Skip to main content

Posts

Showing posts from January, 2019

शुभकामना

प्रभावशाली, धैर्यशाली, सुन्दर, सहनशील, क्षमाशील, रुपवान, बलवान, विद्वान, बुद्धिमान, गुणवान, ऐश्वर्यवान, विचारवान, पराक्रमी, तेजस्वी, शूरवीर, धर्मवीर, कर्मवीर, सर्वज्ञाता, सर्वगुणसम्पन्न, कल्याणकारी, न्यायकारी, हितकारी, सदाचारी, दयालु, दयासागर, संयमी अनि त्यागी महापुरुष, विद्यार्थीका चहेता गुरु, थोरै,,,,तर सटिक बोल्ने, भौतिक-नैतिक-मानसिक-आर्थिक-शारीरिक सबैथोकले अरुको सहयोगमा जुट्ने  कर्मलाई नै धर्म मान्ने, उचाई भन्दा अग्लो सोच भएका, कुशल सल्लाहकार, मृदुभाषी मेरा अग्रज

निबन्धहरु नेपाली

                                                                      जीवनमा कर्मको महत्व कर्म र जीवन एउटै सिक्काका दुई पाटा हुन् । सामान्य अर्थमा कर्म भनेको क्रियाकलाप तथा काम भन्ने हुन्छ । जीवन भनेको कुनै पनि व्यक्तिको बाँचुञ्जेलको समयावधि हो । कर्म मान्छेले गर्छ । कर्म हुनको लागि एउटा स्वस्थ जीवनको आवश्यकता पर्दछ । व्यक्तिको दैनिकी जीवनमा गरिने यावत कार्यकलापलाई नै कर्म भनिन्छ । व्यक्तिले गर्ने कामका आधारमा नै उसको जीवन सार्थक वा निरर्थक हुने गर्दछ । जीवनमा तबमात्र जीवन बन्छ जब जीवनमा कर्म गरिन्छ । अन्यथा कर्मबिनाको जीवन केवल भेन्टिलेटरमा सुतेको शरीर मात्र हुन्छ, वास्तविक जीवन हुन सक्दैन । मान्छेले आफ्नो भाग्य र भविष्य उज्ववल बनाउनको लागि त झन मानिसको जीवनमा कर्म अपरिहार्य हुन्छ । मानिसले गरेका दैनिकी व्यवहारबाट नै उसले आफ्नो गन्तव्य पहिल्याउने गर्दछ । जीवनलाई सफल तुल्याउन , सफलता प्राप्त गर्न, समाजसेवा गरेर मान कमाउन , मिठो खान, रमाइलो गर्न, खुसी हुन आदि यावत कार्यहरू परिश्रम र लगनशीलताबाट मात्र प्राप्त गर्न सकिन्छ । परिश्रम र लगनशीलताको अर्को नाम नै कर्म अथवा काम हो । कार्य तथा

मुक्तक

मुक्तक १. रिसै रिसले मान्छेहरू जल्न थालि सके । त्यही ज्वालोमा दन्दन बल्न थालि सके ।। जल्नु र बल्नुको तालमेल मिलेन कि । कठै बरा हेर्दा हेर्दै  ढल्न थालि सके ।। २. कहाँ बाट यति धेरै  किन झर्यो होला । हाम्रै डाँडा लाई कति माया गर्यो होला ।। पक्कै पनि ठूलै मान्छेको देन हुनु पर्छ । कुन नेताको पहलमा याे हिउँ पर्यो होला ।। ३.

नेता ! कति खान्छौं यार

नेता ! कति खान्छौ, यार ? माटो खायौ, बाटो खायौ । इँटा खायौ, बालुवा खायौ ।ढुंगा खायौ, सिमेन्ट खायौ । रङ खायौ, रड खायौ । निष्ठा खायौ, नीति खायौ । विधि खायौ, विधान खायौ ।इमान खायौ, जमान खायौ । पुल खायौ, सडक खायौ । मल खायौ, ढल खायौ । जल खायौ, नल खायौ । मोटर खायौ, जहाज खायौ ।तलब खायौ, भत्ता खायौ । घूस खायौ, भुस खायौ ।तेल खायौ, भेल खायौ । घर हैन, महल बनायौ ।अझै तिमी भोकै रह्यौ, घर–भाडासमेत आफैं बजायौ ! एउटा मान्छे भाडामा लिन्छौ, अन्टसन्ट भुइँमा लडाउँछौं । गज्जब छ यार, त्यसको पनि भाडा खान्छौ ! अरे यार... नेता तिमी ! कति खान्छौ, कति तान्छौ । नांगै अझै कति हिँड्छौ ? बाँकी बाह्रखरीमा- https://baahrakhari.com/news-details/172551/2019-01-19 धन्यवाद बाह्रखरी !

प्रविधि मैत्री शिक्षक समाज नेपाल को चौथो राष्ट्रिय भेला २०७५ पौष २८

प्रकृति अधिकारी, शिक्षा पत्रकार भौतिक संरचना प्रविधि मैत्री हुनु पर्यो शिक्षक प्रविधिले सुसज्जित भएर कक्षाकोठामा प्रस्तुत हुनु जरुरी छ । रोशी गापा प्रशासकिय प्रमुख कृष्ण प्रसाद बस्याल गुरु विगत वर्तमान र भविष्यलाई जोड्ने सेतु हुन् । गुरु आफै प्रविधिमा दक्ष हुनु पर्यो । सिकारुको सिक्ने तरिका र क्षमता फरक हुने भएकोले उपयुक्त प्रविधिको प्रयोग गरी सिकाउनु पर्छ । रिता तिवारी प्रधानाध्यापक पद्म कन्या मा वि प्रविधि sharing गर्ने फोरम, सिक र सिकाऊ थानेश्वर बस्याल पेन्टागन कलेज प्रविधिमैत्री समाज अहिलेको युगको आवश्यकता हो । अबको शिक्षक प्रविधि सिप परीक्षण गरेर उत्पादन गर्नु पर्छ । गुरु मैनाली, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय कम्प्युटर ल्याब 1:10 को अनुपात मा कम्प्युटर । हुनु र प्रयोग गर्नु फरक कुरा हो । भएका function लाई अधिकतम प्रयोग गर्नु पर्यो । डिजिटल content Websites Storage Elibrary Internet Intranet School website Email address बिना पैसा website बनाउन सकिन्छ राष्ट्रिय सूचना प्रविधि केन्द्रले निशुल्क domain दिन्छ । विद्यालयले राष्ट्रिय सूचना प्रविधि केन्द्र

गणितमा विद्यार्थीहरु असफल हुनाका कारणहरु

गणितमा विद्यार्थीहरु असफल हुनाका कारणहरु (१) जग कमजोर हुनु  र पूर्व ज्ञानको कमी           गणित पूर्व धारणाहरुको प्रयोग गरी समस्याहरुको समाधान गर्ने विषय हो । कुनै पनि नयाँ विषयवस्तु सिक्नको लागि त्यससँग सम्बन्धित पूर्व ज्ञान हुनु आवश्यक हुन्छ । तर हाम्रा सामुदायिक विद्यालयहरुका तल्ला कक्षाहरुमा गणित विषयको प्रभावकारी शिक्षण सिकाइ हुन सकिरहेको छैन । गणित विषयको राम्रो ज्ञान नभएका शिक्षकहरुकै कमजोरीका कारण बिद्यार्थीहरुमा गणितीय धारणाहरुको विकास हुन नसकेको हो ।  गणितका आधारभूत  धारणाहरु बिद्यार्थीहरुले राम्रोसँग बुझ्न नसक्दा विद्यार्थीहरुको धारणात्मक बोध कमजोर भएर गएकाले गणितीय उपलब्धि पनि कमजोर भएको देखिन्छ । (२) गणितप्रतिको भय        गणितप्रति सामुदायिक विद्यालयका विद्यार्थीहरु बढी भयभित देखिन्छन् । गणित गाह्रो हुन्छ भन्ने खराब मनोविज्ञान नै गणित सिकाइको सबैभन्दा संवेदनशील र अदृश्य चुनौति भएको छ । उनीहरुमा गणित सिक्न सकिन्छ भन्ने भावना र मनोबल उच्च नहुँदा चाहेर पनि गणितीय सिकाइले स्थायित्व पाउन सकेको छैन । विद्यार्थीहरुमा लुकेर रहेको गणितप्रतिको भय एवं त्रासलाई नहटाउँदा सम्म

सामाजिक शिक्षा

सामाजिक शिक्षा १. प्राथमिक तहको सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने प्रमुख ५ शिक्षण विधिहरु उल्लेख गर्दै कुनै एक विधिको परिचय सहित प्रभावकारी तरिका वाट प्रयोग गर्ने तरिका उल्लेख गर्नुहोस । प्राथमिक तहको सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने शिक्षण विधिहरु यस प्रकार छ । विद्यार्थी केन्द्रित विधि ः प्रश्नोत्तर, अभिनय, क्षेत्र भम्रण, प्रदर्शन सूचना प्रविधिमा आधारित विधि ः भिडियो क्लिप, डकुमेन्ट्ी परियोजना कार्य विधि ः घटना अध्ययन, कार्यमूलक अनुसन्धान, सामुदायिक कार्य समालोचनात्मक विधि ः जिग्स, ग्राफिटी, द्रुत लेखन, ग्यालरी वाक प्रिजन्टेसन शिक्षक केन्द्रित विधि ः व्याख्यान, प्रश्नोत्तर, कथाकथन - विद्यार्थी केन्द्रित विधि - विद्यार्थीलाई बढि सक्रिय बनाउने विधि - विद्यार्थी आफै खोजेर सिक्ने विधि - गरेर सिक्ने विधि - दिगो स्मरणको विधि । प्रभावकारी किसिमवाट शिक्षण विधि प्रयोग गर्ने तरिका । - विषयवस्तुमा ध्यान केन्द्रित गराउने । - विद्यार्थीलाई नै बढि सक्रिय गराउने । - समय समयमा सहजीकरण गर्ने । - प्रशस्त सामग्रीको व्यवस्था गर्ने । - विषयवस्तु अनुसार समूह विभाजन गर्ने । - बेला बेला