । शिक्षाको बिकासमा लगाउनु पर्छ अब ।। समाजमा देखिएका कुरीति र कुसंस्कार । गण्डकीको भेलसंगै बगाउनु पर्छ अब ।। चेतनाको दियोसँगै सुगन्धित बासनाहरु । हरेक गाउँ बस्तीमा मग्मगाउनु पर्छ अब ।। गजल बिद्यालय भर्ना गरौं साना बाबु नानीलाई । प्रोत्साहन गर्ने गरौं पढ़ने लेख्ने बानीलाई ।। माया, ममता, स्नेहले राम्रो सिकाइ दिऊं । झोला बोकी रमाइ रमाइ स्कूल जानीलाई ।। सिर्जनाका लहरहरु उर्लिएर आउने गरी । फराकिलो बनाई दिऊं ज्ञानको खानीलाई ।। नेपालबाटै निरक्षरता उन्मूलन गरौं अब । उपलब्धि बढ़ाएर रोकौ शैक्षिक हानीलाई ।। साक्षरोत्तर कार्यक्रम अब शुरू गर्नु पर्छ । खेर जान दिनु हुन्न राज्यको लगानीलाई ।।

समाजबाद के हो

समाजबाद काल्पनिक समाजबाद हुंदै बैज्ञानिक समाजबादसम्म पूजिबाद र साम्यबाद बिचको संक्रमणकालिन चरण नै समाजबाद हो । समाजबादको जग: सबै मानबजातिको उन्नति, सबै मानिसहरुका बिचमा समानता,एक मान्छेबाट आर्को मान्छेको शोषण हुने प्रणालीको समाप्ती, मानिस मानिसका बिचमा सार्बभौमिक प्रेमको स्थापना जस्ता कुराहरुका बारेमा मानब समाजका अगुवाहरुले धेरै पहिलैदेखि सोंच्दै र चिन्तन मन्न गर्दै आएका हुन् । असमानताको सुरुवात समाजमा बर्ग बिभाजनसंगै सुरु भयो । बर्ग बिभाजनसंगै दुई बिपरीत बिश्व–द्रष्ट्रिकोण र दुई बिपरीत स्वार्थहरु देखापरे । समाजको बिशेषधिकार सम्पन्न बर्ग अथवा हुने खानेहरुले शोषणमुलक ब्यवस्था टिकाइराख्न चाहन्छन् भने शोषित पिडितहरु बर्गीय शोषणलाई समाप्त पार्ने चाहन्छन् । समाजमा रहेको असामनता हटाउन धेरै चिन्तन र प्रयोग भएका छन् । समाजमा प्रयोग हुनुभन्दा पहिले कुनै बिचार कल्पना (Utopia) कै रुपमा रहन्छ । समाजबादको कल्पना: काल्पानीक समाजबादी बिचारधाराका संस्थापक थमस मूरले सन् १४७७–१५३५ को अवधिमा आफनो पुस्तक राज्यको सर्बश्रेष्ठ ब्यवस्था र यूटोपियाको नयां द्धीपको बारेमा अत्यन्त मनोरञ्जक र उपयोगि पुस्तक १