Skip to main content

Posts

Showing posts from March, 2020

PAATHSHALA | पाठशाला | Madan Krishna ,Hari Bansa , Jay Kisan Basnet | P...

PAATHSHALA | पाठशाला | Madan Krishna ,Hari Bansa , Jay Kisan Basnet | P...

कविता "मलाई माफ गर मेरो गाउँ"

कविता "मलाई माफ गर मेरो गाउँ" जहाँ म जन्मे हुर्के क ख र ए बी सी डी पढे  जहाँको चिसो पानी आटो ढिंडो खाएर बढे  हो त्यही  जन्म भूमिमा मैले मेरो भविष्य देखिन । न त्यहाँ कुनै मैले चाहेको शिक्षा थियो  न कुनै सुविधासम्पन्न अस्पताल न कुनै चिल्लो बाटो न कुनै पार्क र रेष्टुरेन्ट न कुनै रोजगारी । थिए त केबल पुराना बस्तीहरू पुरानै सोचका मान्छेहरू घाँस दाउरा  कुटो कोदालोमै बिताउँथे तिनका दैनिकीहरु । सञ्चारको साधन थिए  त केबल  उनै कटुवाल  अनि हुलाकी दाइ पत्र मित्रताका  रसिला पत्रहरु चौतारीको जमघटले  सूचित गराउँथ्यो गाउँ भित्रका ताजा हालखबर हरु । खेल्थ्यौँ थोत्रा मोजाका बलहरु कपर्दी डन्डी बियो हरु च्यातिन्थ्यो कमीज  अनि  हराउथे बटनहरु उध्रेको कमिजको गाँठो सँगै कस्सिन्थे हाम्रा सम्बन्धहरु । तिजु र दमौराका  रुखका टुप्पामा बसेर  सुसेली हालेको अझै ताजै छ  बनभात खाने भन्दै  खेतका  कान्लामा आगो बालेको  अस्ति हो कि जस्तो लाग्छ । नदीको दहमा पौडी खेल्दा झण्डै डुबेर मरिएन त्यसैले त  पौडी न सिकियो  टाढाको स्कूल  जाँदा र आउँदा हस्याङ फस्याङ गर्दै  दौडिन सिकियो ।   पेट खाली हुँदा समेत  भोक लागेन नाङ्गै

कविता

आकाशमा बेगसरी  उड्ने ती चरीहरू  जो आपसमा  कहिल्यै ठोक्किँ दैनन्  हिमाल र पहाड देखि  बग्ने ती नदीहरू  जो आफूखुशी  कहिल्यै रोक्की दैनन । ठोकिन्छन् केबल  मान्छे नाना थरीहरू  जो ठोक्किन कै लागि  साँधीएका छन्  रोकिन्छन् केवल तिनै  ताल र पोखरीहरू  जो रोकिनकै लागि  बाँध बाँधिएका छन् । ठोक्कि नु  र रोकिनुको  यो कस्तो नियति  जो लुकामारी गर्दै  अघि बढिरहेका छन्   अहँ कहिल्यै रोकिँदैन  त्यो समयको गति  पछ्याउन नसक्ने  आफै लडिरहेका छन् । चरी झै उड्नु नदी झै बग्नु श्रम गरी खानु कसैलाई नठ गनू समयलाई चिन्नु आफ्नै बाटो हिन्नु 

जन्म दिनमा बिद्यार्थीलाई छात्रबृत्ती वितरण

पर्वत, २६ फागुन            तपाईले आफ्नो जन्म दिन कसरी मनाउनु हुन्छ ? केक काटेर, साथीभाई जम्मा गरी भोज भतेर नाच गान गरेर,  मिठाई बाडेर वा अन्य कुनै कार्य गरेर ।  जन्म दिन मनाउने आआफ्नै तरिकाहरु एवं शैलीहरु हुन्छन् । तर यहाका एक व्यक्तिले आफ्नो जन्म दिन फरक किसिमले मनाउँदै आउनु भएको छ । जिल्लाको मोदी गाउँपालिका वडा नं २ पातीचौर निवासी ६४ बर्षिय समाजसेवी बुद्धि प्रसाद तिवारीले आफ्नो जन्मदिनको अबसर पारेर छ ओटा विद्यालयमा अध्ययन गरेका छ जना उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार प्रदान गरी  जन्म दिन मनाउनु भएको हो ।  तिवारीले यस बर्ष मात्र नभइ विगत २२ बर्ष देखि यसै गरी आफ्नो जन्म दिन मानाउदै आउनु भएको छ ।          २०५४ सालमा दश हजार राशीको बुद्धि शुभ जन्मोत्सव अक्षयकोष स्थापना गरी त्यसको व्याजबाट गाउको जननेत्र मावि देउपुरबाट हरेक बर्ष एसएलसीमा प्रथम स्थान प्राप्त गर्ने एक जना, पशुपति निमावि र आदर्श प्राविबाट सर्वोत्कृष्ट हुने एक एक जना गरी तीन जना बिद्यार्थीलाई क्रमशः एक एक हजार  रुपैया पुरस्कार प्रदान गर्ने गरिएकोमा केही बर्ष पहिले देखि नमुना आवासीय मावि र देउपुर नमूना आवासीय माविका सर्