Skip to main content

Posts

Showing posts from April, 2014

EDUCATION POLICIES AND PLANS

Major Reform Agendas in School Sector Reform Programme (SSRP)   School Education System Introduction of eight years basic and four years secondary education. Introduction of technical and vocational stream beginning at grade 9  Provision of alternative mode of schooling up to higher secondary level with equivalent status as formal education and certification through the same National Examination Board. School Provision  Planned distribution of schools based on defined norms and criteria. Institutionalized (Private) Schools  Terms of Partnership between the local government and the private providers;  Exploring possibilities to run school through cooperatives;  Regulatory framework to ensure access, equity and quality. Free Education  Provision of free education gradually up to secondary. Provision of Education through Local Government  Ensuring the right to basic education through formal or alternative modes;  Local governments (VDC, Municipality and DDC) assuming educatio

प्लसटुमा विद्यार्थी घटे

१८ बैशाख,  काठमाडौँ । उच्च माध्यमिक तहमा वार्षिक परीक्षामा सम्मिलित हुने विद्यार्थी संख्या घट्दै गइरहेको पाइएको छ । यस वर्ष कक्षा ११ र १२ को परीक्षामा सम्मिलित हुने विद्यार्थीहरु गत वर्षकोभन्दा ६८ हजार ४०६ ले कम छन् । उच्च माध्यमिक शिक्षा परिषद्का अनुसार गत वर्ष आठ लाख ३३ हजार १३१ जनाले परीक्षा दिएकोमा यस वर्ष सात लाख ६४ हजार ७२५ जनाले परीक्षा दिँदैछन् । यस वर्ष कक्षा ११ र १२ का कुल विद्यार्थी नौ लाख ६५ हजार थिए । दुई लाखभन्दा बढी विद्यार्थीले परीक्षाका लागि आवेदन फाराम नै भरेनन् । परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्यालले कतिपय वैदेशिक रोजगारीमा गएकाले परीक्षार्थी संख्या घट्दै गएको अनुमान गर्दै भन्नुभयो, “कतिपय छात्राको कम उमेरमै विवाह हुने गरेकाले पनि उच्च माध्यमिक तह पूरा गर्न पाउँदैनन् ।” यसैबीच, कक्षा १२ को वार्षिक परीक्षा वैशाख १९ गतेबाट सुरु हुँदैछ भने कक्षा ११ को परीक्षा आगामी जेठ १ गतेबाट सञ्चालन हुने भएको छ । कक्षा ११ को परीक्षामा तीन लाख ८३ हजार ४०३ जना र कक्षा १२ को परीक्षामा तीन लाख ८१ हजार ३२२ जना सम्मिलित हुने भएका छन् । देशभरिका तीन हजार ५९६ विद्यालयका ती

छात्रावासका नाममा अवैध बालगृह सञ्चालन

१८  वैशाख, सुन्दरीजल । काठमाडौँको उत्तर-पूर्वी भेगस्थित नयाँपाटी गाविसमा संस्थागत विद्यालयको छात्रावासका नाममा अवैध रुपमा बालगृह चलाइरहेको रहस्य खुलेको छ ।  जोरपाटी-३ स्थित नयाँबस्तीमा रहेको पेगासस अङ्ग्रेजी विद्यालयले नयाँपाटी-८ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको सीमामा गुपचुपरुपमा पेगासस चिल्डे्रन वेलफेयर नामक बालगृह जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर सार्वजनिक रुपमा भने पेगासस छात्रावास देखाएको हो । विसं २०६७ असोज ४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको वेलफेयरको कार्य समितिमा विद्यालयका लगानीकर्ता अध्यक्ष र अन्य दुई शिक्षक सदस्य रहेका छन् । पेगासस विद्यालयका लगानीकर्ता र प्रधानाध्यापकसमेत रहेका वेलफेयर अध्यक्ष किन्ले डेण्डुप तामाङ लामाको नाममा रहेको आठ रोपनी जग्गामा बनेको भवनमा ८० जना बालबालिका आवासीय सुविधासहित बसिरहेका छन् । सबै विद्यार्थी पेगासस विद्यालयमै अध्ययन गर्ने गरेको लामाले बताए । “विदेशीहरुको दर्तावाला च्यारिटीमार्फत सहयोग पनि लिने गरेका छौँ, तर लामो प्रक्रिया अपनाउनुपर्ने भएकाले विदेशी सहयोग लिँदा सरकारको अनुमति लिएका छ्रैनौँ”-लामाले भने ।

शिक्षकले कुट्दा विद्यार्थीको जिउमा नीलडाम

गोपाल दाहाल १८ बैशाख, धरान । नराम्रा अक्षर लेखेको भन्दै धरानको कार्मेल बोर्डिङका एक शिक्षकले विद्यार्थीलाई कुटपिट गरेका छन् । शिक्षक टासी शेर्पाले कुट्दा कक्षा ३ का विद्यार्थी ९ वर्षीय बालक साङ्गे शेर्पाको शरीरमा नीलडाम बसेको छ । नुहाउने क्रममा शरीरमा नीलडाम र चोट देखिएपछि बालकले उनका काका मिङ्मा चुक्टे शेर्पालाई आफूलाई शिक्षकले कुटेको बालकले बताएका थिए । शारीरिक रुपमा कमजोर भतिजलाई चोट लाग्नेगरी कुटेको देखेपछि आक्रोशित मिङ्माले भने ‘भतिजलाई कुटेकोबारे गुनासो गर्दा उल्टै मलाई जातीय कुरा जोडेर सम्झाउन खोजियो, विद्यालयमा यातना बन्द गरिनु पर्छ ।’ विद्यालयका निर्देशक बीरबल शेर्पा भने शिक्षक टासीलाई विद्यार्थी कुट्न नहुनेबारे ज्ञान नभएकाले घटना भएको बताए । विद्यार्थीलाई सामान्य चोट लागेको बताउँदै उनले विद्यालयले उपचार गरिदिने बताए । शिक्षक टासीलाई सम्झाएर माफी मगाएको निर्देशक शेर्पाको भनाइ छ । विद्यालयमा बालमैत्री वातावरण नीति ल्याइएपनि धरानका अधिकांश निजी बोर्डिङमा यस्तो वातावरण पाईंदैन । शिक्षकले विद्यार्थी कुट्ने गरेका घटना पटक पटक सार्वजनिक हुँदा पनि सरोकारवालाले रोक्नेतर्फ चा

निजी विद्यालयमा बढाइएको शुल्क फिर्ता

पाँचथर । विद्यालयमा लगाइएको ताला खुल्यो निजी विद्यालयहरुले बढाइएको शुल्क फिर्ता लिने निर्णय गरेपछि नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले पाँचथरका निजी तथा आवासिय विद्यालयहरुमा लगाएको तालाबन्दी खोलेको छ। पाँचथरमा प्याप्सनको निर्णय अनुसार निजी विद्यालयहरुले १० प्रतिशत भन्दा बढि शुल्क वृध्दि गरी अभिभावकहरुको ढाड सेक्ने काम गरेकेा भन्दै अनेरास्ववियु क्रान्तिकारीले आइतवार जिल्लास्थित निजी विद्यालयहरुमा तालाबन्दी गरेको थियो। मंगलवार अखिल क्रान्तिकारीका पाँचथर अध्यक्ष राजन खतिवडा र प्याप्सन पाँचथरका अध्यक्ष गजेन्द्र मावोले संयुक्त प्रेस विज्ञप्ती निकालेर यस शैक्षिक सत्रमा कुनै शुल्क वृध्दि नगर्ने साथै यस अगाडि विद्यार्थीवाट असुल गरीएको बढि रकम आगामी मासिक शुल्कमा समायोजन गर्ने सहमति भए सँगै लगाइएको ताला खोलिएको हो ।   सर्वोच्च अदालतको आदेश र शैक्षिक शुल्कको मापदण्ड विपरित जिल्लामा संचालीत निजी विद्यालयहरुले मनोमानी रुपमा शुल्क वृध्दि गरी विद्यार्थी भर्ना गर्न थालेपछि अखिल क्रान्तिकारी नेपाल विद्यार्थी संघ जिल्ला शिक्षा कार्यालय लगायत निकायवाट सर्वत्र विरोध भएपछि अन्ततः निजी विद्यालय

परीक्षार्थीलाई ड्रेसकोड हट्यो

काठमाडौं,   १८ बैशाख । उच्च माध्यमीक शिक्षा परिषदले वैशाख १९ गतेदेखि सञ्चालन हुने कक्षा १२को परीक्षामा विद्यार्थीलाई स्कुल पोसाक अनिवार्य नभएको जनाएको छ।  परीक्षा नियन्त्रक दुर्गा अर्यालले बुधबार परीक्षाको पूर्ण तयारीबारे जानकारी गराउँदै स्कुल पोसाक लागू नभएका प्लस टुको हकमा परीक्षा केन्द्रमा विद्यार्थीलाई पोसाक अनिवार्य नगर्ने व्यवस्था मिलाइएको बताए।  

खुला शिक्षामा विद्यार्थी अभाव

काठमाडौं,   २०७१ वैशाख १८ गते । त्रिभुवन विश्वविद्यालयले यसै वर्षदेखि लागू गरेको खुला तथा दूर सिकाई प्रणाली शिक्षामा विद्यार्थी अभाव भएको छ । त्रिविले पहिलो चरणमा यस वर्षदेखि शिक्षाशास्त्र संकाय पढाइ हुने ६ वटा क्याम्पसमा खुला शिक्षाको पढाइ सुरु गरेको छ । खुला शिक्षाका लागि गोरखाको गोरखा क्याम्पस, सिरहाको सूर्यनारायण सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पस र सुर्खेत क्याम्पस छानिएका छन् । अहिलेसम्म ती सबै क्याम्पसमा गरेर एक सय १६ जना मात्र विद्यार्थी भर्ना भएका छन् । जसमध्ये सबैभन्दा धेरै अर्थात ४० जना विद्यार्थी भक्तपुरको सानोठिमी क्याम्पसमा भर्ना भएका छन् । गोरखा क्याम्पसमा चार जना मात्र भर्ना भएका छन् । त्रिवि खुला तथा दूर सिकाइ कार्यक्रमका संयोजक श्यामकृष्ण महर्जनले भने, ‘नयाँ कार्यक्रम सञ्चालनका लागि विभिन्न माध्यमबाट प्रचारप्रसार गरिएको थियो ।    सरोकारवालहरुलाई पनि जानकारी गराइएको थियो । तर किन हो खोइ सोचेजति विद्यार्थी आएनन् ।’ स्नातकोत्तर तहमा सेमेस्टर प्रणालीको पढाइ सुरु गरेपछि नियमित रुपमा क्याम्पस आउन नसक्ने विद्यार्थीलाई लक्षित गरी त्रिविले यो प्रणालीको पढाइ

अवैध निजी विद्यालय बन्द गर्न माग

बेलौरी (कञ्चनपुर),  वैशाख १७ गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कञ्चनपुरले स्वीकृतिबिना सञ्चालित निजी विद्यालय बन्द गर्न माग गरेको छ ।  जिल्ला शिक्षा अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले सरकारी विद्यालयले विभिन्न नाममा लिने शुल्कसमेत बन्द गर्नुपर्ने माग गरेको छ । ‘सरकारी सेवासुविधा लिई निजी विद्यालयमा पढाउने निजी विद्यालयका सेयरधनी शिक्षकहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्छ’– ज्ञापनपत्रमा लेखिएको छ–‘बोर्डिङ स्कुलहरुले विभिन्न बहानामा लिइरहेको मनोमानी चर्काे शुल्क तत्काल बन्द गर्नुपर्छ ।’ प्रक्रिया नै पूरा नगरी न्यूनतम शैक्षिक योग्यता नपुगेका व्यक्तिहरुले महँगो शुल्क लिई सञ्चालनमा रहेका ट्युसन सेन्टर बन्द गरी कारबाही गर्नुपर्ने मागसमेत ज्ञापनपत्रमा गरिएको छ । शिक्षा कार्यालयबाट वितरण हुने सेवासुविधा निष्पक्ष एवम् पारदर्शी ढङ्गले वितरण गरिनुपर्ने, निजी विद्यालयहरुले पुस्तक खरिदमा लगाएको सिन्डिकेट प्रणालीको अन्त्य गरिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । रासस

गुल्मीको दुविचौरमा मोटरसाइकल दुर्घटना, शिक्षकको मृत्यु

गुल्मी, १६ वैशाख । गुल्मीको दुविचौरमा मोटरसाइकल दुर्घटना हँुदा एक शिक्षकको मृत्यु भएको छ ।  गौँडाकोटबाट तम्घास आउँदै गरेको लु११प ७१८२ नम्बरको मोटरसाइकल दुविचौर–४ खोल्टेपानीमा सोमबार साँझ दुर्घटना हँुदा तम्घास–२ निवासी २८ वर्षीय दानबहादुर खत्रीको मृत्यु भएको हो । म्यालपोखरी माध्यमिक विद्यालय गौँडाकोटका शिक्षक रहेका खत्री विद्यालयबाट घर फर्कने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गुल्मी जुभुङ्ग–१ का दिनेश थापा घाइते भएका छन् । थापाले नजिकैबाट लिफ्ट मागेर चढेको र मोटरसाइकल तीव्र गतिमा रहेकाले नियन्त्रण गर्न नसकेर दुर्घटना भएको बताएका छन् । मृतकको सडकदेखि १० मिटर तल खसेर खाडलमा टाउको अड्किएको थियो भने मोटरसाइकल पछाडि बसेका घाइते सडकमै थिए । मोटरसाइकल भने सडकबाट १०० मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निशान्त्त श्रीवास्तवले जानकारी दिनुभयो । घाइते थापाको जिल्ला अस्पताल तम्घाँसमा उपचार भइरहेको छ ।

माविविहीन छुमचौर गाविसका विद्यार्थीलाई ठूलो सङ्कट

जुम्ला,  वैशाख १६ गते । जुम्लाको छुमचौर गाविसमा माध्यमिक विद्यालय नहुँदा त्यस गाविसका विद्यार्थीहरूलाई अहिले पनि पढ्नका लागि ठूलो सङ्कट परेको छ ।  जिल्लाका २९ वटा गाविस मावियुक्त भइसक्दा छुमचौर गाविस अहिलेसम्म पनि निमाविमा सीमित छ । प्रत्येक गाविसमा एक–एकवटा र कुनैमा त दुईवटा मावि भइरहेको बेलामा यस गाविसका विद्यार्थी अहिले पनि घण्टौँ लगाएर छिमेकी गाविस पातारासीको गङ्गा मावि पेरे र डिल्लीचौर गाविसको ऋणमोक्ष उच्चमाविमा पढ्न बाध्य भएका छन् ।   छुमचौर गाविसबाट विद्यार्थीहरूलाई पातारासी जान दुई घण्टा र डिल्लीचौर जान ढाई घण्टा लाग्दछ । समय लामो लागे पनि सुख्खा सिजन स्वीकारयोग्य भएता पनि वर्षा सिजनमा भने बाढी पहिरोको आतङ्कले सताउने गरेको त्यस क्षेत्रका अभिभावक बताउँछन् । मावि अनुमतिका लागि पाँच वर्षयता देखि धाए पनि जिल्ला शिक्षा कार्यालय जुम्लाले त्यसको कहिले सम्बोधन गर्न नसकेको स्थानीय समाजसेवी ताराबहादुर बोहराले गुनासो गर्नुभयो ।   सम्बन्धित निकायले सो गाविसमा मावि स्थापनाको मागलाई बेवास्ता गरेको भन्दै गाविस सचिव बालकृष्ण चौलागार्इंको नेतृत्वमा विद्यालय व्यवस्थापन समिति र अभिभावकहर

साक्षरता कक्षामा एकै परिवारका दश जना नातिनी पढाउँदै, हजुरआमा पढ्दै

लक्ष्मण पौडेल भैरहवा, बैशाख १६ गते । “नातिनीलाई पढाइयो, अहिले पढाएको काम लाग्यो”–६० बर्ष उमेर काटेकी फुलादेवी चौधरीले खुशी हुँदै भन्नुभयो । रुपन्देहीको बोधबार गाविस बिर्ता गाउँकी फुलादेवी आजभोलि गाउँमा खुलेको साक्षरता कक्षामा अक्षर चिन्दै हुनुहुन्छ । उहाँसँगै एकै परिवारको तीन पुस्ताका दश जना साक्षरता कक्षामा सहभागी छन् ।    एउटै परिवारका यति धेरै जनाले साक्षरता कक्षामा सहभागी हुनाले निरक्षरको संख्या अत्यधिक भएको संकेत गरेको छ भने अर्काेतिर उनीहरुको यो सहभागिताले गाउँमा संचालन भएको साक्षरता कक्षामा रौनकता थपिदिएको छ ।     फुलादेवी चौधरीको अगुवाईमा साक्षरता कक्षामा भेटिएका परिवारका अन्य सदस्यहरुमा मत्थी चौधरी, सुनिता चौधरी, आशा चौधरी, कलावतीदेवी चौधरी, बिष्णुदेवी चौधरी, फिरिया चौधरी, अञ्जु चौधरी, रक्ति चौधरी र गीता चौधरी छन् । कक्षामा सहभागी भएकाहरु नाताका हिसाबले हजुरआमा, आमा र बुहारी हुन् । उनीहरुलाई अक्षर चिनाउने जिम्मेवारी नातिनी सुमित्रा चौधरीले पाउनुभएको छ । जिल्ला शिक्षा कार्यालय रुपन्देहीका अनुसार सरकारले बोधबार गाविसमा मात्रै अहिले २५ सय २९ जना निरक्षरलाई साक्षरता कक्षा म

नयाँ विज्ञापन गर्ने तयारीमा शिक्षक सेवा आयोग

भक्तपुर,   बैशाख १६    ।  शिक्षक सेवा आयोग पुनः सात हजार स्थायी शिक्षक दरबन्दीका लागि विज्ञापन गर्ने तयारीमा जुटेको छ । आयोगले गत वर्ष १३ हजार ५९ दरबन्दीका लागि विज्ञापन माग गरेको थियो । आयोगका प्रशासकीय प्रमुख (सहसचिव) खगेन्द्र नेपालले आगामी साउनमा विज्ञापन गर्ने तयारी भइरहेको बताउँदै भन्नुभयो, “त्यसका लागि जिल्लाहरुबाट रिक्त दरबन्दीको सङ्ख्या माग गरेका छौँ ।” आयोगले यस पटक २०७० साउन १ गतेदेखि आगामी २०७२ असार मसान्तसम्म रिक्त हुने दरबन्दीमा नयाँ विज्ञापन गर्न लागेको छ । आयोगले यस वर्ष २०७० साउनदेखि २०७१ असार मसान्तसम्मको दरबन्दीमा नयाँ विज्ञापन माग गर्ने सोचाइ बनाए पनि गत वर्ष लिइएको परीक्षाको नतिजा प्रकाशनमा ढिलाइ भएकाले यस वर्ष एकै पटक दुई वर्षकै विज्ञापन खुलाउन लागेको हो । प्रशासकीय प्रमुख नेपालले जिल्लाहरुबाट तथ्याङ्क संकलन गर्ने कार्य भइरहेको जानकारी दिँदै अहिलेसम्ममा करिव सात हजार पद रिक्त हुने अनुमान गरिएको बताउनुभयो । गत २०६९ सालमा १७ वर्षपछि आयोगले शिक्षक पदका लागि खुला विज्ञापन माग गरेको थियो । गत जेठमा लिइएको लिखित परीक्षाको नतिजा गत मंसिर महिनामा प्रकाशित गर

एमबीबीएस पढ्न ४२ लाख ! कलेजहरुले गरे शुल्क निर्धारण

काठमाडौं,  वैशाख १६ गते  । सरकारले चिकित्सा विज्ञान (एमबीबीएस) अध्ययन शुल्क निर्धारणमा वास्तै नगरेपछि मेडिकल कलेजहरुले यो वर्षका लागि ४२ लाख रुपैयाँ तय गरेको छन् । शिक्षा मन्त्रालयले गठन गरेको शुल्क प्रस्ताव समितिले ३ वर्षअघि सवा ३१ लाख रुपैयाँ प्रस्ताव गरे पनि कार्यान्वयन नहुँदा मेडिकल कलेजको मनपरी चल्दै आएको छ । कलेज सञ्चालकले आपसी समझदारीमा शुल्क तय गर्छन् । मेडिकल कलेज आबद्ध एसोसिएसनका अध्यक्ष तथा नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा. सुरशे कनौडियाले गत वर्ष ४० लाख बनाइएको बताए । ‘सबै कुरा महँगिएकाले अध्ययन शुल्क बढाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘राष्ट्र बैंकले प्रक्षेपण गर्ने बजार मूल्यका आधारमा शुल्क निर्धारण गरिएको हो, मनपरी होइन ।’ सरकारले नै विगत केही वर्षदेखि शुल्क निर्धारण नगरेको उनले बताए। मन्त्रालयले भने मेडिकल कलेजलाई आफूखुसी शुल्क तय गर्ने अधिकार नरहेको बताएको छ । सहप्रवत्ता रोजनाथ पाण्डेले शिक्षामन्त्रीको अध्यक्षमा गठन भएको उच्चस्तरीय समितिले समग्र मेडिकल शिक्षाबारे अध्ययन गरिरहेको जानकारी गराउँदै मनपरी गर्नेलाई कारबाही गरिने बताए ।