Skip to main content

Posts

Showing posts from December, 2017

Edu article

सामुदायिक शिक्षामा बिश्वासको संकट भूमिराज शर्मा गाउँ पालिकाको वडा कार्यालयमा शिक्षा सरोकारवालाहरु बीच बैठक चलिरहेको थियो । बैठकको मुख्य एजेण्डा थियो "सामुदायिक शिक्षाको सुधार" । सो बैठकमा  जनप्रतिनिधिहरु ,  वडा भित्र रहेका सबै सामुदायिक बिद्यालयका बिब्यस अध्यक्षहरु  र  प्रधानाध्यापकहरुको बाक्लो उपस्थिति थियो । बैठकमा सामुदायिक शिक्षा कमजोर हुनुको कारण र सुधारका उपायहरुको बिषयमा आफ्ना भनाईहरु राख्ने क्रम चलिरहेको थियो । त्यसै क्रममा  एक जना प्रअले कर्मचारीहरु, हुने खानेहरु र स्वयं जनप्रतिनिधिहरुका छोरा छोरी बोर्डिंङ  स्कूलमा पढ़ाई रहेको अनि सामुदायिक बिद्यालयलाई उपेक्षा गरेको कारण ती बिद्यालय गरीबका छोरा छोरी पढ्ने बिद्यालयको रुपमा रूपान्तरित भइरहेको गुनासो गरे ।  उनको गुनासो सकिए लगत्तै एक जना जनप्रतिनिधि उठेर बोल्न थाले । उनले भने "त्यहाँ पढाउने शिक्षककै सन्तान त बोर्डिङ स्कुलमा पढ़न जान्छन् । स्वयं शिक्षकलाई त आफ्नो योग्यता र क्षमता प्रति बिश्वास छैन भने  हामीले कसरी आफ्नो बच्चा सामुदायिक बिद्यालयमा पठाउने ? "  उनको यो प्रति प्रश्न पछि बैठकमा एक छिन सन्नाटा छायो

Med math course

Course categories: Semester 1 MathEd 515 Foundation of Mathematics Education MathEd 516 Abstract Algebra MathEd 517 Mathematical Statistics Math Ed. 0519 History of Mathematics Semester 2 MathEd 528 Complex Variable and Numerical Analysis MathEd 527 Projective Geometry MathEd 526 Linear Algebra MathEd 525 Trends in Mathematics Education Semester 3 SME Studies in Mathematics Education II MathEd 538 Measure Theory and Topology MathEd 537 Differential Geometry MathEd 535 Teaching Undergraduate Mathematics MathEd 536 Studies in Math Education Semester 4 MathEd 545 Practicum MathEd 544 Thesis MathEd 547 ICT in Mathematics Education MathEd 542 Operation Research

शिक्षा ऐन को सवाल

सबैभन्दा पहिला शिक्षा नीति, त्यसको लागि शिक्षा योजना अनि त्यो योजना कार्यान्यन गर्नको लागि शिक्षा ऐन, नियमावली, निर्देशिका र त्यसपछि कार्यविधि आदि बनाउने  कुरा फुल, लार्भा, प्यूपा र वयस्क भनेजस्तै सीधा सीधा कुरा हुन्। अहिले केहि स्थानीय तहका शिक्षा अधिकारीहरु मन्त्रालयले दशैं अघि तयार गरेर पार लाउन नसकेको नियमावलीको ड्राफ्टको शीर्षकमा टिपेक्स लाएर यो ...... पालिकाको शिक्षाको लागि बनाएको नीति वा नियमावली वा कार्यविधि भन्दै हिडेको भेटिएकोले सम्बन्धित सबै जना होसियार रहन अनुरोध छ। कारणहरु ------ १. त्यो बतासे दस्तावेजले कसको कुन नीतिको सेवा गर्छ, कुन योजना कार्यान्वयन गर्ने हो थाहा छैन। २. हिजो निर्वाचनमा प्रयोग गरिएको घोषणापत्र , प्रतिवध्दताहरु र जनताद्वारा उठाइएको माग मुद्दाहरुको बारेमा त्यसलाई केहि थाहा छैन। ३. शिक्षा क्षेत्रको प्रमुख साझेदार, शिक्षकको संवैधानिक मौलिक हकको सम्मान गर्दैन। बरु स्थानीय शिक्षा समितिमा कर्मचारीले सदस्य मनोनित गर्ने नयॉ सिध्दान्त प्रतिपादन गर्न खोजिएको छ। ४. संविधानमा मौलिक हकको रुपमा नि:शुल्क र अनिवार्य सार्वजनिक शिक्षाको प्रवन्ध भइसकेकोमा त्यसको सफल

बुलिंग खगराज बराल

– खगराज बराल सार सङ्क्षेप बुलिङलाई धम्क्याएर वा बल प्रयोग गरेर शोषण गर्नु, सताउनु, तर्साउनु, दुःख दिनु, धम्क्याउनु जस्ता विविध अर्थमा प्रयोग गर्ने गरिन्छ । बुलिङ शारीरिक, शाब्दिक, सम्बन्धात्मक र साइबर गरी चार प्रकारको हुन्छ । शारीरिक बुलिङमा हिर्काउने, मुक्का प्रहार गर्ने वा लात हान्ने जस्ता प्रत्यक्ष शारीरिक आक्रमण पर्छन् भने शाब्दिक बुलिङमा व्यङ्ग्य गरिन्छ । सम्बन्धात्मक बुलिङ भनेको साथीत्व तोड्ने हो । त्यस्तै विद्युतिय माध्यमको प्रयोग गरेर अरूलाई आघात पुर्याउने कार्य साइबर बुलिङ हो । बुलिङ घर, विद्यालय, कार्यस्थल जहाँ पनि हुनसक्छ । विद्यालयमा हुने बुलिङ शिक्षक विद्यार्थीबिच वा विद्यार्थी विद्यार्थी बिच हुनसक्छ । विभिन्न अध्ययनहरूले बुलिङका कारण विद्यार्थीहरूले विद्यालय मात्र छोड्ने नभई आत्महत्या नै गरेका घटनाहरू घटेको तथ्य उजागर गरेका छन् । नेपालका विद्यालयस्तरका विद्यार्थीहरूमा बुलिङ भईरहेको छ । यसलाई न त शिक्षकले न त अभिभावकहरूले गम्भिर समस्याको रूपमा लिएका छन् । कुनै सन्दर्भमा त पिडितलाई नै दोषी देखाउने गरेको पाइन्छ । घर र विद्यालयको वातावरण अनुकूल नभएका कारणले विद्यार्थीहरू ब