Skip to main content

Posts

Showing posts from April, 2018

Research on education

Abstract: The world can be changed through the education and, education system can be developed by the teachers. The policies and rules created by the expert’s team and is formally deployed by the Government Agencies or Constitutional Legislatives. The Teachers are key persons to implement the policy, rules, systems and creative thoughts on students and community. It is said that Teachers have been teaching or supporting the students but quality of education is not improved due to the self- students, teachers, parents or the Educational Agencies. Scholars  has been doing various research to find out the root causes but finding is no similar although; it is focused the teachers to be more active, positive, innovative and creative for the students life. Many of the researchers found that if teachers have positive attitude; students have been doing frequently progress. Teachers have to be decisiveness, honesty and integrity, dedication and commitment, resourcefulness, polite and though

मेरो केहि बार्षिक योजनाहरु

हरेक नयाँ बर्ष सँगै ब्यक्तिले केहि नयाँ पनको महशुस गर्नु स्वभाबिक हो । जसरी बर्ष फेरिएको हुन्छ त्यसैगरी ब्यक्तिका चाहना, आबश्यकता  र आकांक्षाहरु पनि बदलि रहन्छन ।   नयाँ बर्षको आगमन सँगै अघिल्लो बर्षका कार्यहरु, उपलब्धिहरु र कमजोरीहरुको समिक्षा गर्दै  भाबी योजनाहरुको निर्माण र कार्यान्वयन तर्फ लाग्नु पर्ने हुन्छ । शिक्षा क्षेत्रमा कृयाशील शिक्षाकर्मी हुनुको नाताले स्वभाबिक रुपमा मेरा योजनाहरु शिक्षाको सुधार, बिकास र  पेसागत उन्नयनमा  आधारित हुने गर्दछन् ।  पहिलो प्राथमिकता शिक्षण पेसाको पेसागत बिकास, जवाफदेहिता, इमान्दारिता र कर्तब्यनिष्ठता नै हो । नयाँ बर्षको आगमन सँगै नयाँ शैक्षिक सत्रको शुरुवात भइसकेको छ ।  बिद्यार्थी भर्ना अभियानमा सकृय सहभागी भई बिद्यालय बाहिर रहेका बालबालिकाहरुलाई  भर्ना गराई उनीहरुको शिक्षाको अधिकार सुनुश्चित गराउनु प्रमुख दायित्व हो ।  बालबालिकाहरुलाई समयमै पाठ्य पुस्तक उपलब्ध गराउने, आबश्यक परामर्श र सल्लाह प्रदान गर्ने  खालका योजनाहरु समेटिनु  पर्ने हुन्छ । प्रत्येक शिक्षकले शैक्षिक सत्रको शुरुमा आफूले अध्यापन गर्ने बिषयहरुको  सबै खाले योजनाहरुको निर्माण गर

योजना

अरुले झै तपाईले पनि नयाँ बर्षमा गर्ने कामको तालिका सहितको संकल्प गर्नु भएको छ? यदी तपाईंले संकल्प गर्नु भएको छ तर यसलाई कसरी पुरा गर्ने भन्ने सोचमा पर्नु भएको छ भने यस लेखले केहि मद्दत गर्नेछ। मान्छेले नयाँ बर्षमा म यी कामहरु गर्छु भनी लामो तालिका बनाएका हुन्छन र ती काम हरु गर्ने संकल्प गर्दछन। आखिर किन मान्छेले नयाँ बर्षमा यस्तो संकल्प गर्दछन? मान्छेले नयाँ बर्षमा आफु उपर कुनै असल बानी ब्यहोरा स्थापित गर्न आफु भित्र सकारात्मक परिवर्तनको बिकास होस भन्ने चाहाना राख्दछन। मान्छे प्रगतिशिल हुन्छ र उ सदा प्रगती कै लागी अग्रसर भएको हुन्छ। मान्छेले गलत काम का लागी संकल्प गरेको भन्ने हामीले कहिले पनि सुनेका छैनउ। त्यसैले नयाँ बर्षको सुरुवातमा गरिने बाचा वा संकल्पको उदेस्य पबित्र हुन्छ। हामी बडो उल्लासका साथ यस बर्ष यो यो काम गर्छौ भनी आफु लाई सकारात्मक प्ररिबर्तन का लागी अभिप्रेरित गर्दछौ, तर आफुले प्रतिज्ञा गरेका ती काम हरु लाई मुस्किल ले एक महिना भन्दा बढी निरन्तरता दिन सक्दैनौ। आखिर हामिले गरेका संकल्पहरु लाई निरन्तरता दिन किन हामी लाई कठिन हुन्छ? आज यस लेख मार्फत हामीले गरेका संकल्पहरु

शिक्षा सुधार

 स्तरीय, सफा र सुरक्षित भवन तथा कक्षाकोठा तथा प्रतिक्षालयको व्यवस्था गर्न । 2.     विद्यालयको दुरदृटी,उद्धेश्य तथा लक्ष्य झल्किने अदर्श वाक्य school slogan तयार गरि लेटर प्याड,मूल गेट,कक्षा कोठा तथा विभिन्न स्थानमा लेखन गर्ने । 3.     विद्यार्थीको उमेर सुहाउँदो फर्निचर र बसाइ व्यवस्थापन गर्न ।       4.    विद्यालय हातालाई जैविक घेरावार, सुरक्षित पर्खाल वाट सुरक्षित गर्न । 5.     सुरक्षित र सफा छात्रा मैत्री शौचालय, छात्र शौचालय तथा युरिनलको व्यवस्था गर्न । 6.     प्रत्येक कक्षा कोठामा सफा, स्वच्छ तथा सुरक्षित पिउनेपानीको व्यवस्था गर्न । 7.     कक्षा कोठाका भुँइ तथा भित्ता लिपपोत तथा रंग रोगन तथा सजावटगरी आर्कषक,रमणिय र सुरक्षित बनाउन । 8.    विद्यालयमा बाल बगैँचा,फुलवारी र करेसाबारीको व्यवस्था गरी वतावरण रमणीय र आर्कषक वनाउन । 9.     विद्यालयमा सुरक्षित खेलमैदान तथा आवश्यक खेल सामग्रीको व्यवस्था गरी शारीरिक तथा सम्वेगात्मक विकासमा जोड दिन  । 10.   विद्यालयको हाता भित्र तथा कक्षाकोठाहरु नियमित सरसफाई गर्ने प्रणालीको विकास गर्न । 11.   प्रत्येक शिक्षकलाई पाठ्यक्रम, पाठ्यपुस्तक,