Skip to main content

Posts

Showing posts from November, 2016

कबिता

गजल देशबाटै अज्ञानता भगाउनु पर्छ अब । जन-जनमा चेतना जगाउनु पर्छ अब ।। जे जति स्रोत साधन उपलब्ध छ यहाँ । शिक्षाको बिकासमा लगाउनु पर्छ अब ।। समाजमा देखिएका कुरीति र कुसंस्कार । गण्डकीको भेलसंगै बगाउनु पर्छ अब ।। चेतनाको दियोसँगै सुगन्धित बासनाहरु । हरेक गाउँ बस्तीमा मग्मगाउनु पर्छ अब ।। गजल बिद्यालय भर्ना गरौं साना बाबु नानीलाई । प्रोत्साहन गर्ने गरौं पढ़ने लेख्ने बानीलाई ।। माया, ममता, स्नेहले राम्रो सिकाइ दिऊं । झोला बोकी रमाइ रमाइ स्कूल जानीलाई ।। सिर्जनाका लहरहरु उर्लिएर आउने गरी । फराकिलो बनाई दिऊं ज्ञानको खानीलाई ।। नेपालबाटै निरक्षरता उन्मूलन गरौं अब । उपलब्धि बढ़ाएर रोकौ शैक्षिक हानीलाई ।। साक्षरोत्तर कार्यक्रम अब शुरू गर्नु पर्छ । खेर जान दिनु हुन्न राज्यको लगानीलाई ।। <शिक्षक हामी> शिक्षक हामी ज्ञान सीपका खानी ।। बाड्ँछौ हजुर सबलाई केहि झर्को नमानी ।। बालबालिका भविष्यका कर्णधार ठानी । आफ्नो आफ्नो कर्तव्य र दायित्वलाई जानी । पाठ्यक्रम निर्देशिका सधँै राखि साथमा । उपलब्धि मूलक शैक्षिक सामग्री छन् हातमा । शिक्षक हामी ज्ञान सीपका खानी । विद्यार्थीला
 मिति ः २०७३÷०६÷०४ .................................... .......................................... बिषय ः— परिपत्र यहि २०७३ असोज २ र ३ गते अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको चौथो पूर्ण वैठक नवलपरासीको नव नेपाल प्रावि प्रगतिनगरमा संगठनका अध्यक्ष लालबहादुर वि.सीे को अध्यक्षता र नेकपा (माओवादी) स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला प्रमुख आतित्थ्य र संगठनका फ्याक्सन ईन्चार्ज क.जीवन्तको उपस्थितिमा बस्यो । उक्त वैठकले गरेका ऐतिहासिक निर्णय कार्यन्वयन गर्न गराउन परिपत्र जारी गरिएको  छ । १) विभिन्न शैक्षिक आन्दोलन, जनयुद्ध र जनआन्दोलनका  क्रममा शहादत प्राप्त गर्नु हुने महान सहिदहरुप्रति १ मीनेट मौनधारणा गरी श्रद्धाञ्जली अर्पण गरियो । घाइते, वेपत्ता योद्धाप्रति सम्मान व्यक्त गरियो । २)वैठकमा ४  महिने “संगठन विस्तार तथा सुदृढ अभियान २०७२”  समिक्षासहित केन्द्रीय सदस्यहरुले तोकिएको जिल्लाको रिर्पोट राख्नुभयो  । रिर्पोटको सार यस प्रकार छ । अभियान भब्य रुपमा सम्पन्न भएका,े अभियानमा केही केस बाहेक सबैको तोकिएको कार्यक्ष्ोत्र सहभगिता रहेको, अभियानले नयाँस्तरमा संगठनलाई चुस्तदुरुस्त  बनाउन सफल

शिक्षा नियमाबली २०७३ को ड्राफ्ट

शिक्षा मन्त्रालयले तयार पारेको शिक्षा नियमावली २०७३ को मस्यौदा मस्यौदा परिच्छेद– १ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ (१) यी नियमहरूको नाम “शिक्षा नियमावली, २०७३” रहेकोछ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ । २. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा, (क) “ऐन” भन्नाले शिक्षा ऐन, २०२८ सम्झनु पर्छ । (ख) “मन्त्रालय” भन्नाले नेपाल सरकार, शिक्षा मन्त्रालय सम्झनु पर्छ । (ग) “विभाग” भन्नाले शिक्षा विभाग सम्झनु पर्छ । (घ) “महानिर्देशक” भन्नाले विभागको महानिर्देशक सम्झनु पर्छ । (ङ) “निर्देशनालय” भन्नाले क्षेत्रीय शिक्षा निर्देशनालय सम्झनु पर्छ । (च) “निर्देशक” भन्नाले निर्देशनालयको निर्देशक सम्झनु पर्छ । (छ) “निरीक्षक” भन्नाले विद्यालयको निरीक्षण गर्न तोकिएको कर्मचारी सम्झनु पर्छ । (छ१) “समुदायद्वारा सञ्चालित विद्यालय” भन्नाले नियम २२क. बमोजिम स्थानीय निकाय, व्यवस्थापन समिति वा संस्थाले व्यवस्थापन जिम्मा लिएको सामुदायिक विद्यालय सम्झनु पर्छ । (छ२) “सामुदायिक शिक्षक” भन्नाले समुदायद्वारा सञ्चालित विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दी अन्तर्गत व्यवस