Skip to main content

Posts

Showing posts from May, 2020

२०७७/०७८ को बजेटमा शिक्षा

सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७६ अर्ब ४३ करोडको बजेट ल्याएको छ । जसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्रम कार्यान्वयन गर्न १ खर्ब ७१ अर्ब ७१ करोड विनियोजन गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बिहीबार प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७/०७८ को  बजेटमा शिक्षा: १. मानव पूँजी निमार्ण, सामाजिक रूपान्तरण र आर्थिक विकाससहितको आधुनिक समाज निर्माण गर्न शिक्षालाई मैले उच्च प्राथमिकता दिएको छु शैक्षिक पूवार्धारको विकास, दक्ष जनशिक्षा एवम् शिक्षण सामग्रीको व्यवस्था र नविनतम प्रविधिको प्रयोग गरी गुणस्तरीय र जीवन उपयोगी शिक्षाको सुनिश्चिता गरिनेछ । २. विद्यालय जाने जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गरी आगामी वर्ष भित्र आधारभूत शिक्षामा सबैको पहुँच सुनिश्चित गरिने छ । माध्यमिक तहसम्म निशुलक शिक्षा प्रदान गरिनेछ ।स मातृभाषामा आधारित शिक्षा प्रदान गरिनेछ । मातृभाषामा आधारित शिक्षा प्रदान गरिरहेका मदरसा, गुरुकुल र गुम्बा लगायतका शिक्षालयलाई आधुनिक शिक्षाको मूलधारमा आबद्ध गरिनेछ। आगामी वर्ष साक्षर हुन बाँकी २४ जिल्लामा साक्षर